स्याङ्जा १७ पुस । अपांगता सशक्तिकरण तथा सामुदायिक विकास केन्द्र स्याङ्जाको आयोजनामा अपांगता सम्बन्धी अभिमूखीकरण सहित स्वयंसेवक परिचालन कार्यशाला गरिएको छ । दुई दिने कार्यशालाको उदघाटन गर्दै पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीले अपांगता भएका ब्यक्तिका हक, हित र अधिकारका पक्षमा पुतलीबजार नगरपालिकाले सहयोग गर्दै आएको र आगामी दिनमा समेत सो सहयोग जारी रहने बताउनुभयो । आउदा दिनमा पनि अपांगता क्षेत्रमा क्रियाशिल संघसंस्था र ब्यक्तिसंग समन्वय गर्दै उहाहरुका आवश्यक क्षेत्रमा सहयोग गर्ने बताउनुभयो । क र ख बर्गका अपांगता भएका ब्यक्तिका लागि संघ र प्रदेश सरकारले निशुल्क विमा उपलब्ध गराउदै आएकोमा ग बर्गका अपांगताका लागि पुतलीबजार नगरपालिकाले निशुल्क बिमाको सुबिधा उपलब्ध गराएको…
Author: Syangja Sandesh
स्याङ्जा १७ पुस । मुलुकमै सुन्तलाका नामले ख्याती कमाएको स्याङ्जामा यसबर्ष एक अरब २५ करोडको सुन्तला उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख बिनोद हमालका अनुसार गतबर्षको तुलनामा यसबर्ष सुन्तला उत्पादनमा १५ प्रतिशत समेत बृद्धि भएको छ । अघिल्लो बर्ष अत्याधिक सुन्तला उत्पादन भएको थियो। गतबर्ष सुन्तला उत्पादन कम भयो। तर, अहिले राम्रो उत्पादन भएको किसानको भनाई छ । एक बर्ष अत्याधिक सुन्तला उत्पादन हुने र अर्को बर्ष कम हुने गरेको बिगतदेखिको तथ्यांकमा हेर्न पाईन्छ ।यसबर्ष २० देखि २१ हजार मेट्रिक टन सुन्तला फलेको कृषि ज्ञान केन्द्र र सुन्तला सुपरजोन परियोजनाले जनाएको छ। अघिल्लो बर्ष २२ हजार मेट्रिक…
स्याङ्जा १६ पुस । स्याङ्जाका गुरुङ् तथा तमुहरुले नयाँ बर्ष अर्थात तमु ल्होसार दुई दिनसम्म बिबिध कार्यक्रमगरि मनाएका छन् । तमू हयूल छोंज धी गुरुङ राष्ट्रिय परिषद एवं तमूस्यो ह्यूल छोंज धी गुरुङ महिला राष्ट्रिय परिषद वडा इकाई समिति पुतलीबजार वडा नं. १ र ३ को आयोजनामा तमु ल्होसारको अवसरमा शुभकामना आदानप्रदान तथा बिबिध सास्कृतिक कार्यक्रमगरि पुतलीबजारमा दुइ दिन ल्होसार पर्व मनाएका हुन । शास्त्र हराए संस्कार हराउछ, संस्कार हराए संस्कृति हराउछ, संस्कृति हराए मानव अस्तित्व हराउछ भन्ने मूल नाराका साथ तमु ल्होसार पर्व मनाइएको हो । दोश्रो दिनको कार्यक्रमको उदघाटन गर्दै नगरप्रमुख तुलसीराम रेग्मीले नेपालका बिभिन्न जातजातिका बिबिध कला,…
स्याङ्जा १५ पुस । फेदीखोला गाउँपालिकाद्वारा आयोजित सातौं राष्ट्रपति कप रनिङ शिल्ड प्रतियोगिताको उपाधि सिद्धार्थ माध्यमिक विद्यालयले हात पारेको छ । सिद्धार्थले १४ स्वर्ण, ७ रजत र ४ काश्य सहित ६० अंक प्राप्त गरी प्रथम स्थान स्थान हात पारेको हो । प्रतियोगितामा दामगाडे माध्यमिक विद्यालयले ७ स्वर्ण, ७ रजत र ५ काश्य गरी ४० अंक सहित द्वितीय स्थान र कालाभैरव माध्यमिक विद्यालयले ३ स्वर्ण, ३ रजत र २ काश्य सहित तृतीय स्थान हासिल गरेका थिए । त्यस्तै, पुरस्कार वितरण कार्यक्रममा उत्कृष्ट खेलाडी तर्फ समीर सुनार, अभिषेक गुरुङ्ग र युनिस गुरुङ्गलाई पुरस्कृत हुनु भएको छ । प्रतियोगिताको मार्च पासमा चण्डीडाँडा माध्यमिक…
