स्याङ्जा १८ बैशाख । सिद्धार्थ नगर उद्योग वाणिज्य संघ र स्याङजा जिल्ला उद्योग वाणिज्य संघ बिच उद्योग, ब्यावसाय लगायत समसामयिक विषयमा अन्तरक्रिया सहित अनुभव आदानप्रदान गरिएको छ । अध्ययन अवलोकन भ्रमणका लागि स्याङ्जामा आयोजित कार्यक्रमममा बोल्दै सिद्धार्थ नगर उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र प्रसाद आचार्यले दुई संघ बिच सहकार्य समन्वय गर्दै उद्योग व्यवसायिका हक हितका पक्षमा काम गर्ने बताउनुभयो । उहाले उद्योग ब्यवसायीका समस्या र अवसरका बारेमा समेत जानकारी गराउनुभएको थियो । रुपन्देहीबाट निस्केको सो टोली बाग्लुङ्मा पुग्ने अभियान सहित वालिङ्, भीरकोट हुदै स्याङजा जिल्ला उद्योग वाणिज्य संघमा आएर आ आफना अनुभव आदान प्रदान गर्ने अवसर मिलाएको अध्यक्ष आचार्यले बताउनुभयो…
Author: Syangja Sandesh
स्याङ्जा १८ बैशाख । पुतलीबजार नगरपालिका वडा नं. ३ बाडखोलामा ५ दिने दुबा सहितको जरी माला बनाउने सीपमुलक तालिमको उद्घाटन गरिएको छ । पुतलीबजार नगरपालिकाको आयोजना तथा बाड्खोला मुस्लिम समाजको व्यवस्थापनमा हुने तालिमको उद्घााटन गर्दै नगर उपप्रमुख देवी अर्यालले महिलाहरुलाई सीप सिकाउदै दक्ष बनाउने तालिमको उदेश्य रहेको बताउनुभयो । महिलालाई सीप सिकाउदै आयआर्जनमा जोडी उद्यमी बनाउने अभियानमा नगरपालिका रहेको उहाले भन्नुभयो । सहभागीलाई सीप सिकेर उद्यमी समेत उहाले आग्रह गर्नुभयो । कार्यक्रममा वडा सदस्य अमिर बक्स मिया, पत्रकार भवानी अधिकारी, वडा स्तरिय महिला सञ्जालका अध्यक्ष सीता गोदार लगायतले दुबो र जरीमालाको उपयोग दिनप्रतिदिन बढ्दो रहेकाले सीप सिकेर आत्मनिर्भर बन्न सकिनेमा…
स्याङ्जा १७ बेैशाख । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमानसिंह श्रेष्ठले बोलेर भन्दापनि कामबाट नतिजा देखिनुपर्ने बताउनुभएको छ । केदारनाथ मन्दिर महायज्ञ मुल समारोह समितिले स्याङ्जाको वालिङमा आयोजना गरेको श्रीमद्भागवत सप्ताह तण्डुलाचल श्रृंगारिक आरती महायज्ञ धार्मिक अनुष्ठानको आज वालिङ खेलमैदानमा उद्घाटन गर्नुहुँदै उहाँले नतिजामुखी काम हुनुपर्नेमा जोड दिनुभएको हो । जनताले बोलीमाभन्दा पनि कामको नतिजामा विश्वास गर्ने भएकाले सबै जनप्रनितिधिहरुले नतिजालाई महत्व दिएर अगाडि बढ्नुपर्ने बताउनुभएको हो । पूर्वाधार निर्माणकाक्रममा तीन वटै सरकारमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरुमा समन्वय र सहकार्य गरेर अगाडि बढ्दै गर्दा विकासले थप गति लिने भएकाले सरसल्लाह गरेर काम गर्न पनि उहाँले सुझाव दिनुभयो । पवित्र उद्देश्य राखेर…
स्याङ्जा १६ बैशाख । चापाकोट नगरपालिका बैडी माध्यमिक बिद्यालयका छात्रा आरती बस्यालले शिक्षक आन्दोलनको वाध्यता कसरी आयो ? किन भैरहेको ? हामीले पढ्न कहिलेदेखि पाउने ? आन्दोलनका कारण प्रशासनिक कार्य पनि प्रभावित भएका छन् वा छैनन् ? भन्दै प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्याललाई प्रश्न गर्नुभयो । बालसंजाल स्याङजाका कोषाध्यक्ष समेत रहेकी बस्यालले शिक्षक आन्दोलनले हाम्रो पढाई बिग्रीएको छ। कहि कतै पढाई नै भएको छैंन। भैहाले पनि गफगाफमा दिन बितेका छन् भन्दै गुनासा सुनाउनुभयो । पुतलीबजार नगरपालिका सरस्वती माध्यमिक बिद्यालयका छात्रा दृष्टि शर्माले पनि अहिले नयाँ कक्षामा पढ्न पाउने समयमा नतिजा पाउन नसकेको र छिमेकी निजी बिद्यालयका साथीहरु नयाँ शैक्षिक सत्र…
