स्याङ्जा ८ मंसिर । सत्य साई बाबाको एक सयऔं जन्मजयन्ती स्याङ्जामा मनाइएको छ । पुतलीबजार नगरपालिका १ स्थित सत्य साई केन्द्र स्याङ्जाले नगर संकिर्तन सहित केन्द्रमा बिबिध कार्यक्रमगरि मनाएको हो । केन्द्रको भवनमा आयोजित जन्मजयन्तीको अवसरमा दिप प्रज्वलन गर्दै पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीले सत्य साई बाबाले सबै भन्दा ठूलो धर्म प्रेम र सहयोग भएको बताउनु भएको जनाउनुभयो । सत्य साई बाबाले शिक्षा र स्वास्थ्यका क्षेत्रमा पुरयाएको योगदानको चर्चा गर्दै विश्वभर उहाको योगदानका चर्चा हुने गरेको बताउनुभयो । कार्यक्रममा सत्य साई केन्द्र स्याङ्जा शाखाका अध्यक्ष सन्तोषी श्रेष्ठ, पूर्वअध्यक्षहरु राजकुमारी गुरुङ (रमणी) र दयाराम पराजुली, उपााध्यक्ष सुनिता श्रेष्ठ, अमृत क्षेत्री लगायतले साई…
Author: Syangja Sandesh
स्याङ्जा ८ मंसिर । “स्वस्थ जीवनशैलीका लागि खेलकुद” भन्ने नारासहित गरिमा विकास बैंक लिमिटेडले ‘गरिमा रेस रोड’ शनिवार सम्पन्न गरेको छ । १९ औं वार्षिकोत्सवको अवसर पारेर बैंकले खेलकुद, रक्तदान र सामाजिक उत्तरदायित्व सम्बन्धीका कार्यक्रमगरि मनाउन लागेको हो । काठमाडौंमा सम्पन्न प्रतिस्पर्धामा खुला, कर्पोरेट र भेट्रान गरी तीन विधामा महिला तथा पुरुष बीच प्रतियोगिता भएको थियो । गत वर्षबाट सुरु गरिएको दौड प्रतिस्पर्धाको अहिले दोस्रो संस्करणमा १ हजार जना भन्दा बढी धावकको सहभागि थिए । खुला विधामा १० किलोमिटर दौड बालुवाटारस्थित बैंकको प्रस्तावित केन्द्रीय कार्यालय अगाडिबाट सुरु भई नारायणगोपालचोक, हात्तीगौंडा हुँदै बुढानिलकण्ठ नगरपालिका–३ कार्यालय पुगेर पुनः सोही मार्ग हुँदै बालुवाटारमै…
स्याङ्जा ८ मंसिर । आर्थिक वर्ष २०८२÷०८३ को पहिलो चौमासिक (साउन–कात्तिक) अवधिमा समग्रमा स्याङ्जामा संघीय सरकारको बजेटतर्फ झण्डै २८ प्रतिशत खर्च भएको छ भने प्रदेश सरकारतर्फको बजेटमा ७ प्रतिशत भन्दा बढि रकम खर्च भएको छ । संघतर्फ विनियोजित कुल बजेट ७ अर्ब ४९ करोड ९७ लाख ३४ हजार ५७५ रुपैयाँमध्ये करिब २७ दशमलब ८४ प्रतिशतले हुने दुई अर्ब ८ करोड ७७ लाख ६ हजार ९०७ रुपैयाँ खर्च भएको छ भने प्रदेशतर्फको कुल दुई अर्ब ५३ करोड १० लाख ६६ हजार बजेटको झण्डै ७ दशमलब १० प्रतिशत अर्थात १७ करोड ९८ लाख २९ हजार २२९ खर्च भएको कोष तथा लेखा नियन्त्रक…
स्याङ्जा ५ मंसिर । फेदीखोला गाउँपालिकामा सम्पन्न आठौं अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सिद्धार्थ माध्यमिक विद्यालयले उपाधि जितेको छ । फेदीखोला रंगशालामा तीन दिनसम्म चलेको प्रतिस्पर्धामा सिद्धार्थ माविले १८ स्वर्ण, छ रजत र चार कास्यसहित उपाधि जितेको हो । उपाधि विजेता सिद्धार्थ माविले शिल्डसहित ट्रफी, मेडल, प्रमाणपत्र र ३० हजार रुपैयाँ नगद प्राप्त गरेको छ । प्रतियोगितामा ७ स्वर्ण, ५ रजत र ७ कास्य जितेको चण्डीडाँडा माध्यमिक विद्यालय दोस्रो भएको थियो । चार स्वर्ण, १२ रजत र १२ कास्यसहित दामगाडे मावि तेस्रो बनेको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख नवीन थापाले जानकारी दिनुभयो । प्रतियोगितामा दोस्रो र तेस्रो हुनेलाई…
