Author: Syangja Sandesh

स्याङ्जा १५ पुस । अमोर सेवा बालगृहमा पौष १४ र १५ गते फरक दृश्य देखियो । प्रायस् पढाइ लेखाइ र अन्य शैक्षिक गतिविधिमा रहने बालगृहका बालबालिका कोही दुना टपरी बुन्दै थिए त कोही ज्योती बाल्न प्रयोग हुने बाती बनाउदै थिए भने कोही डोको र नाम्लो बुन्दै थिए । यो सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजनामा भएको जेष्ट नागरिकमा भएको ज्ञान,सीप र अनुभव अन्तरपुस्ता हस्तान्तरणको कार्यक्रमको दृश्य हो । बालगृहमा रहनुभएका ३८ जना बालबालिकालाई हाम्रो मौलिक परम्परागत सीप र ज्ञान हस्तान्तरण गर्ने उद्धेश्यले बालबालिकालाई टपरी र दूना बुन्न, बाती बनाउन, डोका तथा डस्टबिन बनाउन विभिन्न क्षेत्रमा सीप हासिल गर्नु भएका जेष्ठ नागरिकहरुले…

Read More

स्याङ्जा १५ पुस । आज पुसको १५ गते । तमु÷गुरुङ समुदाय को महान चाड अर्थात् नयाँ बर्ष हो । यो चाड खासगरी नेपालमा र विश्वका अन्य देशहरूमा पनि मनाइन्छ । ल्होसार भनेको नयाँ वर्ष हो । बिकम सम्बतको पुस महिनाको १५ गतेमा मनाइने चलन छ । गुरूङ समुदायलाई जनाउने अर्को नाम तमु हो । तमु ल्होसारले गुरूङ समुदायको भित्तेपात्रोमा नयाँ सम्वत शुरू भएको सङ्केत गर्दछ । प्राचीन तमु प्यो शास्त्रको अनुसार तमु ल्होसारको दिन तमुहरूका प्रथम महापुरुषको उत्पती भएको मानिन्छ । ल्होसारकै दिनभन्दा अघिल्लो साँझदेखि नै यसलाई मनाउन सुरू गरिन्छ । साँझ पूजापाठ, भोजभत्तेर, नाचगान गरी आधा रातमा ’नयाँ वर्ष…

Read More

स्याङ्जा १५ पुस । कम तौल र श्वासप्रश्वासमा समेत समस्या रहेका स्याङ्जाजका एक नवजात शिशु महिनादिन नपुग्दै २ सय ग्राम तौल बृद्धिगरि घर फर्किएका छन । अस्पताल आउदै गर्दा गाडीमा जन्मेका। जन्मदै १५ सय ग्राम तौल। र, श्वासप्रश्वासमा पनि समस्या भएका ती नवजात शिशु स्वास्थ्यलाभगरि घर फर्केका हुन। पुतलीबजार नगरपालिका ३ स्थित जिल्ला अस्पताल स्याङ्जामा रहेको शिशुसघन उपचारकक्ष (एनआईसीयू) मा राखेर उपचार गरेरपछि ४ दिनअघि अभिभावकसंगै घर फर्किएका छन । ‘यहाँ आए लगत्तै २९ दिनसम्म शिशुलाई राखियो। बालरोग बिशेषज्ञ सहितको चिकित्सकको टोलिले रेखदेख गरिरहनुभयो। त्यतीबेलासम्म शिशुको तौल २ सय ग्रामले बढ्यो। श्वास प्रश्वास सहज बन्यो। आवश्यकता अनुरुपको अक्सिजन पनि पुगको…

Read More

स्याङ्जा १४ पुस । सर्वोच्च अदालतका न्यायधीश कुमार रेग्मीले अदालतका मुद्धामध्ये २८ प्रतिशत मेलमिलापबाट र स्थानीय पालिकाले ७० देखि ८० प्रतिशत मुद्धा मेलमिलाप मार्फत मिलापत्र गरेको बताउनु भएको छ । सर्वोच्च अदालत अन्र्तगत रहेको मेलमिलाप परिषदद्धारा स्याङ्जामा आइतवार आयोजित मेलमिलाप सम्बन्धी आयोजित अन्र्तक्रिया कार्यक्रममा बोल्दै न्यायधीश रेग्मीले कानूनले तोकेका मुद्धालाई मात्र मेलमिलाप सहजकर्ता मार्फत मिलापत्र गर्न सुझाव दिनुभयो ।‘कानूनले बर्जित गरेका बिषयका मुद्धामा भने मिलापत्र गर्न हुदैन। देवानी प्रकृतिका मुद्धाहरुमा दुबै पक्षको समझदारीमा मिलापत्र गर्न सकिन्छ।’ मेलमिलाप परिषदका अध्यक्ष समेत रहनु भएका न्यायधीश रेग्मीका अनुसार, ‘मुद्धा चलेका दुबै पक्षले स्वीकार गरेका ब्यक्ति पनि सहजकर्ताका रुपमा रहन सक्नेछन ्। उनै सहजकर्ता…