स्याङ्जा १४ बैशाख । वालिङ नगरपालिकाले ७ सय ९७ जना सुनौला हजार दिनका आमाहरुलाई पोषिलो अहार वितरण गरेको छ ।मातृशिशु स्वास्थ्य सुदृढ गर्न उप पोषिलो झोला कार्यक्रम अन्तर्गत १४ वटै वडाका सुनौला हजार दिनका आमाहरुलाई अहार प्रदान गरिएको हो । कार्यक्रम अन्तर्गत गर्भवती र सुत्केरी महिलाहरुलाई चना , आयोडिनयुक्त नुन र अण्डा सर्वोत्तम पिठो जस्ता पोषणयुक्त खाद्य सामाग्री वितरण गरिएको छ । यस्तै सरसफाई समाग्री अन्तर्गत साबुन , दन्त मन्जन , ब्रस लगाएतका सामाग्री वितरण गरिएको हो । नवजात शिशुको शारीरिक , मानसिक र बौद्धिक विकासमा सहयोग गर्न यो कार्यक्रम संचालन गरिएको नगर उपप्रमुख कविता तिवारीले बताउनुभयो । वालिङ १४…
स्याङ्जा १४ बैशाख । पुतलीबजार नगरपालिकाद्धारा आयोजित ७ दिने अचार बनाउने तालिम सम्पन्न भएको छ । उपप्रमुखसंग महिला कार्यक्रम अन्तर्गत सञ्चालित स्थानीय ब्यवसाय प्रवद्र्धन र आर्थिक शसक्तिकरणका लागि अचार बनाउने तालिम दिइएको हो । तालिमको समापन गर्दै नगर प्रमुख तुलसीराम रेग्मीले महिलालाई उद्यमी बनाउन अचार बनाउने तालिम दिइएको बताउनुभयो । यस्ता तालिमले आय आर्जन बढाउनका लागी सहयोग पुग्ने जनाउदै स्वथ्यकर अचार खान समेत पाईनेमा समेत जोड दिनुभयो ।बिभिन्न देशबाट आयातित अचारमा खाद्य तथा अखाद्य तत्व पनि हुन सक्ने जनाउदै तालिमको सहीसदुपयोग गर्दै उद्यमी बन्न सुझाव दिनु भएको छ । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत धर्मराज ढुङ्गाना, नगर प्रवक्ता मनोज पौडेल, पुतलीबजार…
स्याङ्जा १४ बैशाख । पुतलीबजार नगरपालिकाले नगर भित्रका सामुदायिक विद्यालयहरुलाई पठन पाठन कार्य सञ्चालन गर्न अनुरोध गरेको छ। पुतलीबजारले आइतवार सुचना जारी गर्दै बैशाख १५ सोमबारदेखि सामुदायिक बिद्यालयका पठनपाठन सुचारु गर्न आग्रह गरेको हो। नगरप्रमुख तुलसीराम रेग्मीद्धारा हस्ताक्षरित सो सुचनामा शैक्षिक सत्रको सुरुवातसंगै नियमित पठनपाठन नहुदाँ विद्यार्थी, अभिभावक तथा समाजमा दीर्घकालिन रुपमा नकारात्मक असर पर्ने जनाउदै पुतलीबजारले शैक्षिक सत्र २०८२ को विद्यार्थी भर्ना, पाठ्यपुस्तक वितरण र शैक्षिक तथा प्रशासनिक कार्यहरु सञ्चालन गरी विद्यालयमा नियमित पठनपाठन सुचारु गर्न गराउनका लागी सम्बन्धित सबै सरोकारवाला, विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक तथा शिक्षक सबैमा अनुरोध गरेको छ।
