स्याङ्जा ११ माघ । भूमी समस्या समाधान आयोग जिल्ला समिति स्याङ्जाका नवनियुक्त अध्यक्ष तारा शर्माले आज (शुक्रवार) पदबहाली गर्नु भएको छ । जिल्ला समन्वय समिति स्याङ्जाको कार्यालयमा रहेको समितिको कार्यालयमा उहाले पदवहाली गर्नु भएको हो ।
पद बहाली कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति प्रमुख श्रीप्रसाद घर्तिले वास्तविक भूमिहिन ब्यक्ति पहिचान गर्दै भूमि उपलब्ध गराउन सुझाव दिनुभयो । मानवीय सेवामा समर्पित यस्ता सेवाका लागि आफु र समन्वय समितिका तर्फबाट पनि आवश्यक साथ र सहयोग रहने उहाले बताउनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले भूमि समस्या समाधानका लागि आवश्यक सहयोग गर्ने बताउनुभयो ।
अध्यक्ष शर्माले सबैसंग सहकार्य गर्दै आयोगले आफुलाई सुम्पेको जिम्मेवारी पुरा गर्ने बताउनुभयो । अघिल्ला समितिले सुरु गरेका अभियानलाइृ निरन्तरता दिदै भूमि सम्बन्धी समस्या समाधानका निमित्त आफु सदैव तत्पर रहने प्रतिवद्धता जनाउनुभयो । अवका केही दिनमा समितिले पूर्णता पाउने र थाती रहेका कामलाई अघि बढाउने समेत उहाले जानकारी दिनुभयो ।
कार्यक्रममा नापी कार्यालय प्रमुख इन्जिनियर मोहन बञ्जाडेले आयोगका बारेमा जानकारी गराउनु भएको थियो । अध्यक्ष सहित ४ सदस्यीय राजनीतिक नियुक्त हुने समितिले भने पूर्णता पाएको छैन । समितिमा समन्वय समिति, प्रशासन, मालपोत, नापी, बन कार्यालयको प्रतिनिधित्व गर्दे ९ सदस्यीय जिल्ला स्तरीय समिति रहने छ ।
सोही कार्यक्रममा जिल्ला समन्वय अधिकारी उदयबहादुर पराजुली, सहायक प्रमुख जिल्ला अधिकारी दिपक पौडेल, मालपोत कार्यालय प्रमुख बालप्रसाद श्रेष्ठ, प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेल, जिल्ला बन कार्यालयका खडानन्द मरासिनी, गल्याङ् नगर प्रवक्ता कृष्णप्रसाद भट्टराई, नागरिक समाजका अध्यक्ष ओमप्रकाश शर्मा लगायतले बधाई एवं सफल कार्यकालको शुभकामना दिनु भएको थियो ।
कार्यक्रमको सहजीकरण नापी कार्यालयका कम्प्यूटर अपरेटर दिनेश चौधरीले गर्नुभएको थियो ।