Author: Syangja Sandesh

स्याङ्जा १ मंसिर । मानवअधिकार तथा शान्ति समाज स्याङजाको २० औ साधारणसभा तथा अधिबेशनले पुनः हरिप्रसाद रेग्मीको सभापतित्वमा १५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । समितिको उपसभापतिमा भवानी अधिकारी, सचिवमा गंगा अर्याल, सहसचिवमा हरिप्रसाद अर्याल, कोषाध्यक्षमा शान्ति ढकाल निर्विरोध निर्वाचित हुनु भएको हो । यसैगरी, सदस्यहरुमा संगीता नेपाली, रामप्रसाद लम्साल, रविन केसी, करुणा क्षेत्री पौडेल, मनोज मल्ल, संगीता पोखरेल, सुदर्शन रेग्मी, विपिन्द्रमान श्रेष्ठ, राजेन्द्र भण्डारी निर्वाचित हुनु भएको हो । यसैगरी, सल्लाहकारमा पृथ्वीप्रसाद पोखरेल र प्रकाश डोेटेललाई चयन गरिएको छ । अधिवेशनको उदघाटन गर्दै मानवअधिकार तथा शान्ति समाज स्याङुजाका पूर्वसभापति एवं पूर्व केन्द्रिय सदस्य भरतप्रसाद लम्सालले मानवअधिकारकर्मीको भूमिका ब्यापक…

Read More

स्याङुजा १ मंसिर । गण्डकी प्रदेशका पूर्वमन्त्री मेखलाल श्रेष्ठले स्याङ्जामा शैक्षिक सामाग्री वितरण अभियानलाई निरन्तरता दिनु भएको छ । बराह कालिका लोकल्याणकारी संस्था स्याङ्जाले दलित तथा जेहेन्दार बिद्यार्थीहरुलाई लक्षित गदैैै शैक्षिक सामाग्री वितरण गरिएको हो । पुतलीबजार नगरपालिका वडा नं. ११ स्थित बिद्योदय आधारभूत बिद्यालयमा आयोजित कार्यक्रममा ९४ जना लक्षित बालबालिकालाई शैक्षिक सामाग्री प्रदान गरिएको हो । गण्डकी प्रदेश शिक्षा, सामाजिक तथा स्वास्थ्य पूर्वमन्त्री मेखलाल श्रेष्ठले आफनो ब्यक्तिगततर्फबाट ति सामाग्री उपलब्ध गराएका हुन । शैक्षिक सामाग्री प्रदान गर्दै पूर्वमन्त्री श्रेष्ठले शिक्षाका माध्यमबाट मात्र आर्थिक तथा सामाजिक जागरण आउने जनाउदै सवैभन्दा पहिला शिक्षामा आर्कषण बढाउन आफुले यस्तो अभियान संचालन गरेको जानकारी…

Read More

स्याङजा १८ कात्तिक । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइ टीकाको साइत सार्वजनिक गरेको छ । कात्तिक १८ गते आज आइतबार बिहान ११ः३७ बजे भाइ टीकाको साइत शुभ रहेको समितिले जनाएको छ । हिजो बसेको समितिको बैठकले टीकाको साइत निकालेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जानकारी दिनुभयो । पश्चिम मोहडा गरेर भाइ टीका लगाउनु पर्ने पनि समितिले जनाएको छ । नेवार समुदायले मनाउने किजापूजा पनि त्यसै दिन गर्नु पर्ने जनाइएको छ । यस वर्षको यमपञ्चक अर्थात् नेपालीको दोस्रो ठूलो चाड तिहार कात्तिक १३ गते मंगलबारदेखि सुरु भएको हो । धनतेरश, काग तिहार, कुकुर तिवार, लक्ष्मी पुजा, गोबरधन पुजा, म्ह…

Read More

स्याङ्जा १३ कात्तिक । राष्ट्रिय कृषि सहकारी महासंघका केन्द्रिय अध्यक्ष खेमबहादुर पाठकले साना किसान श्रम बैंकको आवश्यकता औल्याउनु भएको छ । अर्जुनचौपारी गाउँपालिकामा स्थापित ग्रामिण स्वावलम्बन साना किसान कृषि सहकारी संस्था लिमिटेडको २२ आ्रै बार्षिक साधारणसभाको मंगलबार उदघाटन गर्दै उहाले किसानबर्ग मार्फत नै मुलुकको सम्बृद्धि र विकास संभव रहने बताउनुभयो । ‘रकमको अभावमा किसानले कृषिको उर्जालाई नखुम्च्याउनुहोस्, ५ देखि ५० लाखसम्म हामी ९ प्रतिशतमा ऋण उपलब्ध गराउछौ’ उहाँले भन्नुभयो, ‘महिला उद्यमका लागि पनि सस्तो ब्याजदरमा ऋण दिनेछा्रै। कृषि, तरकारी, फलफूल तथा नगदेबाली मार्फत उद्यम संचालन गर्न सक्नुहुनेछ ।’ सहकारीले पशु विमा, म्यादी बिमा, किसान एप जस्ता प्रबिधिसंगै किसानका लागि राहतका…

