Author: Syangja Sandesh

स्याङ्जा १० वैशाख । वालिङ नगरपालिकाका बाख्रा पालक कृषकहरु आधुनिक खोर निर्माणमा चासो देखाएका छन् । नगरपालिकाले उत्पादन बढाउने योजना सहित आधुनिक खोर निर्माण र खोर सुधारका कार्यक्रम सञ्चालन गरसँगै कृषकहरु उत्साहित भएका हुन् । अस्तव्यस्त तरिकाबाट बाख्रा पाल्दै आएका कृषकहरु आधुनिक खोर निर्माणसँगै उत्पादन बढ्नेमा बिश्वस्त छन् । पालिकाले बाख्राको नस्ल सुधार गर्दै व्यवस्थित तरिकाबाट पालन गर्न कृषकलाई प्ररित गर्दै आएको छ । अनुदानमा आधुनिक खोर निर्माण गर्नु भएकी वालिङ नगरपालिका–५ की एकमाया मल्लले आधुनिक खोर निर्माणका कारण गाउँमा छुट्टै खुसियाली छाएको बताउनुभयो । उहाँले भन्नुभयो,“अस्तव्यस्त तरिकाबाट बाख्रा पाल्दै आएका थियौं, अव सजिलो हुने भयो ।” अहिले १२ बाख्रा…

Read More

स्याङ्जा १० बैशाख । भीरकोट नगरपालिकाका महिलाहरुलाई लक्षित गर्दै मादल बजाउन सिकाउने तालिम सुरु भएको छ । गाउघरमा रहेको सस्कृति तथा धार्मिक कार्यक्रममा मादल बाद्यबाजक रुपमा प्रयोग हुनेहुदा र परम्परागत सांस्कृतिक महत्वका बस्तु मादलको उपयोग गर्ने उदेश्यले तालिम उपलब्ध गराइएको नगर प्रमुख गोविन्दकुमार कर्माचार्यले बताउनुभयो । उपप्रमुख भगवती अर्यालले आफु वडामा पुग्दा धेरै महिला दिदीवहीनीका माग मादल बजाउन सिक्न पाउ भन्ने भएको हुदा पनि यस तालिम संचालन गरिएको बताउनु भयो। उहाले वार्ड न. १,२,४,९ अघिल्लो बर्ष वडा नं ६ र ७ मा यसबर्ष संचालन भैसकेको हुदाँ अब वडा नं ३,५,८ मा दिने तयारी भैरहेको जानकारी दिनुभयो । पाँच दिने तालिममा…

Read More

स्याङ्जा १० बैशाख । स्याङ्जाको चापाकोट नगरपालिकामा पालिका स्तरीय टी – १५ पुरुष क्रिकेट प्रतियोगिता हुने भएको छ । यही वैशाख १६ देखि २० गतेसम्म चापाकोटको गंगालाल मावि खेलमैदानमा नकआउट प्रणालीमा १५ ओभरमा टेनिस बल उपयोग गर्दे खेलाईने चापाकोट नगर क्रिकेट संघका अध्यक्ष प्रेमनारायण रेग्मीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो , ‘प्रतियोगिता आईसीसीको नियमानुसार (एलबीडब्लू बाहेक) हुनेछ। एक पालिकाबाट एक भन्दा बढी समूह पनि आउन सक्ने र दर्ता शुल्क ३ हजार तोकिएको छ। समूहमा १५ जना रहनेछन्।’ प्रतियोगितामा प्रथम हुने समूहले ५० हजार र दोश्रो हुने समूहले ३० हजार नगद सहित कप, मेडल र प्रमाणपत्र पाउने खेल संयोजक प्रकाश माझीले…