स्याङ्जा १५ पुस । भीरकोट नगरपालिकामा संचालित राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । ३६ अंक प्राप्त गरेर भाग्योदय माध्यमिक विद्यालय प्रथम भएको छ । यसैगरी ३० अंक प्राप्त गर्दै सहिद शुक्र मा.वि. बानेथोक देउराली द्वितीय र २४ अंक प्राप्त गर्दै दहथुम मा.वि. तृतीय भएको छ।भू. पू. आवासीय मा.वि. ले २२ अंक, कन्साइन्स मा.वि. ले १८ अंक, बालज्योती अंग्रेजी आवासीय माध्यमिक विद्यालय १८ अंक , बालोदय अंग्रेजी आवासीय माध्यमिक विद्यालयले १२ अंक , पब्लिक एकेडेमीले ८ अंक पदक हात पारेका छन्। प्रतियोगितामा सहभागी १७ वटा माध्यमिक विद्यालय मध्य ४ वटा विद्यालयले कुनै पनि पदक जित्न सकेनन्। धेरै पदक…
स्याङ्जा १५ पुस । अमोर सेवा बालगृहमा पौष १४ र १५ गते फरक दृश्य देखियो । प्रायस् पढाइ लेखाइ र अन्य शैक्षिक गतिविधिमा रहने बालगृहका बालबालिका कोही दुना टपरी बुन्दै थिए त कोही ज्योती बाल्न प्रयोग हुने बाती बनाउदै थिए भने कोही डोको र नाम्लो बुन्दै थिए । यो सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजनामा भएको जेष्ट नागरिकमा भएको ज्ञान,सीप र अनुभव अन्तरपुस्ता हस्तान्तरणको कार्यक्रमको दृश्य हो । बालगृहमा रहनुभएका ३८ जना बालबालिकालाई हाम्रो मौलिक परम्परागत सीप र ज्ञान हस्तान्तरण गर्ने उद्धेश्यले बालबालिकालाई टपरी र दूना बुन्न, बाती बनाउन, डोका तथा डस्टबिन बनाउन विभिन्न क्षेत्रमा सीप हासिल गर्नु भएका जेष्ठ नागरिकहरुले…
स्याङ्जा १५ पुस । आज पुसको १५ गते । तमु÷गुरुङ समुदाय को महान चाड अर्थात् नयाँ बर्ष हो । यो चाड खासगरी नेपालमा र विश्वका अन्य देशहरूमा पनि मनाइन्छ । ल्होसार भनेको नयाँ वर्ष हो । बिकम सम्बतको पुस महिनाको १५ गतेमा मनाइने चलन छ । गुरूङ समुदायलाई जनाउने अर्को नाम तमु हो । तमु ल्होसारले गुरूङ समुदायको भित्तेपात्रोमा नयाँ सम्वत शुरू भएको सङ्केत गर्दछ । प्राचीन तमु प्यो शास्त्रको अनुसार तमु ल्होसारको दिन तमुहरूका प्रथम महापुरुषको उत्पती भएको मानिन्छ । ल्होसारकै दिनभन्दा अघिल्लो साँझदेखि नै यसलाई मनाउन सुरू गरिन्छ । साँझ पूजापाठ, भोजभत्तेर, नाचगान गरी आधा रातमा ’नयाँ वर्ष…
स्याङ्जा १५ पुस । कम तौल र श्वासप्रश्वासमा समेत समस्या रहेका स्याङ्जाजका एक नवजात शिशु महिनादिन नपुग्दै २ सय ग्राम तौल बृद्धिगरि घर फर्किएका छन । अस्पताल आउदै गर्दा गाडीमा जन्मेका। जन्मदै १५ सय ग्राम तौल। र, श्वासप्रश्वासमा पनि समस्या भएका ती नवजात शिशु स्वास्थ्यलाभगरि घर फर्केका हुन। पुतलीबजार नगरपालिका ३ स्थित जिल्ला अस्पताल स्याङ्जामा रहेको शिशुसघन उपचारकक्ष (एनआईसीयू) मा राखेर उपचार गरेरपछि ४ दिनअघि अभिभावकसंगै घर फर्किएका छन । ‘यहाँ आए लगत्तै २९ दिनसम्म शिशुलाई राखियो। बालरोग बिशेषज्ञ सहितको चिकित्सकको टोलिले रेखदेख गरिरहनुभयो। त्यतीबेलासम्म शिशुको तौल २ सय ग्रामले बढ्यो। श्वास प्रश्वास सहज बन्यो। आवश्यकता अनुरुपको अक्सिजन पनि पुगको…
