Author: Syangja Sandesh

स्याङ्जा २९ कार्तिक । फोटोग्राफर मंच गण्डकी प्रदेशको भेला एवं बैठक फेदिखोला गाउँपालिका १ स्थित अएरपानी होमस्टेमा सम्पन्न भएको छ । फोटोग्राफर संघ गण्डकी प्रदेशकोे आयोजना तथा फोटोग्राफर मञ्चको स्याङ्जाको समन्वयमा नवनिर्वाचित समितिलाई बधाई तथा शुभकामना आदानप्रदान सहित पूर्ण बैठक र अन्र्तक्रिया गरिएको हो । स्याङजाको फेदिखोला गाउँपालिका १ स्थित अएरपानी होम स्टेमा भएको शुक्रवार र शनिवार सम्पन्न ती कार्यक्रममा गण्डकी प्रदेशका ११ जिल्लामा व्यावसायिक रूपमा क्रियाशील फोटोग्राफरहरूको सहभागिता थियो । फोटोग्राफी तथा भिडियो ग्राफी क्षेत्रमा देखिएका आधुनिक चुनौती, अवसर र पेशागत दायित्वबारे अन्र्तक्रिया एवं छलफल भएको थियो । बदलिँदो प्रविधि, बजार प्रतिस्पर्धा, पेशागत मानक र गुणस्तर कायम राख्ने विषयहरूमा…

Read More

स्याङ्जा २९ कात्तिक । उत्तरगण्डकी महामेला तथा दामोदर धर्मोत्सवको आयव्याय सार्वजानिक गरिएको छ । गल्याङ् नगरपालिका १ स्थित मालुंगामा शनिवार पत्रकार सम्मेलनगरि सो का बारेमा जानकारी गराइएको छ । कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठान स्याङ्जाको आयोजनामा असोजदेखि कार्तिकसम्म संचालित एक महिने धर्मोत्सवको आयब्यय सार्वजनिक गरिएको हो । स्याङ्जाको गल्याङ् र पाल्पाको अर्सेदीको संगमस्थल उत्तरबाहिनीमा असोज २१ देखि कात्तिक १९ सम्म संचालित धर्मोत्सवमा २ करोड ३९ लाख ८५ हजार ९२२ रुपैँया आम्दानी भएको जनाइएको छ । तीमध्ये १ करोड ५० लाख ९४ हजार ७७ रुपैँया खर्च भएको र ८८ लाख ९१ ह्जार ८४५ रुपैंया बचत भएको जानकारी दिईएको छ । धर्मोत्सवमा रसिदबाट १…

Read More

स्याङ्जा ३० कात्तिक । गल्याङ् नगरपालिका ९ डुबिनडाँडा कल्लाबारी निवासी ३६ बर्षिय रामप्रसाद भट्टराई एक नाले भरुवा बन्दुक सहित बिहीवार साँझ पक्राउ परेका छन् । डुबिनडाँडा स्थित कल्लेरीमा हातहतियार देखाई मार्ने धम्की दिएको भन्ने सूचनाका आधारमा प्रहरीले भरुवा बन्दुक सहित पक्राउ गरेको प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीले जानकारी दिनुभयो । आरोपित भट्टराईलाई हातहतियार तथा खरखजाना सम्बन्धी मुद्धामा स्याङ्जा अदालतबाट शुक्रवार १० दिनको म्याद थपगरि आवश्यक कानूनी कारवाही अघि बढाईएको प्रहरीले जनाएको छ ।

Read More

स्याङ्जा २८ कात्तिक । कालीगण्डकी गाउँपालिकामा भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी आदर्श माविले जितेको छ ।“सबैका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ बुधवारदेखि आयोजित प्रतियोगितामा १४ बिद्यालय सहभागी थिए । कालीगण्डकी — २ लसर्घामा रहेको आदर्श माविले ९ स्वर्ण, ६ रजत र ६ काश्य सहित २१ पदक ल्याएर उपाधी जितेको हो ।पाँच स्वर्ण ६ रजत र २ कास्य गरी १३ पदक सहित भगवती मावि दोश्रो , ४ स्वर्ण, ४ रजत र ४ कास्य सहित १२ पदक सहित जनता मावि तेस्रो भएको छ । प्रतियोगितामा २ स्वर्ण, ३ रजत र ८ कास्य पदक सहित…

