Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, November 17
    Trending
    • फोटोग्राफर मञ्चको भेला फेदिखोलाको अएरपानी होमस्टेमा
    • उत्तरगण्डकी महामेलाको आयव्याय सार्वजानिक, झण्डै ८९ लाख बचत
    • एकनाले भरुवा बन्दुक सहित ३६ बर्षिय युवा पक्राउ
    • राष्ट्रपति कप कालीगण्डकीकोे उपाधी आदर्श माविलाई
    • कृषिमा आत्मनिर्भर नभएसम्म समृद्धि र विकास असंभव — राना
    • गरिमा विकास बैंकको १९ औं वार्षिक साधारणसभा सम्पन्न
    • सरकारले फागुन २१ मा चुनाव गर्न सक्दैन — सचिव अर्याल
    • हरिनाशमा सार्वजनिक सेवा प्रवाह सम्बन्धी सचेतना कार्यक्रम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » जडिबुटी उत्पादन र बजारीकरणको अध्ययन गर्न स्याङ्जाको टोली भारतमा
    वालिङ् नगरपालिका

    जडिबुटी उत्पादन र बजारीकरणको अध्ययन गर्न स्याङ्जाको टोली भारतमा

    Syangja SandeshBy Syangja SandeshSeptember 4, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १८ भदौ । मूल्य शृङ्खलामा आधारित जडिबुटी उत्पादन तथा बजारीकरण सम्बन्धी अध्ययन गर्न वालिङ नगरपालिकाबाट गएको टोली भारतमा छ । जिल्लाका ५५ जनाको टोली भारतको हरिद्वार पुगेर जडिबुटी सम्बन्धी अध्ययन सहित अनुभव आदानप्रदान गर्ने भएको छ ।

    टोलीले हरिद्वारस्थित पतञ्जली योगपीठमा पाँच दिनसम्म रहँदै जडिबुटी पहिचान, प्रवद्र्धन तथा बजार व्यवस्थापनका अभ्यासबारे प्रत्यक्ष अध्ययन र अनुभव आदान–प्रदान गर्ने बताइएको छ ।

    सामुदायिक तथा निजी वनमा रहेका तर पहिचान नभएका र खेर गइरहेका जडिबुटीको प्रवद्र्धन, संरक्षण र बजारीकरण गर्ने दीर्घकालीन लक्ष्यसहित यो भ्रमण आयोजना गरिएको नगर उपप्रमुख कविता तिवारीले जानकारी दिनुभयो ।

    आचार्य बालकृष्णको पैतृक थलो स्याङ्जामा जडिबुटी अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना गर्न सकिने धेरै सम्भावना भएको उपप्रमुख तिवारीको भनाई छ । “वालिङले बालकृष्णको योगदान र अनुभवलाई जोडेर जडिबुटी क्षेत्रलाई आर्थिक समृद्धिको आधार बनाउन सक्छ,” उहाले भन्नुभयो ।

    भ्रमणमा जिल्ला समन्वय समिति, डिभिजन वन कार्यालय, निर्वाचित जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, प्राविधिक, संचारकर्मी र जडिबुटी व्यवसायमा रुचि राख्ने सरोकारवाला सहित सहभागी छन् । टोलीले भारतमा सफलतापूर्वक सञ्चालनमा रहेका जडिबुटी उत्पादन उद्योग, प्रशोधन केन्द्र र बजार व्यवस्थापन प्रणाली प्रत्यक्ष अवलोकन गरिरहेको छ ।

    नगरपालिकाले यस भ्रमणलाई दीर्घकालीन योजना निर्माणको आधार बनाउन चाहेको जनाएको छ । डिभिजन वन कार्यालय स्याङ्जाका वन अधिकृत रूकमागत सुवेदीले यस भ्रमणलाई अत्यन्तै महत्व दिएको बताउनुभयो । उहाका अनुसार, स्याङ्जा जिल्लामा जडिबुटीको अपार सम्भावना भए पनि तिनीहरूको दिगो उपयोग र बजार अभावकै कारण किसानले लाभ लिन सकेका छैनन्।

