Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, September 19
    Trending
    • आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै
    • “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना
    • आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै
    • संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक
    • अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा
    • बाबुको तिथिमा कारागारलाई सहयोग
    • स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु
    • बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » वालिङ नगरपालिकाद्धारा भर्चुअल (जुम) मार्फत एघारौं नगरसभा
    वालिङ् नगरपालिका

    वालिङ नगरपालिकाद्धारा भर्चुअल (जुम) मार्फत एघारौं नगरसभा

    Syangja SandeshBy Syangja SandeshJanuary 25, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा, ११ माघ । वालिङ नगरपालिकाले भर्चुअल (जुम) मार्फत एघारौं नगरसभा आज सम्पन्न गरेको छ । विश्वब्यापी महामारीकोरुपमा फैलिएको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण दर उच्च हुँदै गएपछि भर्चुअल माध्यमबाट नगरसभा गरेको हो ।

    ओमिक्रोनको सङ्क्रमण दर उच्च भएसँगै प्रविधिको प्रयोगमार्फत देशमै पहिलो पटक भर्चुअल माध्यमबाट नगरसभा गर्ने वालिङ नगरपालिका पहिलो भएको दाबी नगर प्रमुख दिलीपप्रताप खाँणको छ । २०५४ सालमा आजकै दिन वालिङलाई नगरपालिका घोषणा गरिएको सन्दर्भ पारेर प्रविधिको प्रयोगसहित नगरसभा गरिएको उहाँले बताउनुभयो ।

    नगरसभाका सभासदहरु घर–घरमै वा वडा कार्यालयमा बसेर भर्चुअलमाध्यमबाट सभामा सहभागी हुनुभएको हो । नगरसभाले वालिङ नगरपालिकाको जनस्वास्थ्य विधेयक, २०७८ र शिक्षा ऐन २०७४ को दोस्रो संशोधन कार्यविधि सर्वसम्मतिबाट पारित गरेको छ । विधायन समितिका सभापति धनबहादुर कुमालले प्रस्तुत गर्नुभएको जनस्वास्थ्य विधेयक र शिक्षा ऐनको संशोधन कार्यविधिमाथि छलफल गरी सभाले पारित गरेको हो ।

    त्यस्तै उपप्रमुख कल्पना तिवारीले प्रस्तुत गर्नुभएको बजेट तथा कार्यक्रम संशोधनसम्बन्धी प्रस्ताव र न्यायिक समितिको प्रतिवेदन, कार्यपालिकाले गरेका निर्णयहरुको अनुमोदनसम्बन्धी प्रवक्ता केदार काफ्लेद्वारा प्रस्तुत प्रस्तावमाथि छलफलसहित सभाले पारित गरेको छ । लेखा समिति सदस्य जमुना केसीले प्रस्तुत गर्नुभएको लेखा समितिको प्रतिवेदन एवम् बेरुजु फछ्र्यौटसम्बन्धी प्रतिवेदन, केसीले नै प्रस्तुत गर्नुभएको पूर्वाधार विकास समितिको प्रतिवेदन, सुशासन समितिका संयोजक अर्जुनप्रकाश अर्यालले प्रस्तुत गर्नुभएको सुशासनसम्बन्धी प्रतिवेदन पारित भएको छ ।

    सामाजिक विकास तथा फोहोरमैला ब्यवस्थापन समितिका संयोजक युगमाया पंगेनीद्वारा प्रस्तुत प्रतिवेदन, आर्थिक विकास समितिका संयोजक रेखा थापाद्वारा प्रस्तुत प्रतिवेदन र वातावरण तथा विपद् ब्यवस्थापन समितिका संयोजक गीता रनपालद्वारा प्रस्तुत प्रतिवेदनमाथि छलफलसहित पारित भएको प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले बताउनुभयो ।

    एघारौं नगरसभालाई भर्चुअल माध्यमबाट गर्नेगरी आवश्यक सम्पूर्ण तयारीहरु पूरा गरेर सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत भट्टराईले जानकारी दिनुभयो । नगरसभा भर्चुअल माध्यमबाट गर्ने संभवत वालिङ नगरपालिका नै देशभरमा पहिलो हो भन्ने दावी रहेको उहाँले बताउनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    नेपालमा भएको जेन जी आन्दोलन र अहिलेको परिदृष्य

    September 13, 2025

    वालिङमा वनस्पति नक्साङ्कन हुँदै, पतञ्जली र वालिङबीच ६ बुँदे सम्झौता

    September 12, 2025

    पूर्णामृतका विद्याथीलाई स्वागतमै पढ्दै कमाउदै बारे अभिमुखीकरण

    September 7, 2025

    जडिबुटी उत्पादन र बजारीकरणको अध्ययन गर्न स्याङ्जाको टोली भारतमा

    September 4, 2025

    असोज ६ देखि वालिङमा श्रीमददेवी भागवत महापुराणम् ज्ञान यज्ञ हुने

    September 2, 2025

    युवाकवि न्यौपानेको कविता सङ्ग्रह ‘सिरौँला’ बिमोचन

    August 31, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025

    संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक

    September 17, 2025

    अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा

    September 17, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.