Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, June 30
    Trending
    • राष्ट्रिय धान दिवसमा लामागे फाँटमा धान रोपाई
    • लेखक लक्ष्मण वियोगीकोे ‘सत्यम’ स्याङ्जामा विमोचित
    • स्याङ्जामा ४ जनाले ल्याए ४ जिपिए, ६४ दशमलब ८५ प्रतिशत बिद्यार्थी ग्रेडेड
    • स्याङ्जा प्रशासनद्धारा उपभोक्ता सचेतना सम्बन्धी प्रशिक्षण
    • कालीगण्डकी गाउँपालिकको बजेट ५५ करोड ३८ लाख ८२ हजार
    • चापाकोट नगरपालिकाको बजेट ७५ करोड १ लाख ७२ हजार
    • पुतलीबजारका बाख्रापालक किसानलाई तालिम सहित प्रबिधि हस्तान्तरण
    • ए आई एक्स रे प्रबिधिद्धारा छातीरोग खोजपड्ताल शिविर
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » पुतलीबजारमा मनाइयो अन्र्तराष्ट्रिय श्रम आप्रवासन दिवस
    पुतलीबजार नगरपालिका

    पुतलीबजारमा मनाइयो अन्र्तराष्ट्रिय श्रम आप्रवासन दिवस

    Syangja SandeshBy Syangja SandeshDecember 19, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ३ पुस । आज डिसेम्वर १८ अन्र्तराष्ट्रिय श्रम आप्रवासन दिवस। दिवसको अवसर पारेर (बुधवार) पुतलीबजार नगरपालिकाले वैदेशिक रोजगारबाट फर्केका ब्यक्तिहरुसंग छलफलगरि दिवस मनाइएको छ ।

    सुरक्षित आप्रवासनको आधार, सूचना र सीप सहितको रोजगार भन्ने मूल नाराका साथ वैदेशिक रोजगारबाट फर्किएका ब्यक्तिहरुसंग अन्तरक्रिया तथा छलफल गर्दै दिवस मनाइएको हो ।

    अन्र्तक्रियाको शुभारम्भ गर्दै नगरप्रमुख तुलसीराम रेग्मीले रोगजारका लागि विदेशमा गइ काम गर्नेको संख्या दिनानुदिन ह्वात्तै बढेको बताए। बिदेश यात्रा र रोजगारको गन्तब्यलाई सुरक्षित बनाउन नगरपालिकाले आप्रवासी स्रोत केन्द्र स्थापना गरेको जानकारी गराए। विदेशयात्रामा रहेका युवायुवतीले यसबाट लाभ लिन समेत उनले सुझाव दिनुभयो ।

    राहदानी बनाउनका लागि प्रशासन कार्यालयमा आउने युवायुवतीलाई लक्षित गर्दै केन्द्रको समेत जिल्ला प्रशासन कार्यालय स्याङ्जाको हाताभित्र स्थापित गरिएको उहाको भनाई छ ।

    सोही कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत धर्मराज ढुंगानाले सुरक्षित आप्रवासन सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्र प्रस्तुत गर्दै अधिकृत ढुंगानाका अनुसार, ‘चालु आव २०८१÷०८२ वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन बैदेशिक रोजगार सम्बद्ध कानूनमा परिमार्जन, सीप सहितको रोजगारको सुनिश्चितता, निशुल्क अभिमूखीकरण, श्रम सम्झौता, बैदेशिक रोजगारमा जानेको निशुल्क बैंक खाता खोल्न र विप्रेषणमा सहयोग, रिटर्नी उद्यमशिलता कार्यक्रम संचालन गर्ने जस्ता सरकारका नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने उल्लेख गरेको छ ।’

    कार्यक्रममा सुरक्षित आप्रवासन परियोजना (सामी) गण्डकी प्रदेशका प्रमुख रोजलिङ सिंहले परियोजना र पुतलीबजार सामी प्रमुख अनन्त रेग्मीले नगरपालिका भित्रका अवस्थाका बारेमा जानकारी गराउनु भएको थियो भने बैदेशिक रोजगारबाट फर्किएका सहभागीले विदेशमा भोग्नु परेका अवस्थाका सुनाउनुभएको थियो ।

    यसैगरी, सामी परियोजनाका अनुसार नगरपालिकामा ९ हजार ९५५ घरधुरी मध्ये ४ हजार १७६ वैदेशिक रोजगारमा गएको, १ हजार ८८४ बैदेशिक रोजगारबाट फर्केको र २ हजार २९२ जना वैदेशिक रोजगारमा रहेको बताइएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    राष्ट्रिय धान दिवसमा लामागे फाँटमा धान रोपाई

    June 30, 2025

    लेखक लक्ष्मण वियोगीकोे ‘सत्यम’ स्याङ्जामा विमोचित

    June 30, 2025

    स्याङ्जामा ४ जनाले ल्याए ४ जिपिए, ६४ दशमलब ८५ प्रतिशत बिद्यार्थी ग्रेडेड

    June 28, 2025

    स्याङ्जा प्रशासनद्धारा उपभोक्ता सचेतना सम्बन्धी प्रशिक्षण

    June 28, 2025

    कालीगण्डकी गाउँपालिकको बजेट ५५ करोड ३८ लाख ८२ हजार

    June 28, 2025

    चापाकोट नगरपालिकाको बजेट ७५ करोड १ लाख ७२ हजार

    June 28, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    राष्ट्रिय धान दिवसमा लामागे फाँटमा धान रोपाई

    June 30, 2025

    लेखक लक्ष्मण वियोगीकोे ‘सत्यम’ स्याङ्जामा विमोचित

    June 30, 2025

    स्याङ्जामा ४ जनाले ल्याए ४ जिपिए, ६४ दशमलब ८५ प्रतिशत बिद्यार्थी ग्रेडेड

    June 28, 2025

    स्याङ्जा प्रशासनद्धारा उपभोक्ता सचेतना सम्बन्धी प्रशिक्षण

    June 28, 2025

    कालीगण्डकी गाउँपालिकको बजेट ५५ करोड ३८ लाख ८२ हजार

    June 28, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    राष्ट्रिय धान दिवसमा लामागे फाँटमा धान रोपाई

    June 30, 2025

    लेखक लक्ष्मण वियोगीकोे ‘सत्यम’ स्याङ्जामा विमोचित

    June 30, 2025

    स्याङ्जामा ४ जनाले ल्याए ४ जिपिए, ६४ दशमलब ८५ प्रतिशत बिद्यार्थी ग्रेडेड

    June 28, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.