स्याङ्जा १३ बैशाख । पुतलीबजार नगरपालिका र लक्ष्मी कृष्ण सेक्युरिटी सर्भिस एण्ड सोलुसन प्रालिको सहयोग तथा मनकामना आखा उपचार केन्द्रको आयोजनामा निशुल्क आखा जाच तथा चश्मा र औषधी बितरण गरिएको छ । जिल्ला कारागार शाखाका बन्दी तथा कैदीलाई लक्षित गदैृ निशुल्क आखा शिविर गरिएको मनकामना आखा उपचार केन्द्रका प्रोपाइटर दिपक विकले जानकारी दिनुभयोे । शिविरमा १४५ जनाको आखा परिक्षण गरिएको थियो । ती मध्ये ४२ जना पुरुष तथा ४ जना महिलागरि ४६ जनालाई निशुल्क चश्मा प्रदान गरिएको कारागार शाखा प्रमुख दिनेश शर्मा मरासीनीले जानकारी दिनुभयो । शिविरमा स्वास्थयअधिकृत भवानीशंकर पोखरेल र नगरपालिका सामी परियोजनाका अनन्त रेग्मी लगायतले सहजीकरण गर्नुभएको थियो…
स्याङ्जा १३ बैशाख । गल्याङ नगरपालिकाले पालिका अन्र्तगतका सबै सामुदायिक विद्यालयमा आइतबार भोली देखि पठनपाठन सुरु गर्न आग्रह गरेको छ । नगर कार्यपालिका र नगर शिक्षा समितिका बैठकले बैशाख १४ गते आइतवारदेखि सामुदायिक बिद्यालयका पठनपाठन सुरु गर्ने गराउने निर्णय गरेको हो । काठमाण्डौं केन्द्रित शिक्षकका आन्दोलनका कारण सामुदायिक विद्यालयका भर्ना अभियानदेखि पठनपाठन रोकिएका छन्। लामो समयसम्म पठनपाठन रोकिदा बालबालिका सहित अभिभावकमा समेत नकरात्मक प्रभाव पर्ने जनाउदै नगरपालिकाले सूचना मार्फत बिद्यालयका गतिबिधि संचालन गर्न सूचित गराएको हो । नगरप्रमुख गुरुप्रसाद भट्टराईद्वारा जारी सूचनामा विद्यार्थी भर्ना, कक्षा सञ्चालन, पाठ्यपुस्तक वितरण, शैक्षिक तथा प्रशासनिक कार्यहरूमा तत्काल संचालन गर्न आग्रह गरिएको छ । पालिकाद्धारा…
स्याङ्जा १३ बैशाख । बिल नभएका चिनी, भुजा, केराउ भरिएको ट्रक सहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा रहेका ती सामाग्री मूल्य १० लाख भन्दा बढीको छ । गल्याङ् नगरपालिका १ स्थित राम्दी प्रहरी पोष्टले २ सय १० बोरा चिनी, ३९ बोरा भुजा र १८ बोरा केराउ राखिएको ट्रक सहित चालक र सहचालकलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिनुभयो । प्रहरीका अनुसार चिनी प्रति बोरा ५० किलोका, भुजा प्रतिबोरा ५ किलोका र केराउ प्रतिबोरा ३० किलोका छन । बुटवलबाट पोखरातर्फ आँउदै गरेको लु. २ ख. १९२१ नम्बरको मिनि ट्रकमा ल्याउदै गर्दा राम्दीमा चेकजाचका क्रममा भेटिएका…
स्याङ्जा १२ वैशाख । वालिङ साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा पुनः विद्या श्रेष्ठ निवार्चित हुनुभएको छ । बिहीबार सम्पन्न भएको अन्तिम मतपरिणाम अनुसार अध्यक्षमा श्रेष्ठ ७ सय ५७ मत सहित निर्वाचित हुनुभएको हो । उहाँका प्रतिष्पर्धी दिनेश तिवारी दिनकर नेपालले २ सय ६९ , दिलीपकुमार बगालेले २ सय २५, बालकृष्ण श्रेष्ठले १ सय ७५, चोपनारायण श्रेष्ठले १ सय ४६ र मुक्तिप्रसाद सुवेदीले ९० मत पाउनु भएको छ । उपाध्यक्षमा कल्पना पौडेल अर्याल विजयी हुनुभएको छ । उहाँले ७ सय १३ मत ल्याउनुभएको छ । मञ्जु केसीले ५ सय ६४ र रीमा केसीले २७१ मत पाउनु भएको छ…
