स्याङ्जा २४ माघ । पुतलीबजार नगर स्तरीय सौन्र्दयकला व्यवसायी समिति (ब्यूटिशियन) ले यहाँको गुरुकुललाई खाद्यान्न उपलब्ध गराएका छन् ।
पुतलीबजार नगरपालिका –१४ लामागे स्थित पाणिनी संस्कृत गुरुकुल आश्रममा अध्ययरत विद्यार्थीलाई लक्षित गर्दै शौन्दर्यकला ब्यवसायीले १७ हजार मूल्य बराबरको खाद्यान्न सहित नगद उपलब्ध गराएका हुन ।
देउसी भैलीबाट संकलित रकममध्ये ११ हजारको खाद्यान्न सामाग्री र ६ हजार नगद प्रदान गरिएको नगर स्तरीय सौन्र्दयकला व्यवसायी समितिका अध्यक्ष कल्पना लम्सालले जानकारी दिनुभयो । गुरुकुल आश्रमका लागि चामल, तेल, दाल, चिनी लगायतका खाद्यान्न सामाग्री सहयोग गरिएको हो ।