स्याङ्जा २२ माघ । वालिङ नगरपालिका–२ का महिलाहरुलाई उत्पादनमा जोड्न बाख्राको बीउ पाठी वितरण गरिएको छ । स्थानीय तिलडाँडा स्वावलम्वी महिला समूहका सदस्यहरुलाई बीउ पाठी तथा बीउ बोका वितरण गरिएको हो । आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रम अन्र्तगत भोकालाई एक छाक भोजन होईन , जिउने जुक्ति सिकाऔँ भन्ने मुलनाराका साथ वालिङ नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा सञ्चालन भईरहेको वालिङ कृषि विकास परियोजना अन्तरगत बीउका रुपमा पाठापाठी वितरण गरिएको हो । कार्यक्रममा बोल्नुहुँदै वडा नं.२ का वडाअध्यक्ष पोतप्रसाद लम्सालले महिलाहरुलाई उत्पादनमा जोड्न बाख्रा वितरण गरिएको बताउनुभयो । साना किसानलाई उत्पादनमा जोड्न सके मात्रै महिलाहरु आर्थिक…
Author: Syangja Sandesh
स्याङ्जा २२ माघ । स्याङ्जाका किशोरीलाई लक्षितगर्दै मंगलवारदेखी महिलाका पाठेघरको मुखको क्यान्सर बिरुद्धको एचपिभी खोप मंगलबार (आज) देखि लगाउन सुरु गरिएको छ। पुतलीबजार नगर प्रमुख तुलसीराम रेग्मीले पुतलीबजार नगरपालिका १ स्थित त्रिभुवन आदर्श मावि प्रांगणमा स्वास्थकर्लर्मीलाइ खोप बक्स हस्तान्तरण गर्दै पुतलीबजारमा खोप अभियान सुरु गर्नुभएको हो । लक्षित उमेर समुहका सबैलाई खोप लगाउन आग्रह गर्दै पाठेघरको मुखको क्यान्सरबाट हुन सक्ने संक्रमणबाट सुरक्षीत रहन नगर प्रमुख रेग्मीले सुझाव दिनुभयो । पटक पटक परिक्षणगरी प्रमाणित भैसकेको खोप प्रति आशंका नगरीकन लगाउनु पर्नेमा उहाले जोड दिनुभयो । बढदो पाठेघरको मुखको क्यान्सरको नियन्त्रणका लागि किशोरीलाई लक्षित गर्दै सरकारले पहिलो पटक खोप अभियान संचालन गरेको…
स्याङ्जा २१ माघ । आज श्रीपञ्चमी तथा सरस्वती पुजा । सरस्वती पूजाका दिन पारेर पुतलीबजार नगरपालिका वडा नं. ३ मा हिजो वडा कार्यालय भवन उदघाटन गरिएको छ । गोदगोदे कुमालगाउँमा रहेको सो सामुदायिक भवनलाई पुननिर्माण सहित रंगरोगनगरि वडा कार्यालय बनाइने भएको हो । कार्यालय भवनको उदघाटन गर्दै नगरप्रमुख तुलसीराम रेग्मीले कार्यालयबाट प्रवाह हुने सबै खालका सेवा, सुबिधा सहजरुपमा उपलब्ध गराई आमनागरिकलाई सहज बनाउन जनप्रतिनिधि तथा कर्मचारीलाई सुझाव दिनुभयो । नागरिकका समस्याको समाधान गर्दै राज्यद्धारा उपलब्ध हुने सेवा सुबिधालाई छितो, छरितो सेवा उपलब्ध गराउनु पर्नेमा उहाले जोड दिनुभयो । नगरपालिकाले सबै वडा कार्यालयको आफनै भवन निर्माण गरिने अभियानलाई अघि बढाएको पनि…
स्याङ्जा २१ माघ । स्याङ्जा २१ माघ । स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाले सातौं स्याङ्जा महोत्सव तयारीका बारे बिबिध विषयमा बिबिध पक्षबारे जानकारी गराएको छ । संघद्धारा आयोजित पत्रकार सम्मेलनमा प्रदेश स्तरिय सास्कृतिक, कृषि, पर्यटन, औद्योगिक व्यापार मेला एवम् सातौ स्याङ्जा महोत्सव र तयारीका विषयमा जानकारी दिइएको हो । पुतलीबजार नगरपालिका १ स्थित मालेबगर खेल मैदानमा फागुन ६ गते देखि १८ गतेसम्म सञ्चालन हुने महोत्सवका लागी १ हजार १११ सदस्यिय मुल आयोजक समिती र विभिन्न ३९ वटा उप समितिहरु गठन गरिएको छ । पत्रकार सम्मेलनमा महोत्सवका सन्दर्भमा उठेका प्रश्न र पत्रकारहरुको जिज्ञासाको जवाफ दिदै संघका अध्यक्ष महादेव श्रेष्ठले सबैको…
