स्याङ्जा १४ माघ । भाषा, कला, संगीत एवम संस्कृतिको संरक्षण तथा संवर्धन गर्ने उद्देश्यले गल्याङ्मा संचालित मगर भाषाकोे १५ दिने मगर भाषा तथा अक्खा लिपि प्रशिक्षण सम्पन्न भएको छ । गल्याङ प्रज्ञा प्रतिष्ठान, गल्याङ नगरपालिकाको आयोजना एवम गण्डकी प्रज्ञा प्रतिष्ठान, पोखराको व्यवस्थापकीय संयोजन तथा नेपाल मगर संघ गल्याङ नगर समितिले अक्खा लिपि प्रशिक्षण दिएको हो । गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का बिखर्चीले उदघाटन गर्नुभएको थियो भने गल्याङ नगर प्रमुख गुरुप्रसाद भट्टराईले प्रशिक्षण कार्यक्रम समापन गर्नुभएको थियो । पुस २२ गतेदेखि शुरु भएको प्रशिक्षणमा मगर भाषा तथा अक्खा लिपि प्रशिक्षकको रूपमा गल्याङ प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य गुमबहादुर रानाद्वारा सहजीकरण…
Author: Syangja Sandesh
स्याङ्जा १३ माघ । अर्जुनचौपारी गाउँपालिका १ पञ्चकन्या वन केटीचौर (सिमलचौर) मा अवस्थित पञ्चकन्या देवी मन्दिर परिसरमा निर्माणाधीन नवग्रह (नौ आकाशीय पिण्ड) मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा भरतराज पोखरेल चयन हुनुु भएको छ । मन्दिरको संरक्षण र प्रवद्र्धनको जिम्मा समेत दिइ सबै वडालाई समेटेर ४५ सदस्यीय समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा नन्दकला तिवारी, सचिवमा लालबहादुर केसी, सहसचिवमा लोक कुमारी काफ्ले र कोषाध्यक्षमा बन्दना ढकाल रहनु भएको छ । यसैगरी, सदस्यहरुमा अर्जुन काफ्ले, चन्द्रकान्त अर्याल, दीपक सुनार, रुद्रबहादुर थापा, रेखकुमार रोका, हरि काफ्ले, युवराज गुरुङ, मैना थापा, सन्जु थापा, अन्जना शर्मा अर्याल, धुमराज गुरुङ, नवराज पौडेल, आई बहादुर गुरुङ, विजय…
स्याङ्जा १३ माघ । स्याङ्जामा संयुक्त राष्ट्रसंघ, सुरक्षा परिषद प्रताव नं. १३२५ र १८२० का बारेमा अन्र्तक्रिया गरिएको छ । गृह मन्त्रालयको आयोजना तथा जिल्ला प्रशासन कार्यालय स्याङ्जाको समन्वयमा ती प्रस्ताव र दोश्रो राष्ट्रिय कार्ययोजना महिला शान्ति र सुरक्षा सम्बन्धी छलफल एवं जिल्लाका अवस्था बारे छलफल गरिएको हो । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख एवं जिल्ला निर्देशक समितिका संयोजक श्रीप्रसाद घर्तिले तत्कालिन द्धन्द्धका अवस्थामा प्रभावित महिला तथा बालबालिकालाई राहत तथा सहयोगकालागि स्थानीय तहदेखि समन्वय गर्दै अघि बढेको बताउनुभयो । उहाले द्धन्द्धका समयमा स्याङ्जा पनि प्रभावित भएको जनाउदै बाकी रहेका कामकारवाहीलाई पुरा गर्नुपर्नेमा जोड दिनुभयो । प्रमुख जिल्ला अधिकारी सुनिता…
स्याङ्जा ११ माघ । पुतलीबजार नगरपालिका १० स्थित चक्रकमला आधारभुत विद्यालय र गाउँफर्क आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । बराह कालिका लोककल्याणी संस्था स्याङ्जा र स्थानिय नागरिक समाजको आयोजना तथा गण्डकी प्रदेशका पुर्व शिक्षा, विज्ञान तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठको आर्थिक सहयोगमा ८१ जना बिद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरिएको हो । चक्रकमलामा अध्ययनरत ७६ जना र गाउँफर्कका ५ जना ८१ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको हो । सामग्री वितरण पुर्व मन्त्री मेखलाल श्रेष्ठले यसभन्दा अघि ९ वटा विद्यालयमा शैक्षिक सामग्री वितरण गरिसकेको बताउनुभयो । अन्य विद्यालयमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने उहाले भन्नुभयो ।…
