Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, July 20
    Trending
    • गाडी तोडफोड र यात्रु कुट्ने बिक्रम र सबिन प्रहरी नियन्त्रणमा
    • बाडखोला मुस्लिम समाजद्धारा एसईइमा उत्कृष्ट जिपिए ल्याएका २० जनालाई सम्मान
    • आँधीखोलाका अध्यक्ष बिश्वनाथद्धारा अतिरिक्त सेवा नलिएको जनाउदै सम्पती विवरण सार्वजनिक
    • वालिङ नगरपालिकाले गर्यो एक डिएसपीको बिदाई, २ को स्वागत
    • छाङछाङदी मन्दिरमा साउनमहिनाभर साँझ महाआरती गरिने
    • गल्याङ टकुनचौरका ३५ घरका आँगनमा पानीको धारा
    • मोटरबाटो उपभोक्ता समितिद्धारा प्राबिधिक तथा कर्मचारीलाई सम्मान
    • जबरजस्ती करणी कसुर मुद्दामा फरार कसुरदार पक्राउ
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » लेखक लक्ष्मण वियोगीकोे ‘सत्यम’ स्याङ्जामा विमोचित
    वालिङ् नगरपालिका

    लेखक लक्ष्मण वियोगीकोे ‘सत्यम’ स्याङ्जामा विमोचित

    Syangja SandeshBy Syangja SandeshJune 30, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १४ असार । लेखक लक्ष्मण वियोगीकोे कथाकृति सत्यमको विमोचन गरिएको छ । लेखब बियोगीले गृहजिल्लामो आफनो कृतिको बिमोचन गराउनु भएको हो ।

    स्याङ्जा साहित्य प्रतिष्ठानद्धारा शनिवार वालिङ्मा आयोजित साहित्यिक कार्यक्रममा सत्यमको बिमोचनसंगै बिमर्श र रचना वाचन गरिएको छ ।

    साहित्यकार एवं पूर्वकृषि मन्त्री त्रिलोचन ढकाल, समालोचक डा. अशोक थापा, प्रतिष्ठानका अध्यक्ष कुमार राना, साहित्यकार शम्भु अर्याल र शान्ता थापाले संयुक्तरुपमा कृतिको बिमोचन गर्नुभएको हो ।

    कथासंग्रहको बिमोचन गर्दै साहित्यकार एवं पूर्वमन्त्री ढकालले २०५२ सालदेखि २०६२ सालसम्मको माओवादी द्वन्द्वको परिवेश पनि समेटिएको बताउनुभयो । असत्यले सत्यलाई छाँयामा पारेको समाजको वर्गीय पीडा र यथार्थलाई कथामार्फत उत्घाटित गर्न खोजिएको उहाको भनाई छ ।

    साहित्यकार ढकालका अनुसार, ‘बिमोचित कथामा सामाजिक विभेद, असमानता तथा जनयुद्धका त्रासदी समेटिएका छन्। यथार्थवादी धारका बाललयका स्वरलहरीमा मिसिएर आएका अनेक लोकभाकाका मुच्र्छना र लोक–संस्कृतिका बारेमा चर्चा गरिएका छन्। स्याङ्जाको टाकुरामा टेकेर उडेका भावना मध्यपश्चिम, सुदूरपश्चिम र पूर्वतिरसमेत डुल्न भ्याएका र कथामा पर्यावरणीय चेत र वस्तुवादी धार पाईन्छ।’

    पारिवारिक विखण्डन, वैदेशिक रोजगारी र त्यसले समाजमा पारेको असर जस्ता विषय कथामा उठाइएका छन। समाज र परिवेशका अति सुक्ष्म विषयलाई कृतिले उधिनेर निकालेको जनाउदै कथामा स्याङ्जाली भूगोलको मौलिकता अत्यन्त मार्मिक ढंगले प्रस्तुत गरिएको समिक्षकहरुका भनाई छन । लक्ष्मीस्मृति सामुदायिक पुस्तकालय तथा रेडियो स्याङ्जाका अध्यक्ष ध्रुबबन्धु पौडेल र आँधीखोलाका अध्यक्ष शान्ता थापा र साहित्यकार शम्भु अर्यालले कृतिमाथि समिक्षा गर्नुभएको थियो ।