Read More

स्याङजा ११ कात्तिक । स्याङ्जाको प्रसिद्ध धार्मिकस्थल गह्रौंसुर मन्दिरमा बडादसैंको अवधिमा १७ लाख ४८ हजार ३६९ रुपियाँ भेटी संकलन भएको छ । वालिङ नगरपालिका –८ र गल्याङ नगरपालिका –१० को संगमस्थलमा अवस्थित ‘गह्रौंसुर धार्मिक एवं पर्यटकीय केन्द्र’ मा रहेको कालिका मन्दिरमा भेटीस्वरूप उक्त रकम संकलन भएको हो । घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्मको अवधिमा मन्दिरमा विभिन्न शीर्षकबाट भेटी संकलन भएको मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष केशभक्त गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार मन्दिरमा चढाइएको भेटी, पाठा तथा पाडाको टाउको बिक्री, परेवा बिक्री, टीका थाली, दानपेटिका, होटल, पसल तथा सहयोग रसिदबाट उक्त भेटी संकलन गरिएको हो । बडादसैंको अवधिभर पूजापाठ गर्ने पण्डित तथा पुजारीलाई…

Read More

स्याङ्जा १० कात्तिक । पुतलीबजार नगरपालिका १ प्रगतीनगर स्थित नवरत्न बचत तथा ऋण सहकारी संस्थाले आफनो १७ औ बार्षिक साधारणसभा बिबिध कार्यक्रम सहित सम्पन्न गरेको छ । सभाको उदघाटन गर्दै निवर्तमान संघिय सांसद नारायणप्रसाद मरासीनीले सहकारीका आदर्श, मूल्य मान्यता र सिद्धान्त बमोजिम संचालन गरेमा सहकारीले नोक्सान भोग्नु नपर्ने बताउनुभयो । नवरत्न सहकारी संचालक र कर्मचारीका भूमिका सकारात्मक भएकाले भविष्य पनि सुखद रहेको जानकारी गराउनुभयो । उपप्रमुख देवी अर्यालले सहकारीले सामाजिक तथा ब्यक्तिगत जीवनमा सकारात्मक प्रभाव पारेको बताउनुभयो । ब्यक्तिका महंगो ऋण लिएर आफना समस्या समाधान गर्नुपर्ने विगतका वाध्यतालाई सहकारी स्थापना भएसंगै सहज बनेको र बिधिसम्वत चलेका सहकारीलाई नगरपालिकाले आवश्यक सहयोग…

Read More

स्याङ्जा १० कात्तिक । नेपाल तरुण दलको ७२ औं स्थापना दिवसको अवसर पारेर शनिवार नेपाल तरुण दल स्याङ्जाले खुला रक्तदानको आयोजना गरेको छ । भीरकोट नगरपालिका १ स्थित बयरघारीमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो। रक्तदातालाई ब्याग हस्तान्तरण गर्दै गण्डकी प्रदेश पूर्वमन्त्री एवं नेपाल तरुण दल पूर्व केन्द्रिय सदस्य मेखलाल श्रेष्ठले कार्यक्रमको शुभारम्भ गर्नुभएको हो । रगतदान जीवन दान भएकाले रगतदान गरेर पुण्य कमाउन पूर्वमन्त्री श्रेष्ठको सुझाव छ । रगतदान पूर्व चिकित्सकिय परिक्षण एवं सुझाव लिएर मात्र रगतदान गर्नुपर्ने उहाको भनाई छ । दान गरेको रगतले धेरैले पुर्नजीवन पाएकाले यस्ता सामाजिक कार्यमा सहयोग गर्नुपर्ने उहाले भन्नुभयो । कार्यक्रममा प्रदेश सांसद महेश…

