स्याङ्जा ११ माघ । पुतलीबजार नगरपालिका १० स्थित चक्रकमला आधारभुत विद्यालय र गाउँफर्क आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
बराह कालिका लोककल्याणी संस्था स्याङ्जा र स्थानिय नागरिक समाजको आयोजना तथा गण्डकी प्रदेशका पुर्व शिक्षा, विज्ञान तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठको आर्थिक सहयोगमा ८१ जना बिद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरिएको हो । चक्रकमलामा अध्ययनरत ७६ जना र गाउँफर्कका ५ जना ८१ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।
सामग्री वितरण पुर्व मन्त्री मेखलाल श्रेष्ठले यसभन्दा अघि ९ वटा विद्यालयमा शैक्षिक सामग्री वितरण गरिसकेको बताउनुभयो । अन्य विद्यालयमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने उहाले भन्नुभयो । विद्यालयकोे शैक्षिक विकासका लागि यस्ता कार्यक्रमले सहयोग पुरयाउने बताउनुभयो ।
कार्यक्रममा पुतलीबजार नगरपालिका १० का अध्यक्ष अग्निप्रसाद पौडेल, निवर्तमान अध्यक्ष दुर्गाबहादुर शाह, राङ्खोला बजार व्यवस्थापन समितिका अध्यक्ष किशोरकुमार श्रेष्ठ, शिक्षक अभिभावक संघका अध्यक्ष शिवप्रसाद तिमिल्सिना लगायतले शैक्षिक सामग्री वितरण कार्यक्रमको प्रशंसा गर्दै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा यस्ता सहयोगले थप हौसला प्रदान गर्ने बताउनुभयोे ।
प्रधानाध्यापक शिवप्रसाद पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन शिक्षक कमल अधिकारीले गर्नुभएको थियो ।