स्याङ्जा ९ माघ । स्याङ्जाको लामागे फाँटमा टुईच मोटरको गोली भेटिएको छ । पुतलीबजार नगरपालिका १४ लामागे निवासी बिष्णुप्रसाद पौडेलको खेतमा सम्माउने क्रममा सो भेटिएको प्रहरीले जनाएको छ ।
जेसीबीले खेत सम्माउने क्रममा बुधवार खेतको सतहभन्दा एक हात मुनि तार जडित फलामको बोतल जस्तो देखिएपछि उहाहरुले प्रहरीलाई खबर गरेको प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिनुभयो ।
प्रहरी अधिकृत टोली, श्रीसिंह सारदुल गुल्म आँधीखोला ब्यारेकका सेनाको टोली र पोखरा पृतनाबाट बम डिस्पोज टोलीले उक्त वस्तु टुईच मोटरको गोली भएको अनुमान गरेको र यसबारे थप अनुसन्धान भई रहेको प्रनाउ पौडेलले जानकारी दिनुभयो ।