कास्की , २९ साउन । कास्कीको पर्यटकीय नगरी पोखरामा खेलकुद विषयको पढाई सुरु गरिने भएको छ । गण्डकी विश्वविद्यालयमा यस वर्षदेखि नेपालमै पहिलोपटक स्नातक तहमा चार वर्षे कार्यक्रम ‘ब्याचलर इन स्पोर्टस् म्यानेजमेन्ट’(बिएसएम)को अध्यापन शुरु गर्न लागिएको हो । विश्वविद्यालयले खेलकुद विषय अध्यापनका लागि अहिले भर्ना आह्वान गरिसकेको छ । यही साउन मसान्तसम्म विद्यार्थी भर्ना आवेदनको कार्यक्रम प्रकाशित गरिएको विश्वविद्यालयले जनाएको छ । प्रदेश सरकारले प्रदेशमा प्राविधिक दक्ष जनशक्ति उत्पादनको लक्ष्य सहित दुई वर्षअघि विश्वविद्यालयको स्थापना गरेपछि यस वर्षदेखि विश्वविद्यालयले आफ्ना शैक्षिक कार्यक्रम अघि बढाएको हो । बिएसएम सहित यस वर्षदेखि ब्याचलर इन इन्फरमेशन टेक्नोलोजी(बिआइटी)को पनि अध्यापन सुरु हुनेछ । देशमै पहिलोपटक स्नातक तहमा बिएसएमको चार वर्षे शैक्षिक कार्यक्रममा विद्यार्थीलाई खेलकुदका सैद्धान्तिक विषयसँगै प्रयोगात्मक अध्ययन अध्यापन गराइने विश्वविद्यालयका उपकुलपति प्रा डा नवराज देवकोटाले बताउनुभयो । उहाँका अनुसार अधिकांश पाठ्यक्रम अन्तर्राष्ट्रिय मापदण्डमा आधारित भएर बनाइएको छ । पाठ्यक्रमममा १० देखि १२ वटा खेलका विषयमा सैद्धान्तिक अध्ययापन समेत हुने बताइएको छ ।
Thursday, July 3
Trending
- भीरकोटका नौ जना उत्कृष्ट किसान नगद सहित सम्मान
- सामाजिक एकता र समुन्नत नगर निर्माणमा सीता
- विज्ञापन बोर्डको सदस्यमा स्याङ्जाका मोहन गुरुङ
- पुतलीबजारको शिशु निकेतनमा होटल म्यानेजमेण्ट पढाईने
- मापसे र लापसे गरेको आरोपमा ४ चालक प्रहरी नियन्त्रणमा
- मध्य असार सकियो, स्याङ्जामा ३० प्रतिशत धान रोपाईं
- राष्ट्रिय धान दिवसमा लामागे फाँटमा धान रोपाई
- लेखक लक्ष्मण वियोगीकोे ‘सत्यम’ स्याङ्जामा विमोचित