Read More

स्याङ्जा ९ बैशाख । नेपाल कम्युनिष्ट पार्टी एमाले स्याङ्जाले ५ जना अग्रज नेताहरुलाई सम्मान गरेको छ । कम्युनिष्ट आन्दोलनदेखि हालसम्म निरन्तर क्रियाशिल नेताहरुलाई सम्मान गरेको हो । कम्युनिष्ट पार्टीको ७६ औं स्थापना दिवसको अवसर पारेर मंगलबार एमाले स्याङ्जाले जिल्लाका अग्रज कम्युनिष्ट नेताहरुलाई सम्मान गरेको हो । नेकपा एमालेले पार्टी कार्यालयमा आयोजित ७६ औं स्थापना दिवसका अवसर पारेर पार्टीको राजनीतिमा अमूल्य योगदान गर्नुभएका भन्दै अगुवा नेताहरुलाई सम्मान गरेको जनाएको छ । सम्मान पाउनु हुनेमा वालिङ नगरपालिका निवासी चक्रबहादुर पराजुली, पुतलीबजार नगरपालिका निवासी द्धय ध्रुव अधिकारी र रामबहादुर थापा, गल्याङ नगरपालिका निवासी ढाकाराम अर्याल र चापाकोट नगरपालिका निवासी इन्दिरा विश्वकर्मा रहनु भएको…

Read More

स्याङ्जा ९ बैशाख । सामुदायिक प्रहरी सेवा केन्द्र स्याङ्जाले प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्याललाई स्वागत गरेको छ ।पुतलीबजार नगरपालिका १ स्थित प्रगतीनगरमा रहेको सेवा केन्द्रले प्रमुख जिल्ला अधिकारी अर्याललाई स्वागत एवम् भित्तेपात्रो समेत विमोचनको कार्यक्रम गरेको हो । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी अर्यालले समुदाय प्रहरी मिलेर समुदायमा शान्ति सुरक्षा कायम गर्नमा समुदाय र प्रहरी दुवैको भुमिका सराहनिय रहेको बताउनुभयो । उहाँले यस कार्यलाई निरन्तरता र सहकार्य गर्दै सुशासन कायम गर्न, अपराध न्युनिकरण र शान्ति सुरक्षा कायम गर्न समुदायमा सचेतना वृद्धि गर्ने कुरामा महत्वपुर्ण भुमिका खेल्न आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा नागरिक समाज स्याङ्जाका अध्यक्ष ओम प्रकाश शर्मा, सल्लाहकार…

Read More

स्याङ्जा ९ बैशाख । नेपाल क्षयरोग निवारण संस्था स्याङ्जाले नव निर्वाचित केन्द्रिय कार्यसमिति पदाधिकारी तथा सदस्यहरुलाई बधाई एवम् सम्मान गरेको छ । स्याङ्जा सदरमुकाममा भएको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै नेपाल क्षयरोग निवारण संस्थाका केन्द्रिय अध्यक्ष देबेन्द्रबहादुर प्रधानले स्याङ्जामा क्षयरोग निवारण सम्बन्धी परियोजना संचालनका लागि पहल गर्ने बताउनुभयो । उहाले आफनो कार्यकालमा ५ जिल्लामा शाखा विस्तार गर्ने बताउनुभयो । सरकारी निकायले क्षयरोग निवारण संस्थालाई साझेदारी संस्थाका रुपमा सहयोग गर्दै अघि बढ्नु पर्नेमा जोड दिनुभयो । कार्यक्रmममा निवर्तमान अध्यक्ष मदन काजी श्रेष्ठ , केन्द्रिय सहमहासचिब हीरादेवी शर्मा, केन्द्रिय सदस्य केशवराज भण्डारी, कास्की अध्यक्ष शंकरनाथ कोइराला, दाङ्का अध्यक्ष खिमलाल डांगी, कास्कीका सभापति…

