कास्की , २९ साउन । कास्कीको पर्यटकीय नगरी पोखरामा खेलकुद विषयको पढाई सुरु गरिने भएको छ । गण्डकी विश्वविद्यालयमा यस वर्षदेखि नेपालमै पहिलोपटक स्नातक तहमा चार वर्षे कार्यक्रम ‘ब्याचलर इन स्पोर्टस् म्यानेजमेन्ट’(बिएसएम)को अध्यापन शुरु गर्न लागिएको हो । विश्वविद्यालयले खेलकुद विषय अध्यापनका लागि अहिले भर्ना आह्वान गरिसकेको छ । यही साउन मसान्तसम्म विद्यार्थी भर्ना आवेदनको कार्यक्रम प्रकाशित गरिएको विश्वविद्यालयले जनाएको छ । प्रदेश सरकारले प्रदेशमा प्राविधिक दक्ष जनशक्ति उत्पादनको लक्ष्य सहित दुई वर्षअघि विश्वविद्यालयको स्थापना गरेपछि यस वर्षदेखि विश्वविद्यालयले आफ्ना शैक्षिक कार्यक्रम अघि बढाएको हो । बिएसएम सहित यस वर्षदेखि ब्याचलर इन इन्फरमेशन टेक्नोलोजी(बिआइटी)को पनि अध्यापन सुरु हुनेछ । देशमै पहिलोपटक स्नातक तहमा बिएसएमको चार वर्षे शैक्षिक कार्यक्रममा विद्यार्थीलाई खेलकुदका सैद्धान्तिक विषयसँगै प्रयोगात्मक अध्ययन अध्यापन गराइने विश्वविद्यालयका उपकुलपति प्रा डा नवराज देवकोटाले बताउनुभयो । उहाँका अनुसार अधिकांश पाठ्यक्रम अन्तर्राष्ट्रिय मापदण्डमा आधारित भएर बनाइएको छ । पाठ्यक्रमममा १० देखि १२ वटा खेलका विषयमा सैद्धान्तिक अध्ययापन समेत हुने बताइएको छ ।
Wednesday, February 5
Trending
- गैसस महासंघ स्याङ्जाको बार्षिक साधारणसभा संगै अभिमूखीकरण कार्यक्रम
- पुतलीबजारमा मौरी पालन सम्बन्धी तालिम सम्पन्न
- प्रेस सेन्टर गण्डकी प्रदेशको अध्यक्षमा पुनः स्याङ्जाका अर्जुन
- वालिङ् तमादीमा स्कार्पियो दुर्घटना हुदाँ ५ जना घाईते
- महिलालाई उत्पादनमा जोड्न बाख्राका पाठापाठी वितरण
- स्याङ्जामा एचपिभी खोप लगाउन सुरु
- श्रीपञ्चमी पारेर गोदगोदेमा पुतलीबजार ३ को कार्यालय उदघाटन
- फागुन ६ देखि हुने सातौं स्याङ्जा महोत्सवको ८० प्रतिशत काम पुरा