Read More

स्याङ्जा १० कात्तिक । भारतीय राजदुतावास नेपालका प्रथम सचिव अबिनासकुमार सिंहले नेपालका लागि भारतले सधैभरी सहयोग गर्ने बताएका छन् । दुई देशको साझा हित र सम्बन्धको बढावा दिदै अघि बढेको उहाले जोड दिनुभयो । गल्याङ् सामुदायिक स्वास्थ्य केन्द्रको संयुक्तरुपमा शुक्रवार उदघाटन गर्दै उहाले नेपालको हरेक विपत्ती तथा आवश्यकतामा भारतले सहयोग गर्दै आएको जनाउनुभयो । नेपालको भारत पहिलो समर्थनकर्ता देश पनि भएको जनाउदै कोरोना, बाढी पहिरा, भूकम्प लगायतमा पनि भारत सरकारको सहयोग रहेको उहाले औल्याउनुभयो । नेपालको स्वास्थ्य, शिक्षा, सिंचाई, सडक, खानेपानी, संस्कृति र सामाजिक विकास लगायतका विकासमा भारतीय सहयोग हिजो पनि रहेको र आगामी दिनहरुमा पनि रहिरहने प्रतिबद्धता जनाउनुभयो ।…

Read More

स्याङजा ८ कात्तिक । आँधीखोला गाउँपालिकामा बिहीबार बिहान दुईबटा मोटरसाइकल एक आपसमा ठोक्किदा युवराज पौडेल घाईते हुनु भएको छ । उहाँ आधीखोला २ चिलाउनेवासका ४५ बर्षिय पौडेलको दाँया हात र दाँया खुट्टामा चोट लागेको प्रहरले जनाएको छ । आँधीखोला ४ सेपतस्थित कार्कीनेटा नागडाँडा अन्र्तगत भित्री सडक खण्डमा चिलाउनेबास देखि नागडाँडा तर्फ आउँदै गर्दा ग १२ प २२३२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको ग १४ प ९५६५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा पौडेल घाइते हुनु भएको हो । घाइते पौडेलको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भैरहेको प्रहरी निरिक्षक उमेशलाल श्रेष्ठले जानकारी दिनुभयो ।प्रहरीले दुबै मोटरसाइकल नियन्त्रणमा लिएर घटनाको सम्बन्धमा आवश्यक…

Read More

स्याङ्जा ७ कात्तिक । विश्व लगानीकर्ता सप्ताहको सन्दर्भ पारेर स्याङ्जा लगानीकर्ता शिक्षा तथा सेचतना अभिबृद्धि कार्यक्रम गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघको सहजीकरण, नेपाल धितोपत्र बोर्डको समन्वय तथा स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाको आयोजनामा बुधवार स्याङ्जा बजारमा पँुजीबजार, लगानीकर्ता शिक्षा तथा सेचतना अभिबृद्धि कार्यक्रम गरिएको हो । कार्यक्रमको उदघाटन गर्दै उद्योग वाणिज्य संघ गण्डकी प्रदेश कोषाध्यक्ष नवराज सुवेदीले अहिले बैंकमा रकम थुप्रिएको अवस्था रहेकाले पुँजी परिचालनगरी ब्यवसाय बढाउनु पर्ने वातावरण बनाउने काम राज्यले गर्नु पर्ने बताउनुभयो । शेयर परिचालनगरी मुलुकका बिकास निर्माण गर्न सकिने उहाले जनाउनुभयो । अन्य मु्लुकमा झैं उनले नेपालमा पनि सडक, टनेल मार्ग, पुल लगायतका…

Read More

स्याङ्जा ७ कात्तिक । पोखरा थिएटरले बुधवार स्याङ्जा बजारमा एक चिहान नामक नाटक मञ्चन गरेको छ । पुतलीबजार नगरपालिका १ स्थित सिटीहलमा आयोजित बिशेष शो मार्फत सो नाटक मंचन गरिएको हो । पोखरा थिएटरका अध्यक्ष परिवर्तनले आज र भोली स्याङ्जामा त्यसपछिका २ दिन वालिङ्मा मञ्चन गरिने जानकारी दिनुभयो । उपन्यासकार एवं साहित्यकार स्वर्गिय हृदयचन्द्र सिंह प्रधानद्धारा लिखित एक चिहान नामक सो उपन्यास कक्षा १२ को पाठ्यक्रममा छ । जसका कारण शिक्षक र बिद्यार्थीका लागि भने यो नाटक अझ प्रभावकारि बन्न सक्दछ । नाटकमा परिवर्तन, रमेशबाबु तिमिल्सिना, जनक पराजुली, रोशनी रामदाम, रवीन्द्र मल्ल, उमा पुन, प्रकाश रेग्मी, रन्जु दाहाल, धनकाजी श्रेष्ठ,…

