स्याङ्जा ९ माघ । गुरुङ भाषाका आदिकवी हर्कबहादुर गुरुङको ८८ औं जन्मजयन्तीको अवसर पारेर बुधवार फेदिखोला गाउँपालिकामा अन्तर माध्यमिक बिद्यालय स्तरीय कबिता प्रतियोगिता गरिएको छ ।
हर्कबहादुर गुरुङ स्मृति प्रतिष्ठान र फेदीखोला साहित्य प्रतिष्ठानको आयोजनामा आयोजित कबिता प्रतियोगितामा जनप्रिय मावि भाटखोलाका सक्षम शर्मा प्रथम हुनु भएको छ । चण्डीडाँडा मट्टीखानका दिक्षा शर्मा द्धित्तिय, दामगाडे माविका विपसा जिटी तृतीय र शिवालय माविका अविस सुनार सान्त्वना हुनु भएको छ ।
यसैगरी, गुरुङ भाषामा भएको प्रतियोगितामा मैदान मावि बागेका जिया गुरुङ प्रथम, चण्डीडााडा माविका मट्टीखानका ईच्छुक गुरुङ द्धित्तिय हुनु भएको छ ।
फेदीखोला साहित्य प्रतिष्ठानका अध्यक्ष हिमालयजंग बानियाँले प्रतियोगिताको शुभारम्भ गर्दै बालप्रतिभा प्रस्फुटनमा यस्ता प्रतियोगिताको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । बालबालिकाको अन्तरनिहीत क्षमता पहिचानगरि उनीहरुलाई सोही मार्गमा हिडाउन समेत लाभदायक हुने यस्ता प्रतियोगितालाई सबै बिद्यालयले गर्नु पर्नेमा जोड दिदै सहभागी तथा प्रथम, द्धित्तिय र तृतीय स्थान प्राप्त गर्ने बिद्यार्थीलाई वधाई दिनुभएको थियो ।
कार्यक्रममा स्थानीयबासी बहादुरसिं गुरुङ ,होम गुरुङ ,कुलचन्द्र पौडेल, लाल कार्की अन्जान सहित बिद्यार्थीहरुले आ–आफ्ना रचनाहरु वाचन गर्नु भएको थियो ।
स्मृति प्रतिष्ठानका कार्यवाहक अध्यक्ष पवित्रा गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन प्रतिष्ठानका सचिव हुमनाथ शर्माले गर्नु भएको थियो ।
विजयी प्रतियोगिलाई माघ ११ गतेका दिन हर्क गुरुङ जन्म भएको दिन पारेर पुरस्कार बितरण गरिने जनाइएको छ ।प्रतियोगितामा ७ वटा माध्यमिक बिद्यालयका १० जना बिद्यार्थी सहभागी थिए ।