स्याङ्जा २० माघ । गण्डकी प्रदेश स्तरीय नेपाल मुस्लिम संघमा निर्वाचित कार्यसमितिले पोखरामा पदस्थापना गरेका छन् । पदस्थापन कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति सुक्रराज शर्माले प्रमाणपत्र प्रदान गर्दै कार्य सफलताको शुभकामना दिनुभयो । नेपाली कांग्रेसको भातृसंस्था मुस्लिम संघका हक, हित र अधिकारका पक्षमा नेपाली कांग्रेस अग्रपंक्तिमा उभिएको बताउनुभयो । सबै जातजाती, धर्म, संस्कृतिको रक्षा, सम्बद्र्धन र प्रवद्र्धनमा नेपाली कांग्रेसको उदेश्य रहेको जनाउदै सबै मुस्लिम समुदायकलाई एकाकारगरी अघि बढ्नु पर्नेमा सभापति शर्माले जोड दिनुभयो । कांग्रेसका जिल्ला सचीव नबिन सिग्देल, नेपाल मुस्लिम संघ केन्द्रीय उपाध्यक्ष सनम बेगम, केन्द्रीय सचीव हा.सराफत अली, केन्द्रीय सदस्य अब्दुल जलील स्याङजाका अध्यक्ष अली मिया, पर्वतका…
स्याङ्जा २० माघ । फागुन ६ गतेदेखी १८ गतेसम्म संचालन गरिने भएको स्याङ्जा महोत्सव नजिकिदै गर्दा बिबिध गतिबिधि संचालन भैरहेका छन । सातौ स्याङ्जा महोत्सव मार्फत प्रतिभा पहिचान र लोकसंस्कृति संरक्षणका लागि परम्परागत रत्यौली प्रतियोगिता, लोकभजन प्रतियोगिता, बिद्यालय स्तरीय सामुहिक नृत्य प्रतियोगिता, पञ्चेवाजा प्रतियोगिता र आमा एकल नृत्य प्रतियोगिता गरिने भएको हो । रत्यौली प्रतियोगिताका प्रथम, द्धितिय र तृतीय हुनेले २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार दिईने भएको छ । लोकभजन चुडका प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुनेले क्रमश १५ हजार, १० हजार र ५ हजार तोकिएको छ । बिद्यालय स्तरीय सामुहिक नृत्यु प्रतियोगितामा पनि प्रथम, द्धितिय…
स्याङ्जा २० माघ । सिप सिकौं, उद्यमी बनौं भन्ने नाराका साथ पुतलीबजार नगरपालिका १४ मा मादल बजाउन सिकाउने तालिम आइतवारदेखि सुरु भएको छ । पुतलीबजार १४ वडा कार्यालयको आर्थिक सहयोग तथा टोल विकास संस्थाको आयोजनामा १० दिने मादल बजाउने तालिम गरिएको हो । तालिमको उदघाटन गर्दै नगरप्रमुख तुलसीराम रेग्मीले नेपालीका मौलिक कला, संस्कृति, परम्परालाई धान्ने मादल सबै जातजातीको लागि उत्तीकै महत्वपूर्ण हुने बताउनुभयो । पुर्खाले सिकाएको मादले ताललाई आउदो पुस्तासम्म जीवन्त राख्न यस्ता तालिमको आवश्यकता रहने जनाउदै तालिम अबधीभर सहभागीले भरपुर उपयोग गर्न समेत सुझाव दिनुभयो । कार्यक्रममा उपप्रमुख देवी अर्याल, जितेन्द्रप्रकाश मल्ल, प्रशिक्षक श्याम भुजेल लगायतले मादलको आवश्यकताका बारेमा…
स्याङ्जा २० माघ । गरिबी निवारणका लागि लघुउद्यम बिकास कार्यक्रम (मडपा) अन्र्तगत पुतलीबजार नगरपालिकाको आयोजनामा मौरी पालन तालिम सुरु गरिएको छ । बिशेषगरि महिलालाई उद्यम बिकास सम्बन्धी प्राबिधिक सीप विकास तालिम दिने उदेश्यले आइतवारदेखि तालिम सुरु गरिएको हो ।तालिमको शुभारम्भ गर्दे नगरप्रमुख तुलसीराम रेग्मीले तालिमलाई तालिममा मात्र सिमित नराखी ब्यवहारिक रुपमै कार्यान्वयन गर्नु पर्ने बताउनुभयो । मौरी र महको महत्वका बारेमा जानकारी गराउदै घरेलु औषधीदेखि राम्रो आयआर्जन गर्न सकिने मौरी पालनगरी आयआर्जन गर्न समेत उहाले सुझाव दिनुभयो । सिप सिकेर उद्यम संचालन गर्न र आय आर्जनमा जोडिन सहभागीलाई आग्रह गर्दै मौरीका घार सहित उपलब्ध गराउने जानकारी गराउनुभयो । कार्यक्रममा उपप्रमुख…