Read More

स्याङ्जा ९ बैशाख । पुतलीबजार नगरपालिकामा मेलमिलाप सम्बन्धी ८ दिने आधारभुत तालिम सम्पन्न भएको छ । पुतलीबजार नगरपालिकाको न्यायिक समितिको आयोजनामा सो तालिम बैशाख २ गते देखी सञ्चालन भएको थियो । तालिमको समापन गर्दै नगर प्रमुख तुलसीराम रेग्मीले देवानी प्रकृतिका विवादलाई दुबैको पक्षमा हुनेगरी मिलापत्र गराउदा आफसी सदभाव कायम रहने बताउदै यस्ता कार्यलाई प्रोत्साहन गर्नु पर्ने बताउनुभयो । घर गाउका विवाद गाउघरमै मिलाउन पाउदा सहज हुनेमा उहाले जोड दिनुभयो । कार्यक्रममा सहभागीका तर्फबाट भीम कुमारी उपाध्याय र दोलराज पौडेल लगायतले तालिमका बारेमा आ आफना धारणा ब्यक्त गर्नुभएको थियो । तालिममा सीता काफ्ले, गंगाधर खनाल, दिवाकर थापा, पुर्ण परियार, सृजना लामिछाने,…

Read More

स्याङ्जा ९ बैशाख । पुतलीबजार नगरपालिका पुर्ण खोप पालिका घोषणा भएको छ । पुतलीबजार नगरपालिकामा मंगलबार आयोजित कार्यक्रममा सरोकारवालाले हस्ताक्षर गर्दे दिगोपनका लागि समेत प्रतिबद्धता जनाएका छन् । पुतलीबजार नगर स्तरिय खोप समन्वय समितीको आयोजानामा पुर्ण खोप सुरक्षित भविष्य शिक्षा स्वास्थ्य र पुर्बाधार समुन्नत पुतलीबजारको आधार, स्थानीय श्रोतको सदुपयोग स्वामित्व र सहभागिता पुर्ण सुनिश्चितता हाम्रो प्रतिबद्धता भन्ने मुल नाराका साथ नगरपालिकालाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपनाका लागि पुर्ण खोप पालिका घोषणा गरिएको हो । पुर्ण खोप पालिका घोषणा गर्दै जिल्ला समन्वय समिति प्रमुख एवं जिल्ला खोप समन्वय समितिका संयोजक श्री प्रसाद घर्तीले पुर्ण खोप कार्यक्रमलाई प्रत्येक वर्ष निरन्तरता दिनुपर्ने कुराको…

Read More

स्याङ्जा ९ बैशाख । राष्ट्रिय प्रजातन्त्र पाटी स्याङ्जाले जिल्ला प्रशासन कार्यालय मार्फत मंगलबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा ज्ञापनपत्र पठाएको छ । चैत १५ गते तिनकुने, कोटेश्वर क्षेत्रमा भएको प्रर्दशनलाई हिंसात्मक बनाउन राज्यपक्षबाट भएको क्रियाकलापप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीले गम्भीर दुख ब्यक्त गरेको जनाउदै ६ बुदें माग सहितको ज्ञापन पत्र बुझाएको हो । प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्याल मार्फत प्रधानमन्त्री कार्यालयमा प्रेषित गर्नेगरि बुझाइएको ज्ञापनपत्रमा प्रर्दशनकारीहरुले आफना सभा सुरु गर्ने क्रममा राष्ट्रियगान गाउन सुरु गरेको बेला प्रशासनले कार्यक्रमस्थलमा निर्मित मंचलाई लक्षित गदै सर्वसाधारणको घरको छतवाट अन्धाधुन्द म्याद सकिएका अश्रु ग्यासका सेलहरुको बर्षा गर्नु, सविन महर्जनलाई ताकेर गोलीहानी हत्या गरिनु, आखै अगाडी घर आगलागी…

Read More

स्याङ्जा ७ बैशाख । मोटरसाइकल चोरी गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुतलीबजार नगरपालिका ३ ढडुवामा आफ्नै घर अगाडी पार्किङ गरी राखेको कालो सिल्भर रङको ग. २४ प. ६९१२ नम्बरको २२० एफ पल्सर मोटरसाईकल सहित कास्की पोखराका २ जना पक्राउ परेका हुन । पक्राउ पर्नेमा पोखरा महानगरपालिका २३ पुम्दीभुम्दीका २९ बर्षे जितु बिक र पोखरा २२ घाँटीछिनाका १९ बर्षिय राम सुनार रहेको प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिनुभयो । ढडुवाका दिपकचन्द्र गोैतमले आफनै घरमा पार्किङ्गरि राखेको मोटरसाइकल बिहीवार रातको १० बजेदेखि हराएको भन्द्र प्रहरीलाई खोजतलासका लागि निवेदन दिनुभएको थियो । अस्थायी प्रहरी पोष्ट मट्टीखान स्याङ्जाबाट खटिएको…

