Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, July 2
    Trending
    • भीरकोटका नौ जना उत्कृष्ट किसान नगद सहित सम्मान
    • सामाजिक एकता र समुन्नत नगर निर्माणमा सीता
    • विज्ञापन बोर्डको सदस्यमा स्याङ्जाका मोहन गुरुङ
    • पुतलीबजारको शिशु निकेतनमा होटल म्यानेजमेण्ट पढाईने
    • मापसे र लापसे गरेको आरोपमा ४ चालक प्रहरी नियन्त्रणमा
    • मध्य असार सकियो, स्याङ्जामा ३० प्रतिशत धान रोपाईं
    • राष्ट्रिय धान दिवसमा लामागे फाँटमा धान रोपाई
    • लेखक लक्ष्मण वियोगीकोे ‘सत्यम’ स्याङ्जामा विमोचित
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » दिपेश, दिपिकाको ओलम्पियार पुग्ने सपना अधुरै, गल्याङ् शोकमा
    समाचार

    दिपेश, दिपिकाको ओलम्पियार पुग्ने सपना अधुरै, गल्याङ् शोकमा

    Syangja SandeshBy Syangja SandeshSeptember 30, 2024Updated:September 30, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १४ असोज । स्याङ्जाको गल्याङ् शोकमा छ । गल्याङ नगरपालिका ३ लल्याङका एकाघरका ३ जना को पहिरोमापरि मृत्यु भएपछि शोकमा परेको हो ।

    धादिङको झ्याप्ले खोला पहिरोमापरि आमा सीता भट्टराईसंगै उनका १५ बर्षका जुम्ल्याहा छोराछोरा दिपेश र दिपिका भट्टराईको निधन भएको बताइएको छ ।

    बुटवलस्थित कालिका माविमा कक्षा १० मा अध्ययनरत उहाहरु बंगलादेश जादै थिए । बंगलादेशमा हुने नेशनल एस्ट्रोनोमी ओलम्पियारमा भाग लिन जाने क्रममा उहाहरु चढेको बस पुरिएपछि उनीहरुसंगै अन्य यात्रुको पनि ज्यान गएको छ । उहाहरूले अनलाइनबाट फर्म भरेर नेपाल एस्ट्रोनोमिकल सोसाइटीको आयोजनमा भएको नेसनल एस्ट्रोनोमी ओलम्पियार २०२४ मा भाग लिएका थिए । पहिलो चरणमा छनोट भएर दोस्रो चरणको लागि बंगलादेश पुग्नुपर्ने थियो । बंगलादेशमा आयोजना हुने उक्त कन्फ्रेन्समा ३२ राष्ट्रका विद्यार्थीहरू सहभागी हुने बताईएको छ ।

    अध्ययनमा उत्कृष्ट उहाहरु कक्षा १० अर्थात् एसईईको तयारीमा जुटेका थिए । यद्यपि, ओलम्पियारमा जाने उहाहरुको सोचमा विद्यालयले समर्थन ग¥यो। विद्यालयले बिदा दिने भएपछि उहाहरु शुक्रबार काठमाडौं हिँडेका हुन्। गन्तब्यमा नपुग्दै उहाहरु बिचमै अस्ताए।

    बुटवलबाट काठमाडौं जाँदै गरेको लु १ ज ४५७८ नम्बरको माइक्रोबस शुक्रबार साँझ पुरिएको र शनिबार साँझमात्रै खबर आएको नगरप्रमुख गुरुप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

    असह्यै पिडा भएको प्रमुख भट्टराईले भन्नुभयो, ‘पढ्नमा निकै मेधावी थिए बाबुनानी। अब्बल पढाईका कारण उनीहरु बंगलादेश जाने छनौटमा परेका हुन्। साह्रै दुखद घटना भो।।’ ज्यान गुमाउने प्रमुख भट्टराईका भाईबुहारी र छोराछोरी हुन्।

    जुम्ल्याहा बाबुनानीका हजुरवुवा मेघनाथ भट्टराई गल्याङ्मा बस्नुहुन्छ । आमा सीता छोराछोरी पढाउनका लागि बुटवल बस्दै आउनु भएको छ । उहाहरुका बा हुमनाथ भट्टराई वैदेशिक रोजगारका लागि कोरियामा ।

    लल्याङ्मात्र होइन सिंगो गल्याङ्बासी शोकमा छन । जुम्ल्याहा बाबुनानी हरेक क्रियाकलापमा उत्कृष्ट थिए। गल्याङ्को एक उज्वल नक्षेत्र थिए। अव, सम्झना मात्र रहयो उपप्रमुख हेमा न्यौपानेले भन्नुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    भीरकोटका नौ जना उत्कृष्ट किसान नगद सहित सम्मान

    July 2, 2025

    सामाजिक एकता र समुन्नत नगर निर्माणमा सीता

    July 2, 2025

    विज्ञापन बोर्डको सदस्यमा स्याङ्जाका मोहन गुरुङ

    July 2, 2025

    पुतलीबजारको शिशु निकेतनमा होटल म्यानेजमेण्ट पढाईने

    July 2, 2025

    मापसे र लापसे गरेको आरोपमा ४ चालक प्रहरी नियन्त्रणमा

    July 2, 2025

    मध्य असार सकियो, स्याङ्जामा ३० प्रतिशत धान रोपाईं

    June 30, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    भीरकोटका नौ जना उत्कृष्ट किसान नगद सहित सम्मान

    July 2, 2025

    सामाजिक एकता र समुन्नत नगर निर्माणमा सीता

    July 2, 2025

    विज्ञापन बोर्डको सदस्यमा स्याङ्जाका मोहन गुरुङ

    July 2, 2025

    पुतलीबजारको शिशु निकेतनमा होटल म्यानेजमेण्ट पढाईने

    July 2, 2025

    मापसे र लापसे गरेको आरोपमा ४ चालक प्रहरी नियन्त्रणमा

    July 2, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    भीरकोटका नौ जना उत्कृष्ट किसान नगद सहित सम्मान

    July 2, 2025

    सामाजिक एकता र समुन्नत नगर निर्माणमा सीता

    July 2, 2025

    विज्ञापन बोर्डको सदस्यमा स्याङ्जाका मोहन गुरुङ

    July 2, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.