स्याङ्जा १३ बैशाख । पुतलीबजार नगरपालिका र लक्ष्मी कृष्ण सेक्युरिटी सर्भिस एण्ड सोलुसन प्रालिको सहयोग तथा मनकामना आखा उपचार केन्द्रको आयोजनामा निशुल्क आखा जाच तथा चश्मा र औषधी बितरण गरिएको छ ।
जिल्ला कारागार शाखाका बन्दी तथा कैदीलाई लक्षित गदैृ निशुल्क आखा शिविर गरिएको मनकामना आखा उपचार केन्द्रका प्रोपाइटर दिपक विकले जानकारी दिनुभयोे ।
शिविरमा १४५ जनाको आखा परिक्षण गरिएको थियो । ती मध्ये ४२ जना पुरुष तथा ४ जना महिलागरि ४६ जनालाई निशुल्क चश्मा प्रदान गरिएको कारागार शाखा प्रमुख दिनेश शर्मा मरासीनीले जानकारी दिनुभयो । शिविरमा स्वास्थयअधिकृत भवानीशंकर पोखरेल र नगरपालिका सामी परियोजनाका अनन्त रेग्मी लगायतले सहजीकरण गर्नुभएको थियो ।