स्याङ्जा १९ माघ । स्याङ्जा अपांग समाज स्याङ्जाको आयोजना तथा पुतलीबजार नगरपालिकाको आर्थिक सहयोगमा सावुन बनाउने ३ दिने तालिम सम्पन्न भएकोे छ । तालिम समापनमा बोल्दै नगरप्रमुख तुलसीराम रेग्मीले अपांगताका क्षेत्रमा आफुले उल्लेखनीय एवं सहयोगी काम गर्दै आएको बताउनुभयो । तालिमप्राप्त सहभागीलाई प्रमाणपत्र प्रदान गर्दै सिकेका सीपलाई ब्यवहारमा लागुगरि उद्यमी बन्न समेत सुझाव दिनुभयो । आउदा दिनमा पनि ब्यवसाय एवं उद्यम लक्षित कार्यक्रमलाई प्राथमिकता दिदै सहयोग गर्ने प्रमुख रेग्मीले बताउनुभयो । कार्यक्रममा वडाअध्यक्ष उत्तमप्रसाद श्रेष्ठ, अपांगता शसक्तिकरण तथा सामुदायिक विकास केन्द्र नेपाल स्याङ्जाका अध्यक्ष युवराज पराजुली, प्रशिक्षक शोभा कडेल लगायतले अपांगतामैत्री यस्ता तालिमले सो बर्गलाई प्रत्यक्ष लाभदायक हुनेमा जोड दिनुभयो…
स्याङ्जा १९ माघ । नेपाल निजामती कर्मचारी संगठनको १५ औँ जिल्ला अधिवेसनले विष्णुप्रसाद काफ्लेको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा रमेश विक र गंगा श्रेष्ठ, सचिवमा राजेश कुँवर, सहसचिवमा ढाकाराम मरासिनी, कोषाध्यक्षमा श्रीराम उपाध्यय रहनु भएको छ । सदस्यहरुमा अनिबहादुर बुढा, विवेक आचार्य, शंकर चापागाँई, दुर्गा शर्मा पौडेल, शुसिल थापा, सुष्मा आचार्य, पवित्रा ढकाल, गुनसिरी पुन आले, देवि बस्याल, घनश्याम पौडेल, धनञ्जय दोरंगा, सुभाष ढकाल, विद्या पराजुली खड्का रहनुभएको छ । अधिवेसनको उद्दघाटन गर्दै नेकपा एमालेका अध्यक्ष सुर्यप्रसाद गैह्रे पारसले सम्पुर्ण निजामती कर्मचारीहरुको हकहितका लागी स्थापित संगठन भएकाले नागरिकको सेवामा अनवरत रुपमा लाग्न आग्रह गर्नुभयो ।…
स्याङ्जा १९ माघ । नेपाल रेडक्रस सोसाइटी स्याङ्जा सभापतिमा पुनः दिनेश अर्याल चयन हुनु भएको छ ।जिल्ला अधिवेशन तथा ४० औं साधारणसभा अर्यालको सभापतित्वमा १७ सदस्यीय समिति चयन गरेको छ । समितिको उपसभापतिमा लक्ष्मीकान्त रेग्मी र लक्ष्मी थापा, मन्त्रीमा रामचन्द्र अर्याल, उपमन्त्रीमा राजेन्द्रदेव खनाल, कोषाध्यक्षमा महेश बहादुर थापा(गणेश) र उप – कोषाध्यक्षमा अर्जुनकुमार पौडेल रहनु भएको छ । यसैगरी, सदस्यमा कल्पना पौडेल अर्याल, विष्णु सुवेदी गैह्रे र नर्मदा अर्याल, सदस्यहरुमा चुडामणी रेग्मी, विष्णुप्रताप खाँण, रोशन लामिछाने, रमेश रेग्मी, थमनारायण ढकाल, कमल बहादुर खड्का र विश्वेश्वर गिरी निर्वाचित भएका हुन ।