Read More

स्याङ्जा १२ पुस । राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसर पारेर बृद्धाआश्रमका र अन्य सहित ३० जना जेष्ठ नागरिकलाई न्यानो कपडा (कम्बल) प्रदान गरिएको छ । सामाजिक विकास कार्यालय स्याङ्जाले चापाकोट नगरपालिकाको समन्वयमा राधा दामोदर आरोग्य बृद्वाआश्रममा बस्ने २२ जना र अन्य ८ जना जेष्ठ नागरिकलाई जाडोको लागि भन्दै न्यानो ओढो कम्बल वितरण गरेको हो । कम्बल प्रदान गर्दे चापाकोट नगर उपप्रमुख ईशा रानाले जेष्ठ नागरिक समाजका ऐना भएको बताउनुभयो । उहाँहरुका योगदान र अनुभवलाई सिको गर्दै सामाजिक विकासमा लगानी गर्नुुपर्नेमा जोड दिनुभयो । यसैगरी, सामाजिक विकास कार्यालयका प्रमुख जीवन पौडेल, वडा अध्यक्ष तारा पोख्रेल, जेष्ठ नागरिक धु्रवराज अधिकारी लगायतले ज्येष्ठ…

Read More

स्याङ्जा ११ पुस । अर्जुनचौपारी गाउँपालिका सभाले शिक्षा ऐन २०७४ खारेज गर्दे शिक्षा ऐन २०८१ लागु गरेको छ । यसअघिका केही खुकुला प्रावधानलाई कडाईका साथ लागु गर्नेगरि ऐन ल्याईएको पालिकाले जनाएको छ । बिद्यालय तहसम्मको शिक्षा पूर्ण निःशुल्क हुने र विद्यार्थीसँग कुनै पनि शीर्षकमा शुल्क लिन नपाइनेगरि शिक्षा ऐनमा व्यवस्था गरिएको छ। प्रधानाध्यापकले एक हप्तामा न्यूनतम १६ कक्षा पढाउनुपर्ने व्यवस्था छ। गाउँपालिकाको १६ औं सभाले शिक्षा ऐन २०८१ अनुसार, ‘स्थानीय तहको क्षेत्रभित्र स्थापना हुने तथा स्थापना भई सञ्चालन रहेका विद्यालय तथा शैक्षिक निकायहरुको व्यवस्थापन गर्न बाञ्छनीय भएको जनाउदैे संविधानको धारा २२१, अनुसूची ८ को सूची नं. ८ र “स्थानीय सरकार…

Read More

स्याङ्जा १० पुस । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज (बुधवार) यस समुदायले क्रिसमस डे मनाउँदैछन्। आजभन्दा दुई हजार २२ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो। पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मिएका येशु ख्रीष्टले तीन मुख्य खुसीयाली दिएका जनविश्वास रहेको छ। उहाले मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीनवटै दिवसका रूपमा मनाउने गरेका छन्। मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रूपमा आजको दिनलाई मनाउने गरिएको छ। विश्वका धेरै मानिसले मनाउने क्रिसमस डे नेपालमा भने…

Read More

स्याङ्जा १० पुस । कालीगण्डकी गाउँपालिका –३ विर्घा–मिर्मीमा सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन । आलमबाट बिर्घातर्फ जाँदै गरेको ट्रली नभएको सिरक–डसना बनाउने मेसिन जोडीएको लु ४ त ७८३१ नम्बरको टयाक्टर पक्की भित्री सडकखण्डमा मंगलबार साँझ करिब ८ दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । बारा — गढीमाई नगरपालिकाका अन्दाजी २२ वर्षीय सब्दुल अन्सारीको मृत्यु भएको प्रहरीले जनाएको छ। ट्याक्टरले च्यापिएका उनलाई उपचारका कालीगण्डकी अस्पताल लगिएपछि चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक उमेशलाल श्रेष्ठले जानकारी दिनुभयो । यसैगरी, बारा—कलैया उपमहानगरपालिकाका २४ वर्षीय अर्जुन शाह र बारा गढीमाई नगरपालिकाका २६ वर्षीय…