स्याङ्जा ५ मंसिर । गल्याङ् नगरपालिकाले नगरपालिकाको शैक्षिक योजना निर्माणका लागि सरोकारवालाबीच अभिमूखीकरण कार्यक्रम गरेको छ । गल्याङ नगरपालिकाले शिक्षा क्षेत्रलाई आइएसओ सर्टिफाइड बनाउनका लागि सुरुवात गर्दै शिक्षा क्षेत्रलाई अन्तर्राष्ट्रिय मापदण्डको बनाउन पहल सुरु भएको हो । कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख गुरुप्रसाद भट्टराईले शिक्षालाई आइएसओ सर्टिफाइड बनाउन सबै पक्षले इच्छाशक्ति, जिम्मेवारीबोध र उत्तरदायित्व मनन गर्नुपर्ने बताउनुभयो । उहाले कार्यक्रम कार्यान्वयनको लागि सोतको कमी नहुने बताउदै उत्सुकता र जिम्मेवारीबोध भएकोमा सबै कामहरु सफतापूर्वक पुरा हुने बताउनुभयो । कुनै एक पक्षले मात्रै चाहेर नहुने भन्दै उहाँले सबैको संयुक्त प्रयासले मात्रै योजना सफल हुनेमा जोड दिदै नगरप्रमुख भट्टराईले आइएसओका सबै मापदण्ड पुरा गर्नका…
स्याङ्जा ५ मंसिर । विश्व बालदिवसको अवसर पारेर स्याङ्जामा बालबालिकाका समूह बीच भएको पञ्चेबाजा प्रतियोगितामा कालीगण्डकी गाउँपालिकाको जनता मावि प्रथम भएको भएको छ । दोश्रो पटक भएको यो प्रतियोगितामा गतबर्ष पनि कालीगण्डकी नै प्रथम भएको थियो । आँधीखोला गाउपालिका स्थित जनहित मावि द्धितीय र पुतलीबजार नगरपालिका स्थित लामागे पञ्चेबाजा समूह तृतीय र पुतलीबजार नागडाँडा स्थित सरस्वती मावि सान्त्वना भएका छन् । उद्योग तथा पर्यटन मन्त्रालय र सामाजिक विकास, युवा तथा खेलकूद मन्त्रालय एकीकृत सेवा कार्यालय स्याङ्जाको आयोजनामा आयोजित प्रतियोगितामा पालिकागत बालबालिकाका ८ समूह सहभागि थिए । बिजयी समूहलाई गण्डकी प्रदेश सांसद तथा सार्वजनिक लेखा समितिका संयोजक सुधिर पौडेल, उद्योग तथा…
स्याङ्जा ४ मंसिर । स्याङ्जाको एक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको हो । जिल्ला सदरमुकामस्थित पुतलीबजार नगरपालिका वडा नं.–५ पौवैगौडेको गौडेस्थित शितला माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई बैंकले न्यानो कपडा वितरण गरेको छ । विद्यालयका जेहेन्दार झण्डै १४५ विद्यार्थीलाई बैंकले करिब एक लाख ५० हजार मुल्य बराबरको न्यानो कपडा वितरण गरेको छ । न्यानो कपडा वितरण कार्यक्रममा बोल्दै मुक्तिनाथ विकास बैंकका संचालक भरतप्रसाद लम्सालले बैंकले आफ्ना सेवाग्राही र कार्यक्षेत्रका सबै पक्षसँग हातेमालो गर्दै अगाडी बढ्ने बताउनुभयो । बैंकलाई माथि उठाउन समाजका हरेक नागरिकको समान…