    कार्यक्रममा श्यामप्रसाद ढुंगाना, टीकाराम ढकाल, भास्कर काफ्ले, डा. यामबहादुर पौडेल, रामबहादुर थापा लगायतले शुभकामना मन्तव्य ब्यक्त गर्नुभएको थियो ।

    स्मारिका अर्याल, झबनाथ बस्याल, ईन्द्रप्रसाद पाठक, उपमा पाण्डे, संस्कार गैह्रे, खगेन्द्रजंग थापा, लोकहरि पाण्डे, कृष्ण खड्का, अग्निकुमार पल्लव, चिन्तु गिरी, लेखनाथ काफ्ले, तोरणराज बस्याल, विष्णु पंगेनी पाण्डे, सरस्वती अर्याल, सम्झना थापा, लक्ष्मी काफ्ले, बोधराज न्यौपाने, खगेन्द्रप्रसाद अर्याल, ध्रुबप्रसाद शर्मा पंगेनी, भविश्वर पंगेनी, सीताराम अधिकारी, बसन्त खनाल, टीकाराम वाग्ले, कमला अधिकारी सिग्देल, तोलाकान्त बगालले आ–आफ्ना रचना वाचन गर्नुभएको थियो ।

    करिब २ दशकदेखि पत्रकारिता र लेखनीमा जोडिनु भएका वियोगीले साहित्य क्षेत्रमा कथा, निबन्ध सहित दर्जन बढी आधुनिक तथा लोक–आधुनिक गीत रेकर्ड भैसकेका छन । पेज टर्नर प्रालिले प्रकाशन गरेको सो कथासंग्रका १५ वटा कथा समावेश गरिएका छन ।

    स्याङ्जा साहित्य प्रतिष्ठानका अध्यक्ष कुमार रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन साहित्यकार एवं लेखक मिलन समिरले गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    गाडी तोडफोड र यात्रु कुट्ने बिक्रम र सबिन प्रहरी नियन्त्रणमा

    July 19, 2025

    बाडखोला मुस्लिम समाजद्धारा एसईइमा उत्कृष्ट जिपिए ल्याएका २० जनालाई सम्मान

    July 19, 2025

    आँधीखोलाका अध्यक्ष बिश्वनाथद्धारा अतिरिक्त सेवा नलिएको जनाउदै सम्पती विवरण सार्वजनिक

    July 19, 2025

    वालिङ नगरपालिकाले गर्यो एक डिएसपीको बिदाई, २ को स्वागत

    July 18, 2025

    छाङछाङदी मन्दिरमा साउनमहिनाभर साँझ महाआरती गरिने

    July 18, 2025

    गल्याङ टकुनचौरका ३५ घरका आँगनमा पानीको धारा

    July 18, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    गाडी तोडफोड र यात्रु कुट्ने बिक्रम र सबिन प्रहरी नियन्त्रणमा

    July 19, 2025

    बाडखोला मुस्लिम समाजद्धारा एसईइमा उत्कृष्ट जिपिए ल्याएका २० जनालाई सम्मान

    July 19, 2025

    आँधीखोलाका अध्यक्ष बिश्वनाथद्धारा अतिरिक्त सेवा नलिएको जनाउदै सम्पती विवरण सार्वजनिक

    July 19, 2025

    वालिङ नगरपालिकाले गर्यो एक डिएसपीको बिदाई, २ को स्वागत

    July 18, 2025

    छाङछाङदी मन्दिरमा साउनमहिनाभर साँझ महाआरती गरिने

    July 18, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    गाडी तोडफोड र यात्रु कुट्ने बिक्रम र सबिन प्रहरी नियन्त्रणमा

    July 19, 2025

    बाडखोला मुस्लिम समाजद्धारा एसईइमा उत्कृष्ट जिपिए ल्याएका २० जनालाई सम्मान

    July 19, 2025

    आँधीखोलाका अध्यक्ष बिश्वनाथद्धारा अतिरिक्त सेवा नलिएको जनाउदै सम्पती विवरण सार्वजनिक

    July 19, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.