स्याङ्जा १० माघ । पुतलीबजार नगरपलिका –१४ लामागे फाँटमा बुधबार भेटिएको टुईचमोटर बम बिहीबार डिस्पोज गरिएको छ ।
सिंह सारदुल गुल्म आँधीखोला ब्यारेक स्याङजाको टोलीले बिहीबार सो बम डिश्पोज गरेको प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिनुभयो । भेटिएको सो बस्तु टुईचमोटरमा लाग्ने इचही बम भएको प्रनाउ पौडेलको भनाई छ ।
लामागे स्थित बिष्णुप्रसाद पौडेलको खेतमा जेसीबीद्धारा खेत सम्याउने क्रममा खेतको सतहबाट भन्दा १ हात मुनिको भागमा तार जडित फलामको बोत्तल जस्तो देखिने शंकास्पद बस्तु फेला परेको थियो।
बुधवार बिहान १० बजेतिर भेटिएको सो शंकास्पद बस्तु बिहीवार ११ बजे डिस्पोज गरिएको छ। डिस्पोजका क्रममा कुनै क्षति नपुगेको प्रहरीको भनाई छ ।