स्याङ्जा, ४ मंसिर । स्याङ्जाको आँधीखोला गाउँपालिकाका कृषक गाउँमै दूध संकलन केन्द्र स्थापना भएपछि उत्साहित भएका छन् । नवप्रवद्र्धन कार्यक्रम अन्तर्गत गाउँपालिकाले वडा नं.–४ को बाङ्सिङ्मा दूध संकलन तथा बजारीकरण केन्द्र स्थापना गरेपछि कृषकहरु उत्साहित भएका हुन् । गाउँपालिकाले बाङ्सिङ् साना किसान कृषि सहकारी संस्थालाई दूध संकलन तथा बजारीकरण केन्द्र हस्तान्तरण गरेको छ । नवप्रवर्धन कार्यक्रम अन्तर्गत वडा भवनसँगै निर्माण गरिएको केन्द्र स्थापना गरिएको हो । गाउँपालिकाले अन्य वडामा निर्माणाधिन संकलन केन्द्र समेत सहकारीलाई हस्तान्तरण गर्ने जनाएको छ । गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाउँदै कृषकलाई आर्थिक रुपमा सवल बनाउने योजनासँगै दूध उत्पादनमा वृद्धि र बजारीकरणको सहजीकरण गर्दै आएको गाउँपालिकाका अध्यक्ष विश्व…
स्याङ्जा ४ मंसिर । पुतलीबजार नगरपालिकाले एआई —एक्सरे प्रबिधिद्धारा छाती रोग (क्षयरोग) सम्बन्धी सक्रिय खोजपड्ताल शिविर सम्पन्न भएको छ । पुतलीबजार नगरपालिका वडा नं. ५ मा बिहीवार गरिएको एक दिने शिविरको उदघाटन गर्दै नगरप्रमुख तुलसीराम रेग्मीले पुतलीबजार नगरबासीलाई लक्षित गर्दै क्षयरोग सम्बन्धी खोजपडताल शिविर सुरु गरेको बताउनुभयो । जो कसैलाई पनि क्षयरोग सम्बन्धी शंका लागेमा वा क्षयरोगका लक्ष्यण देखिएमा तत्काल स्वास्थ्यकर्मीसंग परामर्श लिई उपचार गर्न गराउन सुझाव दिनुभयो । क्षयरोगका औषधी नियमित सेवन गरेमा समयमै निको हुने र औषधी निशुल्क पाईने प्रमुख रेग्मीको भनाई छ । पुतलीबजार नगरपालिका ७ का अध्यक्ष कृष्णबहादुर आले, वडा ३ का सदस्य सोमबहादुर कुँवर, ५…
स्याङ्जा ४ मंसिर । “मासुमा आत्मनिर्भर तथा स्वस्थ मासु उत्पादन कार्यक्रम” अन्र्तगत पुतलीबजार नगरपालिकाले कुखुराका चल्ला र दाना बितरण कार्य सुरु गरेको छ । पुतलीबजार नगरपालिकाले वडा नं. १, २ र ३ मा कुखुराको चल्ला तथा दाना वितरण गरेको हो । कृषि उत्पादनको प्रवद्र्धन, आय–आर्जनको अवसर विस्तार तथा स्थानीय किसानहरूको जीविकोपार्जनमा योगदान पु¥याउने उद्देश्यले चल्ला सहित दाना निशुल्क उपलब्ध गराइएको हो । नगरप्रमुख तुलसीराम रेग्मीले ती वडाहरुमा पुगेर चल्ला सहितका सामाग्री हस्तान्तरण गरेका हुन । चल्ला सहितका सामाग्री हस्तान्तरण गर्दै ब्यवसाय संचालनका लागि जाकरुक एवं ब्यवसायी बनाउने उदेश्यले पालिकाले सहयोग गरेको बताउनुभयो । कुखुरा पालेर आत्मनिर्भर बन्नुका साथै आयआर्जन गर्न…
स्याङ्जा ४ मंसिर । गल्याङ नगरपालिका — ७ र ८ अर्थात चिउरीभीर र पेलाकोटलाई जोड्नेगरि आँधीखोलामाथि बनाईएकोे चिउरीको झोलुंगे पुल अहिले पर्यटकीय गन्तब्य बनेको छ । जिल्लाकै अग्लो र लामो झोलुंगे पुलमा दिनहुँ आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने गर्दछ । एक सय ९० मीटिरको उचाईमा रहेको झोलुंगे पुल ३ सय ६८ मीटर लम्बाईको छ । हर्दै डरलाग्दो चिउरीको तारे भीर । यसो तल हेर्दा पनि मनै झसंङगै भएर फुलेर आउछ । धेरै बर्ष यहाँका स्थानीयबासीले वारपारका लागि निकै दुःख र कष्ट भोगे ।सहज जीवनयापनका लागि यहाँ एउटा झोलुंगे पुलको योजना बन्यो । निर्माण कार्य पनि सम्पन्न भयो । अहिले…