Read More

स्याङ्जा ९ पुस । स्याङ्जामा संचालित क्रसकन्ट्री दौड प्रतियोगिताको उपाधी सेनाका करण रावलले जित्नु भएको छ। पाँचौं संस्करणको २१ बर्ष माथिको २५ किलोमिटर क्रसकन्ट्री खुल्ला दौड प्रतियोगिताको उपाधी रावलले हात पार्नु भएको हो । ‘स्वास्थ्यका लागि दौड, राष्ट्रका लागि दौड’ भन्ने मूल नाराका साथ सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चद्धारा आयोजित खुल्ला राष्ट्रिय स्तरको दौड प्रतियोगितामा रावलले १ घण्टा २७ मिनेट ५२ सेकेन्डमा २५ किमी दूरी पार गर्दै उपाधि जित्नुभएको हो ।उपाधीसंगै उहाले ५० हजार रुपैया सहित कप, मेडल र प्रमाणपत्रले पुरस्कृत हुनु भएको छ । प्रतियोगितामा सेनाकै टंकबहादुर कार्कीले दोश्रो भए। उनले १ घण्टा ३२ मिनेट ९ सेकेन्डमा सोही…

Read More

स्याङ्जा ८ पुस । बिश्व हिन्दु महासघ, बिश्व हिन्दु युवा सघ स्याङ्जा र केदारनाथ भाषा प्रशिक्षण तथा अनुसन्धान केन्द्र वालिङको आयोजनामा गीता ज्ञान सम्बन्धी प्रवचन कार्यक्रम वालिङमा सम्पन्न भएको छ। गुरु एवं पण्डित नेत्रप्रसाद पराजुलीले गीताका ज्ञान बारेमा प्रवचन दिनुभएको थियो। उहाँले गीता नै सबै भन्दा उत्कृष्ट ज्ञान भएको र मानव जगतलाई बाच्ने कला समेत गीताले सिकाएको बताउनु भयो। गीतामा कृष्ण अर्जुनको महिमा बुझाउनु भएको थियो। गीता जस्तो महान ग्रन्थले मानव कल्याणका हरेक पक्षलाई समेटिएको उहाले भन्नुभयो । धर्म ,विज्ञान ,राजनीति को त्रिकोणात्मक सम्बन्धको विकास आत्म चिन्तन र सरल मानवीय दैनिकी ज्ञान र विज्ञानको समिश्रित रूप भएको उहाले बताउनु भयो…

Read More

स्याङ्जा ५ पुस । अपांगता सशक्तिकरण तथा सामुदायिक विकास केन्द्र स्याङ्जाको आयोजना तथा पुतलीबजार नगरपालिकाको सहयोगमा अपांगता सम्बन्धी सचेतना कार्यक्रम मातृभूमि माध्यमिक बिद्यालयमा गरिएको छ । पुतलीबजार नगररपालिका वडा नं. १३ स्थित मातृभूमि माविमा भएको कार्यक्रमको उदघाटन गर्दै वडाअध्यक्ष जुद्धबहादुर थापाले अपांगता जन्मसिद्ध र जन्मेपछि पनि हुन सकिने बताउदै अपांगतालाई आवश्यक सहयोग गर्नुपर्ने बताउनुभयो । अपांगता ब्यक्तिका बारेमा जानकारी दिने यस्ता यस्ता सचेतनामूलक कार्यक्रमलाई वडा कार्यालय पनि संचालन गर्ने उहाले भन्नुभयो । अपांगता भएका ब्यक्तिलाई राज्यले उपलब्ध गराएका सेवा सुबिधा र अवसर प्रदान गर्नका लागि वडा कार्यालयले सहयोग गर्दे आएको र भोली पनि निरन्तरता दिईने बताउनुभयो । अपांगता भित्रको फरक…