Read More

स्याङजा ७ कात्तिक । पुतलीबजार नगरपालिका ७ स्थित ठूलाडिही रि यूनाइटेड क्लवको आयोजनामा वडा स्तरीय पुरुष भलिवल तथा भेन्ट्रास प्रतियोगिता सहित बिबिधि सास्कृतिक कार्यक्रम आज (मंगलबार) देखि सुरु भएको छ । प्रतियोगिताको उदघाटन गर्दै नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति कुमार रानाले खेलकूद प्रतियोगिताले भावनात्मक सम्बन्ध बढाउने बताउनुभयो । खेलबाट राम्रा आयआर्जन गर्न सकिने जनाउदै स्याङ्जालीहरुले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय प्रतियोगितामा समेत खेल्ने अवसर पाएको बताउनुभयो । क्रिकेटका माध्यमबाट विश्व सामु चिनाउन सकिएको जोड दिदै यसतर्फ राज्य र सरोकारवालाले बिशेष ध्यान दिनु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा पत्रकार महासंघका उपाध्यक्ष भवानी अधिकारी, पुतलीबजार नगरपालिका १ का सदस्य बिष्णुकुमार श्रेष्ठ, नेपाली कांग्रेस वडा…

Read More

स्याङ्जा ५ कात्तिक । स्याङ्जा सहयोग समाज (अन्तर्राष्ट्रिय समन्वय समिति) को आयोजनामा वालिङ्मा संचालित स्थानीय पालिका स्तरीय प्रथम पुरुष भलिवल प्रतियोगिताको उपाधि बिरुवा गाउँपालिले जितेको छ । कात्तिक २ गतेदेखि सुरु प्रतियोगिता अन्र्तगत सोमबार भएको फाईनल खेलमा पुतलीबजार नगरपालिकालाई पराजित गर्दै विरुवाले उपाधि जितेको होे । उपाधिसंगै बिरुवाले १ लाख ५० हजार नगद सहित ट्रफी, मेडल पाएको छ । यसैगरी, उपविजेता पुतलीबजार नगरपालिकाले १ लाख सहित ट्रफी र मेडल सहित तृतिय भएको भीरकोट नगरपालिकाले नगद ५० हजार, ट्रफी, मेडल, पाएको हो । सान्त्वना भएको कालीगण्डकी गाउँपालिकाले २५ हजार सहित ट्रफी र मेडल पाएको छ । यसैगरी, उत्कृष्ट खेलाडीलाई १० हजार,…

Read More

स्याङ्जा ५ कात्तिक । चापाकोट नगरपालिका ४ मल्याङकोटका ४५ बर्षिय गोबिन्द पुरी प्रहरी नियन्त्रणमा छन्। घाईते पुरी उपचारपछि घर फर्के लगत्तै उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीले उनलाई नियन्त्रणमालिई अनुसन्धान सु्रु गरेको जनाएको छ । शनिवार साँझ उनको तीन तले घरको माथिल्लो तलाबाट दोश्रो तलामा भाडाकुडा सार्ने तथा झार्ने क्रममा सकेट बम विस्फोट भएको प्रहरीले जनाएको छ। बिष्फोटमापरि पुरी घाईते हुनुका साथै उहाको घरमा समेत क्षति पुगेको थियो । घरभित्र बिष्फोट भएपछि प्रहरी अनुसन्धानका क्रममा हाई एक्सप्लोसिभ पिइके ९ सय ग्राम, डेटकड २ वटा १ मीटर ५ सेमी, जंगी राउण्ड ७ दशमलब ६२ एमएम का एउटा, खाली खोका २ थान…

Read More

स्याङ्जा ४ कात्तिक । चापाकोट नगरपालिका ४ मल्याङकोट स्थित एकघरमा बिस्फोट हुँदा ४५ बर्षिय गोबिन्द पुरी घाईते हुनु भएको छ । शनिवार साँझ उहाको तीन तले घरको माथिल्लो तलाबाट दोश्रो तलामा भाडाकुडा सार्ने तथा झार्ने क्रममा अचानक विस्फोट हुदाँ पुरी घाईते भएको वडाध्यक्ष अर्जुन खाँणले जानकारी दिनुभयो । विस्फोट हुदाँ घरमा समेत क्षति पुगेको बताइएको छ । घाईते पुरीको शनिवार साँझै उपचारका लागि लुम्बिनी मेडिकल कलेज पाल्पा लगिएको र उपचारपछि आइतवार घर ल्याइएको छ। बिस्फोटमा परि उहाका आँखा, अनुहार लगायत खुट्टा र पेटमा चोट पुगेको थियो। पुरी नेपाली सेनाबाट २ बर्षअघि अबकाश भएका थिए। घटनाको प्रकृति हेर्दा सकेट बम बिस्फोट…

Read More