काठमाडौं, ८ साउन । ३२ औं संस्करणको गृष्मकालीन ओलम्पिकको जापानमा औपचारिक उद्घाटन गरिएको छ । कोभिड–१९ महामारीका कारण एक वर्ष पछि सरेको विश्व खेलकुदको महाकुम्भ ओलम्पिकको शुक्रबार जापानको राजधानी टोकियोस्थित ओलम्पिक स्टेडियममा एक विशेष समारोहका बीच टोकियो २०२० को औपचारिक रुपमा उद्घाटन गरिएको हो ।
शुरुमा सन् २०१३ मा टोकियोले ओलम्पिक आयोजनाको अधिकार प्रदान गरिएको समयदेखिको भिडियो देखाइएको थियो । त्यसपछि ओलम्पिक स्टेडियममा आतिशबाजी गरियो ।
त्यसपछि जापानी एम्पेरर नारुहितो र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी आईओसीका अध्यक्ष थोमस बाक प्रस्तुत भए । लगत्तै जापानका ओलम्पिक विजेता सहित ६ जनाले जापानी राष्ट्रिय झण्डा मैदानभित्र ल्याए । जापानी गायक तथा सड्ड राइटर मिसियाले राष्ट्रिय गान किमियागो गाए ।
समारोहमा कोभिड–१९ बाट ज्यान गुमाउनेहरुप्रति केही समय मौन धारण समेत गरिएको थियो । बंगलादेशी नोबल शान्ति पुरस्कार विजेता प्रोफेसर मुहम्मद युनुसलाई ओलम्पिक लाउरेल प्रदान गरिएको थियो ।
त्यसपछि ओलम्पिकमा सहभागी देशहरुको परेड शुरु भयो । सबैभन्दा पहिले आधुनिक ओलम्पिकको शुरुवात भएको ग्रीसको मार्चपास भएको थियो । मार्चपासमा नेपालको राष्ट्रिय झण्डा भने पौडी खेलाडीद्वय गौरिका सिंह र एलेक्स शाहले बोक्नुभएको थियो।
दोस्रो पटक सहभागीता जनाउँदै गरेकी गौरिकासँगै पौडीबाट एलेक्जेण्डर शाह, एथलेटिक्सबाट सरस्वती चौधरी, सुटिङबाट कल्पना परियार र जुडोबाट सोनिया भट्ट गरी पाँच नेपाली खेलाडीले भाग लिँदैछन् ।
गौरिकाले महिला एक सय मिटर फ्रि स्टाइल र एलेक्जेन्डरले पुरुष एक सय मिटर फ्रि स्टाइलमा प्रतिस्पर्धा गर्ने छन् । सुटिङकी कल्पनाले महिला १० मिटर एयर राइफल, जुडोकी सोनियाले महिला ४८ केजी तौल समूह तथा एथ्लेटिक्सकी सरस्वतीले महिला एकसय मिटर दौडमा प्रतिस्पर्धा गर्ने छन् ।
विश्व खेलकुदको कुम्भमेला मानिने गृष्मकालीन ओलम्पिकको ३२औं संस्करण निर्धारित मितिभन्दा एक वर्ष ढिलो गरी भइरहेको हो । कोरोना महामारीले गत वर्ष हुन नसकेको यो ओलम्पिकको नाम भने ‘टोकियो ओलम्पिक २०२०’ नैं राखिएको छ ।कोरोना महामारीका बीच टोकियो ओलम्पिक खेल सुरू भएको छ । कोरोनाका कारण एक वर्ष ढिलो गरी हुन लागेको प्रतियोगिता अबको दुई साता जापानको राजधानी टोकियोमा संचालन हुनेछ । प्रतियोगितामा २ सय ७ देशका ११ हजार ३ सय खेलाडीले प्रतिस्पर्धा गर्नेछन ्। तोकिएको समयभन्दा एक वर्षपछि हुन लागेको ओलम्पिक त्रासमुक्त भने छैन। माक्स, क्वारेन्टिन र पिसिआर टेस्ट ओलम्पिक खेलमा थपिएका अनिवार्य छन । बिहीबारसम्म ओलम्पिकमा सहभागी ८७ जनामा कोरोना पुष्टि भइसकेको छ ।
यसपटकको ओलम्पिकमा ३३ खेलको ३३९ मेडल खेल हुने भएकाछन ्। ३३ मध्ये पाँच खेल नयाँ छन ्। यस्तै अघिल्लो ओलम्पिक भन्दा यसपटक ३४ नयाँ खेल थपिएका छन् । यसपटक ओलम्पिकमा ४८.८ प्रतिशत महिला खेलाडी सहभागी छन ्। जुन प्रतिशत अहिलेसम्मकै बढी हो । ओलम्पिकको कूल खर्च ११.५ बिलियन पाउन्ड रहेको छ । एक वर्ष ढिलो गरी प्रतियोगिता हुँदा आयोजकलाई २२ प्रतिशत बढी खर्च भार परेको छ । नेपालकी जुडो खेलाडी सोनिया भट्टले पहिलो चरणमा रसियाका इरिना डोल्गोभासँग प्रतिस्पर्धा गर्नेछिन ्। महिला ४८ केजी तौल समूहमा सोनिया र इरिनाबीच पहिलो चरणमा प्रतिस्पर्धा हुन लागेको हो ।
खेल आज हुनेछ । प्रारम्भिक चरणको खेल स्थानिय समयअनुसार विहान ११ बजे सुरू हुनेछ । शनिबार नै नेपालकी अर्की खेलाडीले प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । सुटिङ खेलाडी कल्पना परियारले महिला १० मिटर एयर राइफलको छनोट चरणमा प्रतिस्पर्धा गर्नुहुने भएको हो । यो खेल स्थानीय समयअनुसार विहान ८ः३० बजे सुरू हुनेछ ।
नेपालका पौडी खेलाडीद्वय गौरिका सिंहले महिला १०० सय फ्रिस्टाइल र एलेक्जान्डर ग्याडिगाड शाहले पुरुष १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछन् । एलेक्सले २७ जुलाईमा र गौरिकाले २८ जुलाईमा प्रतिस्पर्धा गर्नेछन्।
एलेक्सले हिट चरण पारे २८ जुलाईमा अर्को चरणमा भिड्नेछ। उनी सहभागी इभेन्टको पदकको टुंगो २९ जुलाईमा लाग्नेछन् । यस्तै गौरिका सहभागी एभेन्टमा २९ र ३० जुलाई अर्को चरणमा प्रतिस्पर्धा हुनेछ । यसैगरी एथलेटिक्स खेलाडी सरस्वती चौधरीले महिला सय मिटर दौडमा ३० जुलाईमा र महिला सय मिटर दौडको पदकको टुंगो ३१ जुलाईमा लाग्ने भएको छ ।