स्याङ्जा १४ पुस । सर्वोच्च अदालतका न्यायधीश कुमार रेग्मीले अदालतका मुद्धामध्ये २८ प्रतिशत मेलमिलापबाट र स्थानीय पालिकाले ७० देखि ८० प्रतिशत मुद्धा मेलमिलाप मार्फत मिलापत्र गरेको बताउनु भएको छ । सर्वोच्च अदालत अन्र्तगत रहेको मेलमिलाप परिषदद्धारा स्याङ्जामा आइतवार आयोजित मेलमिलाप सम्बन्धी आयोजित अन्र्तक्रिया कार्यक्रममा बोल्दै न्यायधीश रेग्मीले कानूनले तोकेका मुद्धालाई मात्र मेलमिलाप सहजकर्ता मार्फत मिलापत्र गर्न सुझाव दिनुभयो ।‘कानूनले बर्जित गरेका बिषयका मुद्धामा भने मिलापत्र गर्न हुदैन। देवानी प्रकृतिका मुद्धाहरुमा दुबै पक्षको समझदारीमा मिलापत्र गर्न सकिन्छ।’ मेलमिलाप परिषदका अध्यक्ष समेत रहनु भएका न्यायधीश रेग्मीका अनुसार, ‘मुद्धा चलेका दुबै पक्षले स्वीकार गरेका ब्यक्ति पनि सहजकर्ताका रुपमा रहन सक्नेछन ्। उनै सहजकर्ता…
स्याङ्जा १२ पुस । राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसर पारेर बृद्धाआश्रमका र अन्य सहित ३० जना जेष्ठ नागरिकलाई न्यानो कपडा (कम्बल) प्रदान गरिएको छ । सामाजिक विकास कार्यालय स्याङ्जाले चापाकोट नगरपालिकाको समन्वयमा राधा दामोदर आरोग्य बृद्वाआश्रममा बस्ने २२ जना र अन्य ८ जना जेष्ठ नागरिकलाई जाडोको लागि भन्दै न्यानो ओढो कम्बल वितरण गरेको हो । कम्बल प्रदान गर्दे चापाकोट नगर उपप्रमुख ईशा रानाले जेष्ठ नागरिक समाजका ऐना भएको बताउनुभयो । उहाँहरुका योगदान र अनुभवलाई सिको गर्दै सामाजिक विकासमा लगानी गर्नुुपर्नेमा जोड दिनुभयो । यसैगरी, सामाजिक विकास कार्यालयका प्रमुख जीवन पौडेल, वडा अध्यक्ष तारा पोख्रेल, जेष्ठ नागरिक धु्रवराज अधिकारी लगायतले ज्येष्ठ…
स्याङ्जा ११ पुस । अर्जुनचौपारी गाउँपालिका सभाले शिक्षा ऐन २०७४ खारेज गर्दे शिक्षा ऐन २०८१ लागु गरेको छ । यसअघिका केही खुकुला प्रावधानलाई कडाईका साथ लागु गर्नेगरि ऐन ल्याईएको पालिकाले जनाएको छ । बिद्यालय तहसम्मको शिक्षा पूर्ण निःशुल्क हुने र विद्यार्थीसँग कुनै पनि शीर्षकमा शुल्क लिन नपाइनेगरि शिक्षा ऐनमा व्यवस्था गरिएको छ। प्रधानाध्यापकले एक हप्तामा न्यूनतम १६ कक्षा पढाउनुपर्ने व्यवस्था छ। गाउँपालिकाको १६ औं सभाले शिक्षा ऐन २०८१ अनुसार, ‘स्थानीय तहको क्षेत्रभित्र स्थापना हुने तथा स्थापना भई सञ्चालन रहेका विद्यालय तथा शैक्षिक निकायहरुको व्यवस्थापन गर्न बाञ्छनीय भएको जनाउदैे संविधानको धारा २२१, अनुसूची ८ को सूची नं. ८ र “स्थानीय सरकार…