Read More

स्याङ्जा २८ कात्तिक । नवज्योती कृषि सहकारीका पूर्वअध्यक्ष लीलबहादुर रानाले कृषिमा आत्मनिर्भर नभएसम्म समृद्धि र विकास नहुने बताउनुभयो । कृषि मार्फत आर्थिक र सामाजिक क्रान्तिमा अघि बढ्नु पर्नेमा जोड दिनुभयो । पुतलीबजार नगरपालिकामा स्थापित नवज्योती कृषि सहकारी संस्था लिमिटेडको दशौं साधारण सभा तथा चौथो अधिवेशनको शुक्रवार उदघाटन गर्दै उहाले सहकारीका सदस्य सबैले आफना लागि सबैले अर्गानिक उत्पादन गर्नु पर्ने बताउनुभयो । अधिकांश आयातित तरकारीमा मन्द बिष भएको जनाउदै पछिल्लो समय भयानक रोगहरुले आक्रमण गर्न थालेको दावी गर्नुभयो । पुतलीबजार नगरपालिका १३ का निर्वाचित जनप्रतिनिधी समेत रहेका रानाले यस्ता अखाद्य बस्तुको नियन्त्रणकालागि सहकारीमा आवद्ध सबैले आफना लागि अर्गानिक तरकारी उत्पादन गर्नुपर्नेमा…

Read More

स्याङ्जा २८ कात्तिक । स्याङ्जाबाट सेवा सुभारम्भ गरेको गरिमा विकास बैंक लिमिटेडको १९ औं वार्षिक साधारणसभा पोखरामा सम्पन्न भएको छ । सभामा बोल्दै बैंक संचालक समितिका अध्यक्ष दिलिपप्रताप खाँणले अझ मितब्ययी, सुशासनयुक्त बनाउदै बैंकलाई क बर्गको बनाउनका लागि आवश्यक कार्य गरिने बताउनुभयो । बेैंकको उन्नतीका लागि कर्मचारीको महत्वपूर्ण भूमिका रहने जनाउदै सबै कर्मचारीलाई समान ब्यवहारगरी सरुवा तथा आवश्यक सहयोग गर्ने बताए । कर्मचारी चलायमान बनाउनु पर्नेमा उहाले जोड दिनुभयो । साधारणसभाले शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र ४ दशमलब ५३ प्रतिशत नगद लाभांश (प्रस्तावित बोनस शेयर र नगद लाभांशको कर सहित) गरी कुल १० दशमलब ५३…

Read More

स्याङ्जा २८ कात्तिक । नेकपा एमाले केन्द्रिय सचिव पद्मा अर्यालले फागुृन २१ गते यो मुलुकमा यो सरकारले चुनाव गर्न नसक्ने बताउनु भएको छ । नेकपा एमाले स्याङ्जाद्धारा शुक्रवार आयोजित जनप्रदर्शन ¥यालीपछि आयोजित जनसभालाई सम्बोधन गर्दै सचिव अर्यालले बर्तमान सरकारले चुनावका लागि वातावरण नै सृजना गर्न नसकेको दावी गर्नुभयो । ‘दुई महिनासम्म सुरक्षाका खोसिएको बन्दुक ल्याउन नसक्ने सरकारले जनतामा आतंक सृजनागरि असुरक्षित गराएर चुनाव गराउन सक्छ भन्ने विश्वास गर्दैनौ ।’ अर्यालले थप्नुभयो, ‘आज जेलबाट छुटेका, भागेका वा भगाइएका कैदीहरु, केही हत्या, हिंसामा संलग्न छन। उनीहरुलाई फर्काएर जेलमा हाल्न निकम्बा सरकारले आजसम्म पनि सकेको छैंन ।’ दलिय ब्यवस्थामा राजनीतिक दललाई पाखा फालेर…

Read More

स्याङ्जा २७ कात्तिक । प्रशासनिक पहुँच भन्दा टाढा रहेको हरिनाश गाउँपालिकामा सार्वजनिक सेवा प्रवाह सम्बन्धी सचेतनामूलक अन्तरक्रियात्मक कार्यक्रम गृहकोटमा बिहीवार सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाको आयोजना र हरिनाश गाउँपालिकाको ब्यवस्थापनमा भएको सो कार्यक्रमको जिल्ला समन्वय समितिका उपप्रमुख खडगराज सुवेदी र हरिनाश गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले संयुक्तरुपमा उदघाटन गर्नुभएको थियो । स्थानीय तहमा शान्ति सुरक्षाको स्थिति, लागू औषध दुरुपयोग नियन्त्रण, सार्वजनिक सेवाप्रवाह सहजीकरण र उपभोक्ता सचेतना सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बिषयगत क्षेत्रका जानकारहरुले अलगअलग प्रस्तुत गरेका थिए । जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट प्रदान गरिने सार्वजनिक सेवा प्रवाह सम्बन्धमा सहायक प्रमुख जिल्ला अधिकारी दीपक पोैडेल, लागू औषध दूरुपयोग नियन्त्रण सम्बन्धमा…