स्याङजा ११ वैशाख । वालिङ नगरपालिकाका महिलाहरुलाई व्यवहार परिवर्तन तथा सकारात्मक सोचको विकासका लागि हेफर आधारशीला तालिम दिईएको छ । कृषि र पशुपालनबाटै पालिकावासीलाई आत्मनिर्भर बनाउने उद्देश्यले गठन गरिएका स्वावलम्वी कृषक महिला समूहका सदस्यहरुलाई तालिम दिईएको हो । वालिङ नगरपालिका वडा नं. २ मा भएको तालिमकोे समापन गर्नुहुँदै वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँणले महिलालाई उद्यमशीलतामा जोड्न लागिएको बताउनु भयो । उहाँले भन्नुभयो,“महिलालाई आर्थिक रुपमा सवल बनाउन माटो सुहाँउदो खेती आवश्यक छ ।” सकारात्मक सोचका साथ काम गर्ने हो भने सफलता सहजै प्राप्त हुने उहाँको भनाई छ । व्यवहार परिवर्तन,मेलमिलाप,सहकार्य अहिलेको आवश्यक्ता भएको उहाँले बताउनु भयो । प्रमुख प्रशासकीय अधिकृत गंगालाल…
स्याङ्जा ११ बैशाख । घरेलु तथा साना उद्योग महासंघ कोहलपुर र स्याङ्जाका सदस्यबीच परिचयात्मक कार्यक्रम सहित अनुभव आदानप्रदान गरिएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ स्याङ्जाले बाके जिल्ला शाखा अन्र्तगत नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर नगर समितिका पदाधिकारीलाई स्याङ्जामा स्वागत गर्नुका साथै बिबिध उद्यम संचालन सम्बन्धी अन्र्तक्रिया गरिएको हो । घरेलु तथा साना उद्योग ब्यवसायका अवस्थाका बारेमा जानकारी लिने उदेश्यले देश भ्रमणमा निस्किएको सो टोलीलाई स्याङ्जामा स्वागत सहित अन्र्तक्रिया गरिएको छ । कार्यक्रममा बोल्दै महासंघका केन्द्रिय सदस्य लक्ष्मी प्रधानले जिल्लामा उत्पादित कच्चा पदार्थका आधारमा सुहाउदो उद्यम ब्यवसाय संचालन गर्नु पर्नेमा जोड दिनुभयो । उहाले महिला उद्यमी…
स्याङ्जा ११ बैशाख । लोकतन्त्र दिवस पारेर स्याङ्जा सदरमुकाम स्थित सहिदचोकमा नागरिक स्तरबाट दिप प्रज्वलन गरिएको छ । गैरसरकारी संस्था महासंघ स्याङजाको सक्रियतामा बिहीवार (आज) साझ मैनबत्ती बालेर दिपप्रज्वलन गरिएकोे हो । सोही कार्यक्रममा अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारी, नागरिक समाजका अध्यक्ष ओमप्रकाश शर्मा, गैरसरकारी संस्था महासंघका अध्यक्ष गोविन्द शर्मा लगायतले १९ औं लोकतन्त्र दिवसको शुभकामना दिदै सयौं ब्यक्तिका योगदान र बलिदानीबाट प्राप्त लोकतन्त्रको रक्षा गर्दै आमनागरिकका हक, हित र अधिकारका पक्षमा काम गर्नुपर्नेमा जोड दिनुभएको थियो । सोही कार्यक्रमको संचालन आपसी सहयोग केन्द्रका निर्देशक हरिप्रसाद ढकालले गर्नुभएको थियो ।सोही कार्यक्रममा गैसस महासंघमा आवद्ध केही संस्थाहरुको पनि सहभागीता थियो ।
स्याङ्जा ११ बैशाख । देशभरका शिक्षक तथा विद्यालय कर्मचारीहरू २३ दिनदेखि काठमाडौं केन्द्रित शैक्षिक सडक आन्दोलनमा रहेका बेला स्याङ्जाका २ गाउँपालिकाले भने सूचना प्रकाशित गर्दै बिद्यालयका गतिबिधी संचालन गर्न आग्रह गरेका छन । स्याङ्जाका सामुदायिक बिद्यालयको पठनपाठन बन्द रहेको अवस्थामा २ पालिकाले भने बिद्यालय खुलाई पठनपाठन लगायत शैक्षिक क्रियाकलाप संचालन गर्न आग्रह गरिएको हो । स्याङ्जाको दक्षिणपूर्वी क्षेत्रमा पर्ने बिरुवा गाउँपालिका र हरिनास गाउँपालिकाले छुट्टाछुट्टै सूचना प्रकाशित गरेर पठनपाठन गर्न गराउन सूचित गरेका हुन । बिरुवा गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरद्धारा बैशाख ९ गते हस्ताक्षरित सूचनामा लामो समयदेखि चलेको शैक्षिक आन्दोलनले शैक्षिक सत्र २०८२ सालको भर्ना प्रभावित भएको र अभिभावक तथा…