स्याङ्जा ११ माघ । भूमी समस्या समाधान आयोग जिल्ला समिति स्याङ्जाका नवनियुक्त अध्यक्ष तारा शर्माले आज (शुक्रवार) पदबहाली गर्नु भएको छ । जिल्ला समन्वय समिति स्याङ्जाको कार्यालयमा रहेको समितिको कार्यालयमा उहाले पदवहाली गर्नु भएको हो । पद बहाली कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति प्रमुख श्रीप्रसाद घर्तिले वास्तविक भूमिहिन ब्यक्ति पहिचान गर्दै भूमि उपलब्ध गराउन सुझाव दिनुभयो । मानवीय सेवामा समर्पित यस्ता सेवाका लागि आफु र समन्वय समितिका तर्फबाट पनि आवश्यक साथ र सहयोग रहने उहाले बताउनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले भूमि समस्या समाधानका लागि आवश्यक सहयोग गर्ने बताउनुभयो । अध्यक्ष शर्माले सबैसंग सहकार्य गर्दै आयोगले आफुलाई सुम्पेको…
स्याङ्जा १० माघ । पुतलीबजार नगरपलिका –१४ लामागे फाँटमा बुधबार भेटिएको टुईचमोटर बम बिहीबार डिस्पोज गरिएको छ । सिंह सारदुल गुल्म आँधीखोला ब्यारेक स्याङजाको टोलीले बिहीबार सो बम डिश्पोज गरेको प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिनुभयो । भेटिएको सो बस्तु टुईचमोटरमा लाग्ने इचही बम भएको प्रनाउ पौडेलको भनाई छ । लामागे स्थित बिष्णुप्रसाद पौडेलको खेतमा जेसीबीद्धारा खेत सम्याउने क्रममा खेतको सतहबाट भन्दा १ हात मुनिको भागमा तार जडित फलामको बोत्तल जस्तो देखिने शंकास्पद बस्तु फेला परेको थियो। बुधवार बिहान १० बजेतिर भेटिएको सो शंकास्पद बस्तु बिहीवार ११ बजे डिस्पोज गरिएको छ। डिस्पोजका क्रममा कुनै क्षति नपुगेको प्रहरीको भनाई छ…
स्याङ्जा ९ माघ । स्याङ्जाको लामागे फाँटमा टुईच मोटरको गोली भेटिएको छ । पुतलीबजार नगरपालिका १४ लामागे निवासी बिष्णुप्रसाद पौडेलको खेतमा सम्माउने क्रममा सो भेटिएको प्रहरीले जनाएको छ । जेसीबीले खेत सम्माउने क्रममा बुधवार खेतको सतहभन्दा एक हात मुनि तार जडित फलामको बोतल जस्तो देखिएपछि उहाहरुले प्रहरीलाई खबर गरेको प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिनुभयो । प्रहरी अधिकृत टोली, श्रीसिंह सारदुल गुल्म आँधीखोला ब्यारेकका सेनाको टोली र पोखरा पृतनाबाट बम डिस्पोज टोलीले उक्त वस्तु टुईच मोटरको गोली भएको अनुमान गरेको र यसबारे थप अनुसन्धान भई रहेको प्रनाउ पौडेलले जानकारी दिनुभयो ।
स्याङ्जा ९ माघ । गुरुङ भाषाका आदिकवी हर्कबहादुर गुरुङको ८८ औं जन्मजयन्तीको अवसर पारेर बुधवार फेदिखोला गाउँपालिकामा अन्तर माध्यमिक बिद्यालय स्तरीय कबिता प्रतियोगिता गरिएको छ । हर्कबहादुर गुरुङ स्मृति प्रतिष्ठान र फेदीखोला साहित्य प्रतिष्ठानको आयोजनामा आयोजित कबिता प्रतियोगितामा जनप्रिय मावि भाटखोलाका सक्षम शर्मा प्रथम हुनु भएको छ । चण्डीडाँडा मट्टीखानका दिक्षा शर्मा द्धित्तिय, दामगाडे माविका विपसा जिटी तृतीय र शिवालय माविका अविस सुनार सान्त्वना हुनु भएको छ । यसैगरी, गुरुङ भाषामा भएको प्रतियोगितामा मैदान मावि बागेका जिया गुरुङ प्रथम, चण्डीडााडा माविका मट्टीखानका ईच्छुक गुरुङ द्धित्तिय हुनु भएको छ । फेदीखोला साहित्य प्रतिष्ठानका अध्यक्ष हिमालयजंग बानियाँले प्रतियोगिताको शुभारम्भ गर्दै बालप्रतिभा प्रस्फुटनमा…