Read More

स्याङ्जा २७ कात्तिक । प्रादेशिक अस्पताल स्याङ्जामा मानसिक स्वास्थ तथा मनोसामाजिक सु—स्वास्थ्य सम्बन्धी कोशिशले अभिमूखीकरण कार्यक्रम गरेकोे छ । कोशिशले गण्डकी र बागमती प्रदेशका प्रादेशिक अस्पताल, जिल्ला अस्पताल र अस्पतालमा आधारित एकद्वार संकट ब्यबस्थापन केन्द्रसंग समन्वयगरि मानसिक स्वास्थ्यको सेवा उपलब्ध गराउन पहल गराउन सहयोग पु¥याउने उदेश्य रहेको बताइएको छ ।कार्यक्रममा बोल्दै मे. सु. डाक्टर सुशीलकुमार मरासिनीले मानसिक स्वास्थ्य सेवा अत्यावश्यक भएको जानकारी दिनुभयो । स्याङ्जा अस्पतालमा सो सेवा नभएको जनाउदै आउदा दिनमा छिटै यस्ता सेवा उपलब्ध गराउनेगरि कार्ययोजना अघि बढाउने प्रतिबद्धता गर्नुभयो । कार्यक्रममा अस्पतालमा मानसिक स्वास्थ सेवाको आवश्यकताका बारेमा कोशिशका वरिष्ठ सामाजिक कार्यकर्ता मन्जु क्षेत्री र गण्डकी प्रदेशका मीनाकुमारी…

Read More

स्याङ्जा २६ कातिक । प्रहरी र बिद्याथीबीच मित्रबत् सम्बन्ध स्थापित गर्ने उदेश्यले स्याङ्जा प्रहरीले ‘प्रहरीसंग एक दिन कार्यक्रम’ सुरु गरेको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय स्याङ्जाले सो अभियान सुरु गरेको हो । पुतलीबजार नगरपालिका ३ स्थित भूतपूर्व सैनिक आवासिय माध्यमिक बिद्यालयको कक्षा ९ र १० मा अध्ययरत विद्यार्थीहरुले प्रहरी कार्यालयमा पुगेर जानकारी लिएका छन् । कार्यालय भित्र स्थापित विभिन्न शाखाहरूको अध्ययन अवलोकन गर्नुका साथै शाखाबाट हुने कामकारवाहीका बारेमा जानकारी लिएका थिए । साथै, जिल्ला प्रहरी कार्यालयका बिभिन्न शाखा मार्फत दिईने सेवा प्रवाह बारे जानकारी गराईएको छ । बिद्यार्थीलाई प्रहरी उपरीक्षक दधिराम न्यौपाने, प्रहरी नायब उपरीक्षक प्रसन्नराज…

Read More

स्याङ्जा २६ कात्तिक । चापाकोट नगरपालिका भित्रका सरकारी तथा निजी विद्यालयका क्यान्टिन, किराना पसल, होटल र रेस्टुरेन्टका अनुगमन गरिएको छ । अनुगमनका क्रममा गङ्गालाल माध्यमिक विद्यालयको क्यान्टिन, किसान बहुप्राविधिक शिक्षालय, जनज्योति माध्यमिक विद्यालय, भूपू सैनिक कालीगण्डकी बोर्डिङ स्कुल, सिद्धबाबा बोर्डिङ स्कुल, बुद्ध सामुदायिक बोर्डिङ स्कुल, खनाल स्टोर्स, चापाकोट एग्रोभेट लगायतका स्थानमा निरीक्षण गरिएको थियो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराका अधिकृत सोनन्द मल्लका अनुसार अनुगमनका क्रममा विभिन्न अनियमितता भेटिएको छ । उहाँका अनुसार, रङ्ग प्रयोग गरी तयार पारिएका खाजा, सरसफाइबिना सञ्चालन भएका भान्छा कोठा, एप्रोन नलगाई काम गर्ने कर्मचारी, डस्टबिनको प्रयोग नगर्ने, प्लास्टिकका सामग्रीमा खाजा दिने, र पुस्तक…