Read More

स्याङ्जा ३ पुस । आज डिसेम्वर १८ अन्र्तराष्ट्रिय श्रम आप्रवासन दिवस। दिवसको अवसर पारेर (बुधवार) पुतलीबजार नगरपालिकाले वैदेशिक रोजगारबाट फर्केका ब्यक्तिहरुसंग छलफलगरि दिवस मनाइएको छ । सुरक्षित आप्रवासनको आधार, सूचना र सीप सहितको रोजगार भन्ने मूल नाराका साथ वैदेशिक रोजगारबाट फर्किएका ब्यक्तिहरुसंग अन्तरक्रिया तथा छलफल गर्दै दिवस मनाइएको हो । अन्र्तक्रियाको शुभारम्भ गर्दै नगरप्रमुख तुलसीराम रेग्मीले रोगजारका लागि विदेशमा गइ काम गर्नेको संख्या दिनानुदिन ह्वात्तै बढेको बताए। बिदेश यात्रा र रोजगारको गन्तब्यलाई सुरक्षित बनाउन नगरपालिकाले आप्रवासी स्रोत केन्द्र स्थापना गरेको जानकारी गराए। विदेशयात्रामा रहेका युवायुवतीले यसबाट लाभ लिन समेत उनले सुझाव दिनुभयो । राहदानी बनाउनका लागि प्रशासन कार्यालयमा आउने युवायुवतीलाई…

Read More

स्याङ्जा २ पुस । पुतलीबजार नगरपालिका १२ निवासी प्रितम गुरुङलाई उहाको निवासमा पुगेर स्याङ्जा प्रशासनले नागरिकता उपलब्ध गराएको छ । करिब २ बर्षअघि रुखबाट खसेपछि अपांगता भएका प्रितमको ढाड भन्दा तलको भाग चल्दैन । जसका कारण उहा डिडडुल पनि गर्न सक्नुहुन्न । बिस्तारमा सुतिरहनु पर्ने उहाको अवस्था छ । खिलप्रसाद गुरूङ र डम्बरकुमारी गुरूङका १६ बर्षिया छोरा प्रितम नागरिकता बनाउनका लागि कार्यालयसम्म आउजाउ गर्न कठिनाई भएको जनाएपछि उहाकै घरमा पुगेर नेपाली नागरिकताको प्रमाणपत्र उपलब्ध गराइएको सहायक प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले जानकारी दिनुभयो । सप्रजिअ पौडेलका अनुसार, ‘प्रशासकीय अधिकृत शोभाखर पोखरेल र नायब सुब्बा जगुलाल पाण्डे सहितको टोली पुगेर सोमबार…

Read More

स्याङ्जा २९ मंसिर । अर्जुनचौपारी गाउँपालिकाले दरौंखोलामा विभिन्न जातका ८० हजार माछाका भुरा छाडेको छ । कालीगण्डकी ुएु मत्स्य ह्याचरी सेवा, बेलटारी स्याङ्जाको सहयोगमा पालिकाले दरौंखोला, केवरेखोला र दिर्जेखोलामा गरि ठेड, गर्जी र हाडे जातका माछाका भुरा छाडेको हो । पालिका अध्यक्ष प्रकाश तिवारीले माछा पालनबाट आर्थिक आर्जनमा जोड्ने पालिकाको नीति तथा कार्यक्रम अनुसार प्रत्येक वर्ष खोलामा माछा भुरा छाड्दै आएको बताए । विभिन्न प्रजातिका माछाका भुराहरु हरेक वर्ष छोडिने र खोलालाई पालिकाको आर्जनका माध्यम बनाउने जानकारी दिनुभयो । तिवारीले धेरै ठाउँमा खोलालाई माछामार्फत आय आर्जनमा जोडिएको र विज्ञसङ्गको छलफल गरेर खोलामा माछाका भुरा हालेको बताउनुभयो। खोलाको चार किलोमिटर क्षेत्रमा…

Read More

स्याङ्जा २९ मंसिर । भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी बाजपेयीको स्मृतिमा भारतीय शहर जयपुरदेखि काठमाण्डौंसम्मको रथयात्रा गरिने भएको छ । १६ डिसेम्बर अर्थात पुस १ गते सोमबार जयपुरमा अटल जयन्ती महोत्सवको आयोजना गरिएको छ । राष्ट्रिय समता स्वतन्त्र मंचद्धारा आयोजित उक्त महोत्सव विश्व स्तरमा भारतको प्रतिष्ठा र शक्ति आर्जन गर्न र पञ्चशीलको सिद्धान्तलाई विश्वस्तरमा प्रवद्र्धन गर्न स्वर्गिय अटल बिहारी बाजपेयीले खेलेको महत्वपूर्ण योगदानको सम्मानार्थ अटल जयन्ती मनाउन लागिएको हो । विशिष्ट अतिथीको रुपमा नेपालबाट महोत्सवमा सहभागी हुन इन्डो — नेपाल रिलेशन पीस फाउण्डेशनका महासचिव यबराज आचार्य जयपुर प्रस्थान गरिसकेका छन् । महोत्सवमा मध्यप्रदेश सरकारका मन्त्री रविकिरण साहुको सहभागिता रहने फाउण्डेशनले…

Read More