स्याङ्जा ९ माघ । वालिङ् चेम्बर अफ कमर्सले आगामी फागुन ९ देखि १८ गतेसम्म वालिङ्मा प्रथम वालिङ् सिटि महोत्सव गर्ने भएको छ । कमर्सले पत्रकार सम्मेलन गरी महोत्सवको मिति सार्वजनिक गर्दै यसका बारेमा जानकारी गराएको हो । पत्रकार सम्मेलनमा वालिङ् चेम्बर अफ कमर्सका अध्यक्ष प्रकाश न्यौपाने (किरण) ले ‘सम्पन्न समाज समृद्ध वालिङ’ भन्ने मूल उद्देश्यका साथ वालिङ् खेलमैदानमा महोत्सवको आयोजना गरिएको बताउनुभयो । महोत्सवले वालिङको सभ्यता र यसको ऐतिहासिक महत्वको बारेमा जानकारी दिने र प्रचार प्रसार गर्ने, स्थानीय तथा स्वदेशी कृषि, खेलकुद, संस्कृति, पर्यटन, औद्योगिक उत्पादनको प्रवद्र्धन एवं संस्कृतिको जगेर्ना हुने अपेक्षा रहेको संयोजक न्यौपानेले बताउनुभयो । महोत्सवले मुलुकका विभिन्न…
स्याङ्जा ८ माघ । फेदीखोला गाउँपालिकामा चौथौं कृषि मेला सम्पन्न भएको छ । गाउँपालिका स्तरीय कृषि मेला प्रदर्शनीमा यहाँका ८५ जना कृषकलाई पुरस्कृत गरिएको छ । प्रदर्शनीमा सहभागी भएका गाउँपालिका भित्रका २६ वटा फर्मलाई पाँच बिधामा २५ जना कृषकलाई पुरस्कृत गरिएको गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिनुभयो । प्रदर्शनीमा सहभागी भएका कृषि तथा पशुपक्षी प्रतियोगिताका तीन सय ३२ नमुना सङ्कलन गरी ६० जना कृषकलाई पुरस्कृत गरिएको उहाले भन्नुभयो । गाउँपालिकाभित्रका कृषकलाई उत्प्रेरित गर्दै उत्पादन बढाउने उद्देश्यले कृषकका उत्पादनहरूको प्रदर्शनी र पुरस्कृत गरिएको सुवेदीको भनाई छ । मेलामा बाली उपचार र माटो परिक्षण शिविर गरिएको थियो । यी दुबै शिविर निःशुल्क…
स्याङ्जा ८ माघ । स्याङ्जाका किशोरीलाई लक्षितगर्दै यही माघ २२ देखि २७ गतेसम्म महिलाका पाठेघरको मुखको क्यान्सर बिरुद्धको एचपिभी खोप लगाइने भएको छ । स्याङ्जाका ११ पालिकाका ९ हजार ३१९ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्ध प्रयोग गरिने ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोप लगाईने भएको हो । एचपिभी अभियानका लागि सरकारले पहिलो पटक खोप लगाउन लागेको हो । यहाँका १० देखि १४ वर्ष उमेरसमूहका किशोरीलाई एचपिभी खोप लगाइने भएको जनस्वास्थ्य कार्यालय पुतलीबजार स्याङ्जाका प्रमुख केशव चापागाईले जानकारी दिनुभयो । प्रमुख चापागाईका अनुसार, ‘यहाँका ५ नगरपालिका सहित ६ गाउँपालिकामा अध्ययनरत कक्षा ६ देखि १० कक्षाका ९ हजार २८८ जना छात्राहरु र…