Read More

स्याङ्जा २६ कात्तिक । हेफर प्रोजेक्ट नेपालको आयोजना तथा दियालो संस्थाको व्यवस्थापनमा वालिङमा कृषि विकास सम्वन्धी अन्तरक्रिया गरिएको छ । कृषि विकास सम्बन्धी योजना निर्माणमा सहयोग पु¥याउने उदेश्यले बुधवार अन्तरक्रिया तथा छलफल गरिएको हो । कृषि, उत्पादन र बजारीकरणलाई प्राथमिकतामा राखेर हेफर प्रोजेक्टले वालिङमा गरेको कार्यक्रमका सहभागीले ‘संस्थागत विकास, दिगो खाद्य प्रणाली, निजी क्षेत्र वित्त बजार तथा ्नीति र सक्षम वातावरण’ लगायतका विषयमा छलफल गरेका छन । अन्तरक्रियामा बोल्दै गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराइले किसान र महिलाहरुलाइ समेटेर अगाडि बढ्दा उत्पादकत्व र उत्पादन बढ्न सकिने बताउनुभयो । कृषि र कृषकलाई हेर्नेे सोचमा परिवर्तन गर्ने खालका परियोजना संचालन गर्नुपर्नेमा प्रम्ुख भट्टराइले…

Read More

स्याङ्जा २५ कात्तिक । नेकपा एमाले स्याङ्जाले संविधानको रक्षार्थ स्याङ्जामा मोटरसाइकल ¥याली सहित जनसभा गरेकोे छ ।स्याङ्जा सदरमुकाम अर्थात पुतलीबजार बाहेक अन्य १० पालिकाका नगर तथा गाउँ कमिटिले संविधानको रक्षार्थ मंगलबार मोटरसाईकल ¥याली गरेर शक्ति प्रर्दशन गरेका हुन् । दक्षिपन्धी अवसरबाद र संगठनात्मक अराकतालाई पराजित गरी ज.ब.ज.को मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौँ भन्ने नाराका साथ १० वटै तहमा ¥याली गरिएको नेकपा एमाले स्याङ्जाले जनाएको छ । यसैगरी, वालिङमा आयोजित मोटरसाइकल सहितको ¥याली भकुण्डे स्थित पार्टी कार्यालयबाट शुरु भई तल्लो वालिङ, भि.आई.पि. टोल हुँदै वालिङ मोडमा आएर कोणसभामा परिणत भएको थियो । ¥यालीमा एमालेका जनसंगठन, कार्यकर्ता, युवाहरुको उल्लेख्य सहभागि थिए ।…

Read More

स्याङ्जा २४ कात्तिक । अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापन केन्द्र बनेपा, काभ्रेपलान्चोकको आयोजना र पुतलीबजार नगरपालिकाको समन्वयमा अपांगता भएका ब्यक्तिकालागि सहायक सामाग्री बितरण गरिएको छ । दुई महिनाअघि पुतलीबजारमा भएको अपांगता भएका ब्यक्तिहरुका लागि जिल्ला स्तरीय स्वास्थ्य शिविरमा नाप गरिएका सहायक सामाग्री बितरण गरिएको हो । शिविरमा नापजाँच गरिएकामध्ये ५ जनालाई जुत्ता र एउटा ह्वीलचियर प्रदान गरिएको हो । पुतलीबजार नगरपालिकाका कृष्टिना थापालाई ह्वीलचियर, पुतलीबजारका साबित्री कार्की र अनबी सेन सहित आँधीखोला गाउँपालिकाका साहिल मिजार र कालीगण्डकी गाउँपालिकाका निरुता न्यौपानेलाई सहायक अन्र्तगतको जुत्ता प्रदान गरिएको छ । सहायक सामाग्री प्रदान गर्दै पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीले अपांगता भएका ब्यक्तिका लागि यी…

Read More

स्याङ्जा २४ कात्तिक । अर्जुनचौपारी गाउँपालिकाका बिभिन्न वडा अन्र्तगतका बिद्यालयमा गठित चेन्ज मेकर क्लबहरुले संयुक्त रुपमा सरसफाई एवं ब्यवहारिक सीप सिकाई आदानप्रदान गरेका छन । गाउँपालिका अन्र्तगत रहेका ६ वटा वडामा रहेका ६ माध्यमिक, २ आधारभूत र एक सामुदायिक संस्थागत माध्यमिक विद्यालयमा रहेका क्लबहरूले एकैदिन बिबिध कार्यहरु गरेका हुन । बिद्यालयमा गठित क्लबहरुले आ–आफ्ना विद्यालय, ब्यक्तिगत तथा सार्वजनिक स्थलको सरसफाई सहित सामाजिक गतिविधि सञ्चालन गरेका हुन । स—साना भाइबहिनीलाई ब्यक्तिगत सरसफाईका बारेमा सिकाएका छन्। ब्यवारिह ज्ञानका बारेमा सुझाएका छन । क्लवले वडा नं. १ स्थित पञ्चकन्या मा.बि.मा विद्यालय परिसर, पालिकाको खेलमैदान, र अर्जुनचौपारी स्वास्थ्यचौकीमा विज्ञान विषयसँग सम्बन्धित वल्र्ड ग्रुप परीक्षण…

Read More