    स्याङ्जामा अमला, हर्रो, बहर्रो, कुचिला, तेजपातदेखि लिएर टिमुर, बोझो, जटामसीजस्ता औषधीय गुण भएका दर्जनौँ जडिबुटी पाइन्छन । तर तिनीहरू वैज्ञानिक ढंगले संकलन हुने गरेका छैनन । कतिपय वनस्पति खेर गइरहेका छन् । अध्ययन भ्रमणमार्फत हामीले भारतमा प्रचलित प्रविधि, प्रशोधन विधि र बजार सञ्जालबारे जानकारी लिई नेपालमा लागू गर्ने प्रयास गर्नेछौँ सहभागीका भनाई छन् ।

    वन अधिकृत सुवेदीले थप्नुभयोे ,“यदि हामीले यहाँको सामुदायिक वनलाई जडिबुटी उत्पादन र प्रशोधन केन्द्रमा रूपान्तरण गर्न सक्यौँ भने यसले स्थानीय अर्थतन्त्रमा ठूलो योगदान पु¥याउँछ। युवा रोजगारीको अवसर सिर्जना हुन्छ र विदेशी आयातमा निर्भरता पनि कम हुन्छ।”

    हरिद्वार प्रस्थान गरेको टोलीले ल्याउने अनुभव र ज्ञानले स्याङ्जाको जडिबुटी क्षेत्रलाई नयाँ दिशातर्फ अघि बढाउने अपेक्षा गरिएको छ। आचार्य बालकृष्णको पैतृक थलो वालिङलाई आधार बनाउँदै आयुर्वेदिक उद्योग, अनुसन्धान र बजार विस्तारमा जोड दिन सकिने विश्वास नगरपालिकाको छ ।

    यस अध्ययन भ्रमण सफल भएमा स्थानीय सामुदायिक वन, किसान र उद्यमीलाई प्रत्यक्ष फाइदा पुग्नेछ भने नेपालकै आयुर्वेदिक उत्पादन विश्व बजारमा प्रतिस्पर्धी बन्ने सम्भावना पनि बढ्नेछ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    फोटोग्राफर मञ्चको भेला फेदिखोलाको अएरपानी होमस्टेमा

    November 16, 2025

    उत्तरगण्डकी महामेलाको आयव्याय सार्वजानिक, झण्डै ८९ लाख बचत

    November 16, 2025

    एकनाले भरुवा बन्दुक सहित ३६ बर्षिय युवा पक्राउ

    November 15, 2025

    राष्ट्रपति कप कालीगण्डकीकोे उपाधी आदर्श माविलाई

    November 15, 2025

    कृषिमा आत्मनिर्भर नभएसम्म समृद्धि र विकास असंभव — राना

    November 15, 2025

    गरिमा विकास बैंकको १९ औं वार्षिक साधारणसभा सम्पन्न

    November 15, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    फोटोग्राफर मञ्चको भेला फेदिखोलाको अएरपानी होमस्टेमा

    November 16, 2025

    उत्तरगण्डकी महामेलाको आयव्याय सार्वजानिक, झण्डै ८९ लाख बचत

    November 16, 2025

    एकनाले भरुवा बन्दुक सहित ३६ बर्षिय युवा पक्राउ

    November 15, 2025

    राष्ट्रपति कप कालीगण्डकीकोे उपाधी आदर्श माविलाई

    November 15, 2025

    कृषिमा आत्मनिर्भर नभएसम्म समृद्धि र विकास असंभव — राना

    November 15, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    फोटोग्राफर मञ्चको भेला फेदिखोलाको अएरपानी होमस्टेमा

    November 16, 2025

    उत्तरगण्डकी महामेलाको आयव्याय सार्वजानिक, झण्डै ८९ लाख बचत

    November 16, 2025

    एकनाले भरुवा बन्दुक सहित ३६ बर्षिय युवा पक्राउ

    November 15, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.