Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, July 1
    Trending
    • मध्य असार सकियो, स्याङ्जामा ३० प्रतिशत धान रोपाईं
    • राष्ट्रिय धान दिवसमा लामागे फाँटमा धान रोपाई
    • लेखक लक्ष्मण वियोगीकोे ‘सत्यम’ स्याङ्जामा विमोचित
    • स्याङ्जामा ४ जनाले ल्याए ४ जिपिए, ६४ दशमलब ८५ प्रतिशत बिद्यार्थी ग्रेडेड
    • स्याङ्जा प्रशासनद्धारा उपभोक्ता सचेतना सम्बन्धी प्रशिक्षण
    • कालीगण्डकी गाउँपालिकको बजेट ५५ करोड ३८ लाख ८२ हजार
    • चापाकोट नगरपालिकाको बजेट ७५ करोड १ लाख ७२ हजार
    • पुतलीबजारका बाख्रापालक किसानलाई तालिम सहित प्रबिधि हस्तान्तरण
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » नबरत्न बचत तथा ऋण सहकारीले मनायो १७ औं बार्षिक साधारणसभा
    पुतलीबजार नगरपालिका

    नबरत्न बचत तथा ऋण सहकारीले मनायो १७ औं बार्षिक साधारणसभा

    Syangja SandeshBy Syangja SandeshOctober 28, 2024Updated:November 4, 2024No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १० कात्तिक । पुतलीबजार नगरपालिका १ प्रगतीनगर स्थित नवरत्न बचत तथा ऋण सहकारी संस्थाले आफनो १७ औ बार्षिक साधारणसभा बिबिध कार्यक्रम सहित सम्पन्न गरेको छ ।

    सभाको उदघाटन गर्दै निवर्तमान संघिय सांसद नारायणप्रसाद मरासीनीले सहकारीका आदर्श, मूल्य मान्यता र सिद्धान्त बमोजिम संचालन गरेमा सहकारीले नोक्सान भोग्नु नपर्ने बताउनुभयो । नवरत्न सहकारी संचालक र कर्मचारीका भूमिका सकारात्मक भएकाले भविष्य पनि सुखद रहेको जानकारी गराउनुभयो ।

    उपप्रमुख देवी अर्यालले सहकारीले सामाजिक तथा ब्यक्तिगत जीवनमा सकारात्मक प्रभाव पारेको बताउनुभयो । ब्यक्तिका महंगो ऋण लिएर आफना समस्या समाधान गर्नुपर्ने विगतका वाध्यतालाई सहकारी स्थापना भएसंगै सहज बनेको र बिधिसम्वत चलेका सहकारीलाई नगरपालिकाले आवश्यक सहयोग गर्ने बताउनुभयो ।

    कार्यक्रममा राष्ट्रिय सहकारी बैंक स्याङ्जाका प्रमुख दिपक कोइराला, पुतलीबजार नगरपालिकाका सहकारी शाखा प्रमुख धनप्रसाद कोइराला, सल्लाहकार कपिल गिरी, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष रविन्द्रप्रसाद श्रेष्ठ लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्दै सहकारीका मूल्य र मान्यतामा रही सेवाप्रवाह गर्नुपर्नेमा जोड दिनुभयो ।

    सहकारीका अध्यक्ष मोतीप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष अमृतप्रसाद श्रेष्ठले स्वागत कोषाध्यक्ष श्रीराम पाखरेलले आर्थिक प्रतिवेदन र समन्वयकर्ता वेदप्रसाद दोरंगाले कार्यक्रमको संचालन गर्नुभएको थियो । ।

    विस २०६६ सालमा स्थापित सहकारीले जिल्लाकै नमूना सहकारी बन्ने अवधारणा सहित अघि बढेको जनाएको छ । चालु आर्थिक बर्ष २०८०÷०८१ मा सहकारीका शेयर रकम ९३ दशमलब ८२ प्रतिशत, बचत संकलनत ८६ दशमलब ६३ प्रतिशत, ऋण लगानी ८५ दशमलब ६० प्रतिशत, बार्षिक आय ७९ दशमलब ९५ प्रतिशत, बार्षिक ब्यय ८४ दशमलब ७५ प्रतिशत र संचालन मुनाफा ६३ दशमलब ०८ प्रतिशत संस्थागत उपलब्धि देखिएका छन् । सहकारीमा १ हजार ५ सय शेयर सदस्य छन् । आगामी बर्ष सहकारीले आफनै भवन निर्माण गर्ने घोषणा गरेको छ ।

