स्याङ्जा १४ बैशाख । पुतलीबजार नगरपालिकाद्धारा आयोजित ७ दिने अचार बनाउने तालिम सम्पन्न भएको छ । उपप्रमुखसंग महिला कार्यक्रम अन्तर्गत सञ्चालित स्थानीय ब्यवसाय प्रवद्र्धन र आर्थिक शसक्तिकरणका लागि अचार बनाउने तालिम दिइएको हो ।
तालिमको समापन गर्दै नगर प्रमुख तुलसीराम रेग्मीले महिलालाई उद्यमी बनाउन अचार बनाउने तालिम दिइएको बताउनुभयो । यस्ता तालिमले आय आर्जन बढाउनका लागी सहयोग पुग्ने जनाउदै स्वथ्यकर अचार खान समेत पाईनेमा समेत जोड दिनुभयो ।
बिभिन्न देशबाट आयातित अचारमा खाद्य तथा अखाद्य तत्व पनि हुन सक्ने जनाउदै तालिमको सहीसदुपयोग गर्दै उद्यमी बन्न सुझाव दिनु भएको छ ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत धर्मराज ढुङ्गाना, नगर प्रवक्ता मनोज पौडेल, पुतलीबजार नगर महिला संजालका अध्यक्ष सीता गोदार, सहभागी सन्तोषी पौडेल लगायतले शुभकामना मन्तव्य सहित अचारका बारेमा आ आफना धारणा ब्यक्त गर्नुभयो ।
प्रशिक्षक चन्द्रकला रानाले साताब्यापी प्रशिक्षणका बारेमा जानकारी गराउदै महिलाका लागि अचार बनाउने तालिम प्रभावकारि हुनेमा जोड दिनुभयो ।
नगर उपप्रमुख देवी अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन ठगीकुमारी खनालले गर्नुभएको थियो । तालिममा १४ वटै वडाका गरी ३२ जना महिला सहभागी थिए ।