स्याङ्जा ७ माघ । नेपाली कांग्रेस शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक यातायात ब्यवासायी संघ स्याङ्जाको प्रथम अधिवेशनले दिपेन्द्र क्षेत्री केसीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा बिजय मल्ल, सचिवमा बिमल अर्याल, कोषाध्यक्षमा मनु एसके, सहसचिवमा मेखराज गुरुङ, सहकोषाध्यक्षमा दिल्ली भट्टराई निर्वाचित हुनु भएको हो । यसैगरी, सदस्यहरुमा प्रकाश पंगेनी, मुहम्मत सुकुरअली, नरबहादुर गोदार, रम्जम मिया, भूमिलाल शर्मा, दिपेन्द्र श्रेष्ठ निर्वाचित भएको निर्वाचन समिति संयोजक ध्रुवबन्धु पौडेलले जानकारी दिनुभयो । अधिवेशनको सोमबार उदघाटन गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य टेकप्रसाद गुरुङले शुभेच्छुक संस्थाको मान्यता प्राप्त यातायात ब्यवसायीका समस्या, पिरमर्कालाई पार्टीले सहकार्य गर्दै यस क्षेत्रभित्र रहेका समस्या समाधान गर्ने…
स्याङ्जा ७ माघ । रक्तदान जीबन दान भन्ने मुल नाराको साथ स्याङ्जामा रक्तदानको आयोजना गरिएको छ । नेवाः युवा पुचः को आयोजना र नेपाल मोबाइल ब्यबसायी महासघ स्याङ्जाको सहयोगमा आयोजित खुला रक्तदानमा २५ युनिट रगत संकलन भएको छ । पुतलीबजार नगरपालिका १ स्थित सहिदचोकमा आयोजित रक्तदानमा नेपाल् रेड्क्रस सोसाइटी स्याङ्जाको प्राबिधिक सहयोग थियो । सोही कार्यक्रममा पहिलो रगतदान गर्नु भएका नेवाः युवा पुचःका अध्यक्ष दिया श्रेष्ठलाई प्रमाणपत्र प्रदान गर्दे स्याङ्जा प्रहरी प्रमुख (एसपी) शालिकराम शर्माद्धारा कार्यक्रम सुरु गरिएको नेपाल मोबाइल ब्यबसायी महासघ स्याङ्जाका अध्यक्ष हिक्मत श्रेष्ठले जानकारी दिनुभयो । रगतको अभावका कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उदेश्यले रक्तदान कार्यक्रम…
स्याङ्जा ६ माघ । स्याङजा निर्माण व्यवसायी संघले आफ्ना १४ बुँदे माग सम्बोधन गर्दे प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतवार ज्ञापनपत्र पठाएका छन् । यही माघ १५ गतेका दिनसम्म अल्टिमेटम दिदै ब्यासायीले त्यसपछि चरणबद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । स्याङ्जा निर्माण व्यवसायी संघका अध्यक्ष अर्जुनकुमार कार्कीले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीको कार्यालयलाई १४ बुँदे माग सहितको ज्ञापन पत्र पठाएको हो । अध्यक्ष कार्कीले जिल्ला प्रशासन कार्यालयका अधिकृत संयोग भट्टराईलाई माग सहितका ज्ञापन पत्र हस्तान्तरण गर्नु भएको हो । निर्माण व्यवसायीले सिमेन्ट लगायतका निर्माण सामाग्रीमा भएको मूल्यवृद्धि, कालोबजारी सम्बन्धमा, निर्माण व्यवसायीहरुको विभिन्न कारणले बाँकी रहेको अरबौँ भुक्तानी सम्बन्धमा, सार्वजानिक खरिद…
स्याङ्जा ५ माघ । भूमि समस्या समाधान आयोग स्याङ्जाको अध्यक्षमा तारा शर्मा नियुक्त हुनु भएको छ । शर्मासंगै भूमि सम्बन्धि समस्या समाधानका लागि स्याङ्जाले महिला नेतृत्व पाएको छ । पुतलीबजार नगरपालिका १४ निवासी शर्मालाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले जिल्ला अध्यक्षको नियुक्ति गर्नुभएको हो । शर्माले अध्यक्षको शपथ लिइसक्नु भएको छ । नेकपा एमाले स्याङ्जाको राजनीतिमा लामो समयदेखि अनवरतरुपमा क्रियाशिल हुनुहुन्छ अध्यक्ष शर्मा । राजनीतिसंगै बिभिन्न संघसंस्थामा आवद्ध उहाँ हाल जिल्ला बन उपभोक्ता महासंघ (फेकोफन) स्याङ्जाका अध्यक्ष पनि हुनुहुन्छ । अब छिटै स्याङ्जा आयोगले पूर्णता पाउने उहाले भन्नुभयो । एक बिज्ञ सदस्य सहित चार सदस्यीय राजनीतिक…