    सोही कार्यक्रममा पुतलीबजार नगरपालिका १ निवासी ८५ बर्षिय जेष्ठ नागरिक हुमनाथ पाध्यालाई सम्मान गरिएको थियो ।
    सभाले सहकारीका उत्कृष्ठ कर्मचारीतर्फ प्रतिज्ञा गौतम, असल कारोवारीतर्फ गोमाकुमारी थापा र अन्जली थापा, बाल बचततर्फ सलिना भुजेल, निअन्सु श्रेष्ठ, सुयोग रेग्मी, विबिशा नेपाली, गेनीसा शर्मालाई सम्मान गरिएको थियो ।

    सभामा नृत्य प्रर्दशन गर्ने ऋतु भुजेल, बिन्ती गुरुङ, रोनुसा गुरुङ, आशिका श्रेष्ठ र शाशिका सिंहलाई पनि सम्मान एवं पुरस्कृत गरिएको थियो ।

    सहकारीका शेयरधनीका सन्तानलाई यसबर्षको एसइइ र कक्षा १२ उत्तीर्ण गर्ने २३ जनालाई सम्मान गरिएको थियो ।
    एसइई उत्तीर्ण भई सम्मानित हुनेमा प्रथा बिष्ट, प्रनिशा श्रेष्ठ, सुशान्त शर्मा, टिया श्रेष्ठ, अनिसा राना, सुलभ गौतम, सिम्रन पौडेल, अनुप रेग्मी जागृती मरासीनी र बिद्या पोख्रेल रहेका छन् ।

    यस्तै, कक्षा १२ उत्तीर्ण भएका जागृत सेन, प्रशान्त प्रधान, शुभ पोखरेल, समीर सापकोटा, मिनादेवी सापकोटा, आशिका श्रेष्ठ, अनुज्ञा थापा, अमिसा शर्मा, सक्षम मल्ल ठकुरी, ज्यासमीन थापा, अभिषेक अधिकारी, विकल पोखरेल, आशिका सिंह रहेको सहकारीले जनाएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    मध्य असार सकियो, स्याङ्जामा ३० प्रतिशत धान रोपाईं

    June 30, 2025

    राष्ट्रिय धान दिवसमा लामागे फाँटमा धान रोपाई

    June 30, 2025

    लेखक लक्ष्मण वियोगीकोे ‘सत्यम’ स्याङ्जामा विमोचित

    June 30, 2025

    स्याङ्जामा ४ जनाले ल्याए ४ जिपिए, ६४ दशमलब ८५ प्रतिशत बिद्यार्थी ग्रेडेड

    June 28, 2025

    स्याङ्जा प्रशासनद्धारा उपभोक्ता सचेतना सम्बन्धी प्रशिक्षण

    June 28, 2025

    कालीगण्डकी गाउँपालिकको बजेट ५५ करोड ३८ लाख ८२ हजार

    June 28, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    मध्य असार सकियो, स्याङ्जामा ३० प्रतिशत धान रोपाईं

    June 30, 2025

    राष्ट्रिय धान दिवसमा लामागे फाँटमा धान रोपाई

    June 30, 2025

    लेखक लक्ष्मण वियोगीकोे ‘सत्यम’ स्याङ्जामा विमोचित

    June 30, 2025

    स्याङ्जामा ४ जनाले ल्याए ४ जिपिए, ६४ दशमलब ८५ प्रतिशत बिद्यार्थी ग्रेडेड

    June 28, 2025

    स्याङ्जा प्रशासनद्धारा उपभोक्ता सचेतना सम्बन्धी प्रशिक्षण

    June 28, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    मध्य असार सकियो, स्याङ्जामा ३० प्रतिशत धान रोपाईं

    June 30, 2025

    राष्ट्रिय धान दिवसमा लामागे फाँटमा धान रोपाई

    June 30, 2025

    लेखक लक्ष्मण वियोगीकोे ‘सत्यम’ स्याङ्जामा विमोचित

    June 30, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.