स्याङ्जा ७ माघ । रक्तदान जीबन दान भन्ने मुल नाराको साथ स्याङ्जामा रक्तदानको आयोजना गरिएको छ । नेवाः युवा पुचः को आयोजना र नेपाल मोबाइल ब्यबसायी महासघ स्याङ्जाको सहयोगमा आयोजित खुला रक्तदानमा २५ युनिट रगत संकलन भएको छ ।
पुतलीबजार नगरपालिका १ स्थित सहिदचोकमा आयोजित रक्तदानमा नेपाल् रेड्क्रस सोसाइटी स्याङ्जाको प्राबिधिक सहयोग थियो । सोही कार्यक्रममा पहिलो रगतदान गर्नु भएका नेवाः युवा पुचःका अध्यक्ष दिया श्रेष्ठलाई प्रमाणपत्र प्रदान गर्दे स्याङ्जा प्रहरी प्रमुख (एसपी) शालिकराम शर्माद्धारा कार्यक्रम सुरु गरिएको नेपाल मोबाइल ब्यबसायी महासघ स्याङ्जाका अध्यक्ष हिक्मत श्रेष्ठले जानकारी दिनुभयो ।
रगतको अभावका कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उदेश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको पुचः का अध्यक्ष दिया श्रेष्ठले बताउनुभयो । नेवाः युवा पुचः नेवाः देय दबुको युवा संगठन भएको नेवाः देय दबुः का नवनिर्वाचत अध्यक्ष समेत रहनुभएका हिक्मत श्रेष्ठले बताउनुभयो । संकलित रगत जिल्ला अस्पताल स्याङ्जामा राखिने बताइएको छ ।