स्याङ्जा १४ बैशाख । पुतलीबजार नगरपालिकाले नगर भित्रका सामुदायिक विद्यालयहरुलाई पठन पाठन कार्य सञ्चालन गर्न अनुरोध गरेको छ।
पुतलीबजारले आइतवार सुचना जारी गर्दै बैशाख १५ सोमबारदेखि सामुदायिक बिद्यालयका पठनपाठन सुचारु गर्न आग्रह गरेको हो।
नगरप्रमुख तुलसीराम रेग्मीद्धारा हस्ताक्षरित सो सुचनामा शैक्षिक सत्रको सुरुवातसंगै नियमित पठनपाठन नहुदाँ विद्यार्थी, अभिभावक तथा समाजमा दीर्घकालिन रुपमा नकारात्मक असर पर्ने जनाउदै पुतलीबजारले शैक्षिक सत्र २०८२ को विद्यार्थी भर्ना, पाठ्यपुस्तक वितरण र शैक्षिक तथा प्रशासनिक कार्यहरु सञ्चालन गरी विद्यालयमा नियमित पठनपाठन सुचारु गर्न गराउनका लागी सम्बन्धित सबै सरोकारवाला, विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक तथा शिक्षक सबैमा अनुरोध गरेको छ।
