Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, December 8
    Trending
    • लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान
    • मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
    • कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा
    • वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो
    • लैंगिक हिंसा बिरुद्ध सरोकारवालाबीच सचेतनामूलक अन्तरक्रिया
    • फलफुल तथा तरकारी नर्सरी ब्यवस्थापन तालिम
    • अन्तर्राष्ट्रिय अंपागता दिवसमा ८ वटा बिबिध कार्यक्रम
    • जबरजस्ती करणीका फरार आरोपी १३ बर्षपछि पक्राउ
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » असोज ६ देखि वालिङमा श्रीमददेवी भागवत महापुराणम् ज्ञान यज्ञ हुने
    वालिङ् नगरपालिका

    असोज ६ देखि वालिङमा श्रीमददेवी भागवत महापुराणम् ज्ञान यज्ञ हुने

    Syangja SandeshBy Syangja SandeshSeptember 2, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    वालिङ १६ भदौ । वालिङमा श्रीमद्देवी भागवत् महापुराण ज्ञान यज्ञ हुने भएको छ । वालिङ १० भकुण्डेमा रहेको शिव पार्वती मन्दिरमा श्रीमद्देवी भागवत् महापुराणम् ज्ञान यज्ञ—२०८२ हुने भएको हो । मुख्य कथावाचक पण्डित प्रकाश तिवारी रहनुहुने यज्ञ यही आउदो असोज ६ देखि १५ गतेसम्म नवदुर्गा अवधीमा गरिने मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

    नवदुर्गामा वर्षेनी गर्दै आएको श्रीमद्देवी भागवत् महापुराण यस पटक विस्तृतरुपमा गर्ने कार्यक्रम रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अर्जुन खनालले जानकारी दिनुभयो । धर्म, संस्कार र संस्कृतिको जगेर्णाका लागि दशैंको घटस्थापनादेखि नवदुर्गा अवधीभर दुर्गा भवानीको आराधना एवम् महायज्ञको आयोजना गरिएको अध्यक्ष खनालले बताउनुभयो । जुन हाम्रो संस्कारसँग जोडिएको छ, नवदुर्गा भगवतीको आराधना पूजापाठ गर्ने, त्यही अन्तर्गत यसपटक वृहतरुपमा श्रीमद्देवी भागवत महापुराणम् ज्ञान यज्ञ—२०८२ को आयोजना गरिएको उहाको भनाई छ । यो शुभ कार्यमा सहभागी भई पुण्यलाभ लिनका लागि अध्यक्ष खनालले अनुरोध गर्नुभएको छ ।

    युवा पण्डित प्रकाश तिवारीबाट कथा वाचन हुने र नारायण गौतम लगायतका राष्ट्रिय लोक भजन गायकहरुबाट दैनिक सङ्गीतमय वातावरणमा यस पटकको श्रीमद्देवी भागवत् महापुराण ज्ञान यज्ञ हुने अध्यक्ष खनालको भनाई छ ।

    असोज ६ गते घटस्थापनाका दिन कलशयात्रासहित सुरु हुने यज्ञमा दैनिक विहान ७ देखि १२ बजेसम्म पूजा, पाठ पारायण हवन गरिनेछ । यसैगरी दुर्गापूजा, शिव भगवानलाई पञ्चामृतद्वारा अभिषेक, गौ तथा कन्या पूजा हुने आयोजकले जनाएको छ ।
    दिनको साढे बाह्रदेखि ४ बजेसम्म श्रीमद्देवी भागवत महापुराणम् झाँकी सहितको सङ्गीतमय कथा वाचन हुने छ ।

    साँझ ७ देखि ८ बजेसम्म दुर्गा आरती गरेपछि राष्ट्रिय लोक भजन गायक नारायण गौतम सहितका कलाकारहरुबाट भजन किर्तन रहने छ । १४ गते लक्षवर्ती र १५ गते विधिवत यज्ञ समापन गरिने छ ।


    नवदुर्गा पूजा व्यवस्थापन समितिको आयोजनामा हुने यज्ञका लागि नवजागरण संस्था र स्पन्दन युनाइटेड क्वल सहयोगी संस्थाको भूमिकामा रहेका छन् ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025

    मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन

    December 6, 2025

    कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा

    December 6, 2025

    वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो

    December 6, 2025

    लैंगिक हिंसा बिरुद्ध सरोकारवालाबीच सचेतनामूलक अन्तरक्रिया

    December 5, 2025

    फलफुल तथा तरकारी नर्सरी ब्यवस्थापन तालिम

    December 5, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025

    मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन

    December 6, 2025

    कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा

    December 6, 2025

    वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो

    December 6, 2025

    लैंगिक हिंसा बिरुद्ध सरोकारवालाबीच सचेतनामूलक अन्तरक्रिया

    December 5, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025

    मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन

    December 6, 2025

    कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा

    December 6, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.