स्याङ्जा, ३ मंसिर । स्याङ्जा जिल्लामा संचालित बहुवर्षिय मझौला आयोजनाको ३६ प्रतिशत वित्तीय प्रगति भएको छ । आर्थिक वर्ष २०८०÷८१ मा र पछिल्लो वर्ष सम्भौता भएका पाँच करोडसम्मका १५ वटा मझौला आयोजनाको चालु आर्थिक वर्षको पहिला चौमासिक (साउन–कात्तिक) अवधिसम्म समग्रमा ३६ प्रतिशत वित्तीय प्रगति भएको हो । जिल्लामा बहुवर्षिय मझौला आयोजनामा सडकतर्फका ९, सडक पुलअन्र्तगत एक र झोलुङ्गे पुल कार्यक्रममा पाँच वटा संचालनमा छन् । १५ आयोजनालाई विनियोजित कुल ३६ करोड ७७ लाख २४ हजार बजेटमध्ये १३ करोड २४ लाख ८६ हजार रुपैयाँ खर्च हुँदा समग्रमा हालसम्म ३६ प्रतिशत वित्तीय प्रगति भएको पूर्वाधार विकास कार्यालय स्याङ्जाले जनाएको छ । सडकतर्फका…
स्याङजा ३ मंसिर । विश्व बालदिवसको अवसर पारेर स्याङ्जामा बालबालिकाहरुका समूह बीच पञ्चेबाजा प्रतियोगिता हुने भएको छ । उद्योग तथा पर्यटन मन्त्रालय र सामाजिक विकास, युवा तथा खेलकूद मन्त्रालय एकीकृत सेवा कार्यालय स्याङ्जाको आयोजनामा मंसिर ५ गते शुक्रवारका दिन (भोली) प्रतियोगिता गरिने भएको हो । प्रतियोगितामा पालिकागत बालबालिकाहरु सहभागि हुने भएका हुन् । बालबालिकाको अधिकार र बालबालिकाको आवाजलाई गायन र पञ्चेबाजाको संगित मार्फत् थप बुलन्द बनाउन र बालबालिकामा रहेको अन्तरनिहित प्रतिभा प्रस्फुटनमा गराउने उद्धेश्यले कार्यक्रम आयोजना गर्न लागिएको समाजिक विकास कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले जानकारी दिनुभयो । संस्कृतिको संरक्षण, परम्परागत सीपको पुस्तान्तरण, हाम्रो उत्सव, विवाह र चाडपर्वको लागि पञ्चेबाजा…
स्याङ्जा ३ मंसिर । अर्जुनचौपारी गाउंपालिकाले नेपालमै पहिलो पटक ध्वनि चिकित्सा पद्धतीबाट उपचार सेवा सुरु गरेको छ । गाउँपालिकाले बुधवारदेखि बिधिबत रुपमा साउण्ड हिलिङ सेन्टरको स्थापनागरि उपचार सेवा सुरु गरेको हो । अर्जुनचौपारि गाउंपालिका १ स्थित नेपालकै पहिलो नवग्रह मन्दिर परिसरमा अमृत समयको मुहर्त पारेर गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले शुभारम्भ गर्नु भएको हो । मानिसमा ब्यस्तता बढेसंगै तनाव हुने र जसका कारण शरीरका महत्वपूर्ण ऊर्जा क्षीण भई रोगविरूद्ध लड्ने प्रतिरक्षा प्रणालीलाई कमजोर बनाउँदा रोगप्रति संवेदनशील बन्न पुग्ने अध्यक्ष तिवारीको भनाई छ । उहाले थप्नुभयो, ‘त्यतीबेला प्राकृतिक रुपमा निको पार्ने शक्ति र ऊर्जाको अभावमा मानिसले उर्जा गुमाउँछ । तर, यस्तो बेला…
स्याङ्जा, २ मंसिर । स्याङ्जामा गएको आर्थिक वर्ष २०८१÷०८२ मा विभिन्न जातका खाद्यान्न बालीका ६ लाख किलोग्राम भन्दा बढि बीउ उत्पादन भएको छ । जिल्लामा क्रियाशिल कृषि सहकारी, समूह र फार्मबाट धान, मकै, गहुँ, आलु सहित खाद्यान्नका ६ लाख ५३ हजार ८७३ किलोग्राम बीउ उत्पादन भएको हो । उत्पादन भएका खाद्यान्नका बीउमध्ये सबै भन्दा बढि आलुको ४ लाख ५० हजार ९ सय र धानको एक लाख १७ हजार ४३ किलोग्राम बीउ उत्पादन भएको छ । मकैको ७७ हजार ५ सय, गहुँको ७ हजार ४३० किलोग्राम र पशुलाई प्रयोग गरिने एक हजार किलो जैघाँस सहित ६ लाख ५३ हजार ८७३ किलोग्राम…