स्याङ्जा ८ पुस । बिश्व हिन्दु महासघ, बिश्व हिन्दु युवा सघ स्याङ्जा र केदारनाथ भाषा प्रशिक्षण तथा अनुसन्धान केन्द्र वालिङको आयोजनामा गीता ज्ञान सम्बन्धी प्रवचन कार्यक्रम वालिङमा सम्पन्न भएको छ।
गुरु एवं पण्डित नेत्रप्रसाद पराजुलीले गीताका ज्ञान बारेमा प्रवचन दिनुभएको थियो। उहाँले गीता नै सबै भन्दा उत्कृष्ट ज्ञान भएको र मानव जगतलाई बाच्ने कला समेत गीताले सिकाएको बताउनु भयो।
गीतामा कृष्ण अर्जुनको महिमा बुझाउनु भएको थियो। गीता जस्तो महान ग्रन्थले मानव कल्याणका हरेक पक्षलाई समेटिएको उहाले भन्नुभयो । धर्म ,विज्ञान ,राजनीति को त्रिकोणात्मक सम्बन्धको विकास आत्म चिन्तन र सरल मानवीय दैनिकी ज्ञान र विज्ञानको समिश्रित रूप भएको उहाले बताउनु भयो ।
महासंघ स्याङ्जाका अध्यक्ष हरिहर पाण्डे, बिश्व हिन्दु युवा संघ स्याङ्जाका अध्यक्ष नबराज पौडेल, सचिव भूपराज बगाले, केदारनाथ भाषा प्रशिक्षण तथा अनुसन्धान केन्द्रका अध्यक्ष सीताराम अधिकारी र खगेन्द्र अर्याल लगायतले सनातनीहरुलाई चुप लागेर बस्न नहुने बताउदै आफना धर्म, संस्कार र संस्कृतिको संरक्षण, सम्बद्र्धनका लागि आ आफ्नो ठाउँबाट उठेर आफ्नो कला संस्कृति बचाउनु पर्नेमा जोड दिनुभयो ।
प्रवचन कार्यक्रममा गीताको १२ औ र १५ औ अध्याय गुप्तप्रसाद गैह्रे, त्रिबिक्रम अर्याल र लोकनाथ लामिछानेले पाठ पारायण गरेर सुनाउनु भएको थियो।कार्यक्रमका सहभागी करिब २ सय ५० जनालाई धार्मिक ग्रन्थ गीता बितरण गरिएको थियो।