स्याङ्जा १८ माघ । संघिय सांसद राजु थापाले मानवीय सेवामा सर्मपित संस्था रेडक्रसले मानवीय सेवा र उद्धारमा अतुलनीय योगदान पुरयाउदै आएको बताउनुभयो । जिल्ला रेडक्रस सासाइटी स्याङ्जा शाखाको ४० औं बार्षिक सधारणसभा तथा अधिवेसनको उदघाटन गर्दै सांसद थापाले सो कुरा बताउनुभएको हो । दैवी प्रकोप र विपत्तीका समयमा रेडक्रसकर्मीका महत्वपूर्ण जिम्मेवारी देखिदै आएकोमा जोड दिनुभयो। जिल्ला रेडक्रस शाखाले विपत सहयोग कोष स्थापना गरेमा विपत्तीका बेला छिटो छरितो र तत्काल सहयोग पुरयाउन सहयोग पुग्नेमा उहाको भनाई छ । पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मी, बिरुवा गाउँपालिकाका अध्यक्ष सुर्यबहादुर कुँवर, प्रजिअ सुनिता नेपाल, रेडक्रस सोसाइटी केन्द्रीय सदस्य हिरा शर्मा, काँग्रेस कावा सभापति केदार काफ्ले,…
स्याङजा १५ माघ । पुतलीबजार नगरपालिका १ बसपार्कमा लागु औषध सहित १९ बर्षिय अंगत सेन्चुरी प्रक्राउ परेको प्रहरीले जनाएको छ । सिद्धार्थ राजमार्ग छेवैमा रहेको बसपार्कमा सवारी साधन चेकजाँच गर्ने क्रममा सेन्चुरी पक्राउ परेका हुन । बुटवलबाट पोखरा तर्फ आउदै गरेको बा.प्र. ०१–००६ ख. ३७४२ नं. को हाईसमा सवार रूपन्देही सिद्धार्थनगर नगरपालिका का सेन्चुरीको साथबाट निट्राभेट –१० नामक २० पत्ता गरि ३ वटा ट्यावलेट नियन्त्रित लागुऔषध फेला परेको प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिनुभयो । राजमार्गमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी टोलीले सवारी साधनहरू चेकजांच गर्ने क्रममा भेटिएको र उनलाई पक्राउगरि थप अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।
स्याङ्जा १५ माघ । पुतलीबजार नगरपालिका अन्र्तगत कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा तथा किशोरीलाई यही माघ २२ गतेदेखि २७ गतेसम्म एचपिभी खोप दिईने भएको छ । नगरपालिकाभित्रका एक हजार ७२० जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर बिरुद्धको एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) खोप दिइने भएको हो । मंगलबार पुतलीबजार नगरपालिकाकाद्धारा आयोजित खोप समन्वय समितिका पदाधिकारी, सदस्य एवं पत्रकारहरूसँगको अन्तक्र्रिया कार्यक्रममा नगरपलिकाभित्रका १४ वटै वडामा अध्यनरत छात्रा र विद्यालय बाहिर रहेका किशोरीलाई खोप लगाईने जानकारी दिइएको हो । कार्यक्रममा बोल्दै नगरप्रमुख तुलसीराम रेग्मीले विश्व स्वास्थ्य संगठनद्धारा प्रमाणिकरण गरिएको उक्त खोप लक्षित बर्ग र तोकिएको समूहले लगाउन सुझाव दिनुभयो । सबैभन्दा धेरै…
स्याङ्जा १५ माघ । पुतलीबजार नगरपालिकाले नगरभित्रका एक सय २० जना किसानलाई हाते टयाक्टर बितरण गरेको छ । पचास प्रतिशत अनुदानमा एक सय २० वटा टयाक्टर उपलब्ध गराइएको हो । नगरपालिकाको चालु आर्थिक बर्ष २०८१÷०८२ को योजना अनुरुप वडाबासीका माग बमोजिम पहिलो पटक एक सय २० वटा मिनि ट्रीलर उपलब्ध गराइएको हो । हात टयाक्टर प्रदान गर्दै नगरप्रमुख तुलसीराम रेग्मीले टयाक्टरको उपयोग गर्दै आयआर्जन बढाउन सुझाव दिनुभयो । पछिल्ला पुस्ता आधुनिक यान्त्रिकरणमा आर्कषित भएको जनाउदै टयाक्टरको माग पनि बढ्दो रहेको उहाँले भन्नुभयो । दिनप्रतिदिने टयाक्टरको प्रयोग बढेकोले आउदा दिनमा पनि बितरण कार्यलाई आवश्यकता अनुरुप बढाइने नगरप्रमुख रेग्मीको भनाई छ ।…