स्याङ्जा १० बैशाख । स्याङ्जाको चापाकोट नगरपालिकामा पालिका स्तरीय टी – १५ पुरुष क्रिकेट प्रतियोगिता हुने भएको छ ।
यही वैशाख १६ देखि २० गतेसम्म चापाकोटको गंगालाल मावि खेलमैदानमा नकआउट प्रणालीमा १५ ओभरमा टेनिस बल उपयोग गर्दे खेलाईने चापाकोट नगर क्रिकेट संघका अध्यक्ष प्रेमनारायण रेग्मीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो , ‘प्रतियोगिता आईसीसीको नियमानुसार (एलबीडब्लू बाहेक) हुनेछ। एक पालिकाबाट एक भन्दा बढी समूह पनि आउन सक्ने र दर्ता शुल्क ३ हजार तोकिएको छ। समूहमा १५ जना रहनेछन्।’
प्रतियोगितामा प्रथम हुने समूहले ५० हजार र दोश्रो हुने समूहले ३० हजार नगद सहित कप, मेडल र प्रमाणपत्र पाउने खेल संयोजक प्रकाश माझीले भन्नुभयो ।
यसैगरी, उत्कृष्ट बलर, बेष्ट ब्याट्सम्यान र म्यान अफ दी सिरिजको घोषणागरि जनही ३÷३ हजार नगद सहित पुरस्कृत गरिने संघले जनाएको छ ।
क्रिकेट खेलाडीका क्षमता विकास गर्ने उदेश्यले चापाकोट त्रिकेट संघले देशब्यापी प्रतियोगिता आयोजना गरेको अध्यक्ष रेग्मीको भनाई छ ।