स्याङ्जा १० पुस । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज (बुधवार) यस समुदायले क्रिसमस डे मनाउँदैछन्। आजभन्दा दुई हजार २२ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो। पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मिएका येशु ख्रीष्टले तीन मुख्य खुसीयाली दिएका जनविश्वास रहेको छ। उहाले मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीनवटै दिवसका रूपमा मनाउने गरेका छन्। मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रूपमा आजको दिनलाई मनाउने गरिएको छ। विश्वका धेरै मानिसले मनाउने क्रिसमस डे नेपालमा भने…
स्याङ्जा १० पुस । कालीगण्डकी गाउँपालिका –३ विर्घा–मिर्मीमा सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन । आलमबाट बिर्घातर्फ जाँदै गरेको ट्रली नभएको सिरक–डसना बनाउने मेसिन जोडीएको लु ४ त ७८३१ नम्बरको टयाक्टर पक्की भित्री सडकखण्डमा मंगलबार साँझ करिब ८ दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । बारा — गढीमाई नगरपालिकाका अन्दाजी २२ वर्षीय सब्दुल अन्सारीको मृत्यु भएको प्रहरीले जनाएको छ। ट्याक्टरले च्यापिएका उनलाई उपचारका कालीगण्डकी अस्पताल लगिएपछि चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक उमेशलाल श्रेष्ठले जानकारी दिनुभयो । यसैगरी, बारा—कलैया उपमहानगरपालिकाका २४ वर्षीय अर्जुन शाह र बारा गढीमाई नगरपालिकाका २६ वर्षीय…
स्याङ्जा ९ पुस । स्याङ्जामा संचालित क्रसकन्ट्री दौड प्रतियोगिताको उपाधी सेनाका करण रावलले जित्नु भएको छ। पाँचौं संस्करणको २१ बर्ष माथिको २५ किलोमिटर क्रसकन्ट्री खुल्ला दौड प्रतियोगिताको उपाधी रावलले हात पार्नु भएको हो । ‘स्वास्थ्यका लागि दौड, राष्ट्रका लागि दौड’ भन्ने मूल नाराका साथ सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चद्धारा आयोजित खुल्ला राष्ट्रिय स्तरको दौड प्रतियोगितामा रावलले १ घण्टा २७ मिनेट ५२ सेकेन्डमा २५ किमी दूरी पार गर्दै उपाधि जित्नुभएको हो ।उपाधीसंगै उहाले ५० हजार रुपैया सहित कप, मेडल र प्रमाणपत्रले पुरस्कृत हुनु भएको छ । प्रतियोगितामा सेनाकै टंकबहादुर कार्कीले दोश्रो भए। उनले १ घण्टा ३२ मिनेट ९ सेकेन्डमा सोही…
स्याङ्जा ८ पुस । बिश्व हिन्दु महासघ, बिश्व हिन्दु युवा सघ स्याङ्जा र केदारनाथ भाषा प्रशिक्षण तथा अनुसन्धान केन्द्र वालिङको आयोजनामा गीता ज्ञान सम्बन्धी प्रवचन कार्यक्रम वालिङमा सम्पन्न भएको छ। गुरु एवं पण्डित नेत्रप्रसाद पराजुलीले गीताका ज्ञान बारेमा प्रवचन दिनुभएको थियो। उहाँले गीता नै सबै भन्दा उत्कृष्ट ज्ञान भएको र मानव जगतलाई बाच्ने कला समेत गीताले सिकाएको बताउनु भयो। गीतामा कृष्ण अर्जुनको महिमा बुझाउनु भएको थियो। गीता जस्तो महान ग्रन्थले मानव कल्याणका हरेक पक्षलाई समेटिएको उहाले भन्नुभयो । धर्म ,विज्ञान ,राजनीति को त्रिकोणात्मक सम्बन्धको विकास आत्म चिन्तन र सरल मानवीय दैनिकी ज्ञान र विज्ञानको समिश्रित रूप भएको उहाले बताउनु भयो…