स्याङ्जा २५ पुस । स्याङ्जाका पशुपालक किसान पशुधन सुरक्षण (बिमा) कार्यक्रमप्रति आर्कषित देखिएका छन्। कृषि विकास बैंकको सहयोगमा कृषि सहकारी मार्फत गर्न सकिने पशुधन सुरक्षण कार्यक्रमले किसानका लागी लाभदायी बनेको किसानहरु बताउछन ।
पुतलीबजार नगरपालिका वडा नं. १३ का यामकुमारी आलेले अघिल्लो बर्ष भेंसी बिमा गर्नुभएको थियोे । नवज्योती कृषि सहकारी मार्फत उहाले स्थानीय एक भैसींको ७ सय रुपैयामा बिमा गर्नुभएको हो । सत्तरी हजार रुपैंया मूल्यांकनगरि गरिएको भैंसी भदौ १२ गते म¥यो। उहाले ३ दिनपछि नै ५६ हजार रुपैंया पाउनुभयो । आलेको स्थानीय दुधालु भैसी अचानक बिरामी भई मरेको बताइएको छ। उहाले ७० हजार मूल्य बराबरको बिमा गर्नुभएको थियो । पाँच प्रतिशत प्रिमियम रकमको बिमा बापत उहाले ३५ सय रुपैया बुझाउनु पर्नेमा पनि सरकारको ८० प्रतिशत अनुदान रहयो भने २० प्रतिशत मात्र आलेले बुझाउनुभयो ।
यसैगरी, दानबहादुर अधिकारी र हिराकुमारी अर्यालले पनि भैसी बिमा गर्नुभएको थियो । उहाहरु दुबैको भैसी मरेपछि क्षतिपूर्ति वापत अधिकारीले ५६ हजार र अर्यालले ४२ हजार नगद पाए। अधिकारीले ७० हजारको र अर्यालले ४२ हजार मूल्य बराबरको पशुधन सुरक्षण (बिमा) गर्नुभएको थियो ।
उहाहरु मात्र नभई उनीहरु जस्ता धेरै पशुपालक किसानले बिमा गरेका छन्। पुतलीबजारका ७ वटा बिमा वापत ४ वटा उन्नत (मुर्रा) र ३ स्थानीय भैसीं वापतको बिमा रकम क्षतिपूर्ति रकम भुक्तान भएको छ। बिमा नगरेको भए उहाहरुले क्षतिपूर्ति वापतको रकम पाउने थिएनन्। जसका कारण उनीहरुलाई दोब्बर आर्थिक भार पर्दथ्यो।
पशुमा ठूलो लगानी भैरहेका बेला थोरै रकम तिरेर भैपरि आउने दुर्घटनाबाट राहत पाउन सकिनेगरी ल्याईएको यस्ता कार्यक्रमलाई सबै किसान माझ पुरयाउनु पर्ने कृषि विकास बैंक स्याङजा शाखा प्रवन्धक डोलराज पाठकको सुझाव छ। बिमा गरिएका पशुको कानमा ट्याग लगाइएको हुन्छ भने पशु चिकित्सकद्धारा निरोगीताको प्रमाण पुष्टि गरिनुपर्छ।
तोकिएको रकममध्येको ५ प्रतिशत प्रिमियम रकम र सो रकम मध्येको ८० प्रतिशत सरकारले र २० प्रतिशत किसानको लगानी रहन्छ। अन्य विमा कम्पनीले मरेपछि क्षतिपूर्ति दिने गरे पनि सहकारीले भने बिमामा तिरेको रकममा केही रकम थपगरि किसानलाई फिर्ता गरिदिने गरेको प्रवन्धक पाठकले बताउनुभयो ।। बर्षभरि जम्मा भएको बिमा रकमको ३० प्रतिशत किसानलाई, २० प्रतिशत सहकारीलाई र ५० प्रतिशत बीउ पुँजी कोषमा रहन्छ।
उहाहरुसंगै पुतलीबजार नगरपालिकाका २ सय ३१ जना किसानले २ सय ६९ वटा पशुधन सुरक्षण अर्थात बिमा गरेका छन्। ती मध्ये ३ बाच्छी, १० पाडी, उन्नतजातको गाईभैसी ११, स्थानीय भैसी २ सय ४५ वटाको पशुधन सुरक्षणगरि बीउ पुँजी कोषमा ११ लाख ७७ हजार रुपैंया रहेको नवज्योति कृषि सहकारी संस्था लिमिटेडका प्रवन्धक भूमिजंग केसीले जानकारी दिनुभयो ।
बैंक र सहकारीले स्थानीय जातको एउटा भैसींको ७० हजार रुपैंया र उन्नत जातको एउटा भैसीको मूल्यांकन एक लाख २५ हजार मूल्य निर्धारण गरेको छ। पाडापाडीका उमेर अनुरुप र बाख्रामा भने फरक मूल्य छन्। सोही मूल्यांकनका आधारमा बिमा गर्न इच्छुक किसानले प्रत्येक बर्ष पशु बिमा रकम बुझाउनु पर्ने प्रवन्धक केसीको भनाई छ।
नवज्योती कृषि सहकारीले विस २०७५ सालदेखि पुतलीबजार नगरपालिकालाई कार्यक्षेत्र बनाई पशु बिमा कार्यक्रम सुरु गरेको प्रवन्धक केसीले बताउनुभयो । आगामी बर्ष ४ सय पशुको बिमा गर्ने लक्ष्य लिएको उनले जनाउनुभयो ।
पशु बिमाले धेरै सजिलो छ। पशु मरेमा क्षतिपूर्ति वापतको रकम पाइन्छ। तर, पशुलाई केही नभए पनि हामीले बुझाएकोे रकममा केही थपगरि रकम पाईने ब्यवस्था भएकोले पशुपालक किसान सबैले बिमा गर्न सुझाव दिनुहुन्छ पुतलीबजारका पशुपालक किसान मन्दिरा खराल। उहाले आफना घरमा पालिका ७ बटा पशुको बिमा गरेको जानकारी दिनुभयो ।
अझ ब्यावसायिकरुपमा पशुपालन गर्नेका लागि त झनै आवश्यक छ। अन्य बिमा कम्पनीले पशु मरेपछि मात्र दिने गर्दछ। तर, यहाँ भने मरे त पाइनेनै भयो। जिउदै रहेपछि आफुले जम्मा गरेको ७ सयमा केही रकम थपगरि एक हजार रुपैया पाइने नवज्योती कृषि सहकारीका सचिव गुरुप्रसाद ढकालको भनाई छ ।
प्रवन्धक पाठकका अनुसार, ‘बिरुवा गाउँपालिकाका एक सय ९० किसानले ५ सय ३२ पशुको बिमा र पुतलीबजार नगरपालिकाको अर्को कृषि सहकारीले पनि एक सय ८९ किसानले २ सय वटा भैंसीको बिमा गरेका छन्।
पशुधन सुरक्षण (विमा) का बारेमा सहकारी संचालकले पशुपालक किसानलाई यसका बारेमा जानकारी गराएपछि उनीहरु यसतर्फ आर्कषित भएका हुन। गाउँघरमा धेरै रकम लगानी गरेर पशुपालन गर्दै आएका धेरै किसान यस्ता सुबिधाबाट बेखबर रहेको जनाउदै किसान लक्षित यस्ता कार्यक्रमको प्रचारप्रसारगरि धेरै भन्दा धेरै किसान समेटिनु पर्ने सहकारीका अध्यक्ष ख्यामबहादुर गोदारले भन्नुभयो ।