स्याङ्जा १७ पुस । अपांगता सशक्तिकरण तथा सामुदायिक विकास केन्द्र स्याङ्जाको आयोजनामा अपांगता सम्बन्धी अभिमूखीकरण सहित स्वयंसेवक परिचालन कार्यशाला गरिएको छ ।
दुई दिने कार्यशालाको उदघाटन गर्दै पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीले अपांगता भएका ब्यक्तिका हक, हित र अधिकारका पक्षमा पुतलीबजार नगरपालिकाले सहयोग गर्दै आएको र आगामी दिनमा समेत सो सहयोग जारी रहने बताउनुभयो । आउदा दिनमा पनि अपांगता क्षेत्रमा क्रियाशिल संघसंस्था र ब्यक्तिसंग समन्वय गर्दै उहाहरुका आवश्यक क्षेत्रमा सहयोग गर्ने बताउनुभयो । क र ख बर्गका अपांगता भएका ब्यक्तिका लागि संघ र प्रदेश सरकारले निशुल्क विमा उपलब्ध गराउदै आएकोमा ग बर्गका अपांगताका लागि पुतलीबजार नगरपालिकाले निशुल्क बिमाको सुबिधा उपलब्ध गराएको बताउनुभयो ।
कार्यक्रममा नगरप्रवक्ता मनोज पौडेल, वडा नंं १ का अध्यक्ष उत्तमप्रसाद श्रेष्ठ,सदस्य बिष्णुकुमार श्रेष्ठ, स्याङ्जा अपांग समाज स्याङ्जाका अध्यक्ष रामप्रसाद पोखरेल, पत्रकार भवानी अधिकारी लगायतले मानवमैत्री भौतिक संरचना निर्माण लगायतका बिबिध क्षेत्रमा ध्यान दिनु पर्नेमा जोड दिनुुभएको थियो ।
अपांगता सशक्तिकरण तथा सामुदायिक विकास केन्द्र स्याङ्जाका अध्यक्ष युवराज पराजुलीले कार्यक्रमको सहजीकरणसंगै अपांगता सम्बन्धी क्षेत्रमा सेवारत स्वयंसेवीलाई प्रशिक्षण दिनुभएको थियो ।
सोही कार्यक्रममा पुतलीबजार नगरपालिकाभित्रका एक क्याम्पस सहित ३ माध्यमिक बिद्यालयकागरी १२ जना स्वयंसेवी सहित २५ जना अपांगता भएका ब्यक्ति सहित उनीहरुका परिवारका सदस्यहरुको सहभागीता थियो ।