Read More

स्याङ्जा ७ बैशाख । पुतलीबजार नगरपालिका ३ लत्रेपिपलका ४० बर्षिय मिलनबिक्रम सेन शनिवार खोलामा मृत भेटिएका छन् । पुतलीबजार नगरपालिका ५ जुडी स्थित बाडखोलामा उत्तानो अवस्थामा भेटिएको प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिनुभयो । शुक्रवार बेलुका खेतमा पानी लगाउन भनि घरबाट निस्किएका उनी राती अबेरसम्म नफर्किएपछि खोजी गर्दै जाँदा घरबाट करिब १ किलोमीटर पर पानीको बीच भागमा उत्तानो अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेको बताइएको छ । घटनास्थल नजिकै १२ भोल्टको ब्याट्री, तार र माछा राख्ने फुर्लुङ भेटिएको र घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरी भनाई छ ।

Read More

स्याङ्जा ४ बैशाख । जवरजस्ती करणीको आरोपमा अर्जुन भन्ने ख्यामकर्ण दमै पक्राउ परेका छन् । चापाकोट नगरपालिका ८ बस्ने करिब ५५ बर्षे दमैलाई ११ बर्षिया बालिका जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । दमैले गएको साउन १५ गते रातको समयमा जवरजस्ती करणी गरेको र निजलाई कानून बमोजिम कारवाही गरिपाउँ भन्ने उजुरीका आधारमा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिनुभयो । दमैलाई करणी सम्बन्धी कसूर ( जवरजस्ती करणी ) मुद्धा दर्ता गरी मिति २०८१ चैत २८ गते स्याङ्जा जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमती लिई थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Read More

स्याङ्जा ४ बैशाख । कालीगण्डकी गाउँपालिकामा क्याम्पस र ब्यक्तिका पसल तथा घरमा चोरी सहित सवारीसाधन तोडफोड गरेको आरोपमा ४ जना बालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कालीगण्डकी गाउँपालिकाका १८ वर्षीय एक बालक सहित १६ वर्षीय ३ बालक पक्राउ परेका हुन । यसरी पक्राउ पर्नेमा ३ जना स्याङ्जा कालीगण्डकी गाउँपालिकाका र एक जना धादिङ घर भई सोही स्थान बस्ने रहेका प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिनुभयो । कालीगण्डकी गाउँपालिका – ७ मिर्मीमा चोरी तथा सवारीसाधन तोडफोड गरेको आरोपमा चारजना किशोर पक्राउ परेका छन् ।मंगलबार राती बालकहरुले मिर्मी बहुमुखी क्याम्पस र पसलमा तोडफोड सहित चोरी गर्नुका साथै २ वटा मोटरसाइकल…

Read More

स्याङ्जा ४ बैशाख । सात तोला ९६ लाल सुन सहित स्याङजाका ३६ बर्षिय प्रदीप अर्याललाई प्रहरीले पक्राउ गरेको छ। सिद्धार्थ राजमार्ग अन्र्तगत स्याङ्जा र पाल्पाको सिमानामा रहेको राम्दी चेकपोष्टमा उनी पक्राउ परेका हुन । अर्याललाई बुधबार साँझे गल्याङ नगरपालिका – १ राम्दी चेकपोष्टबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिनुभयो । बुटवलबाट स्याङ्जातर्फ आउदै गरेको ग.१ ज. ८८०९ नम्बरको सवारी भ्यानमा रहेका अर्यालसंग रहेको भ्याट बिल नभएको ७ तोला ९६९ लाल सुन जस्तो देखिने पहेंलो धातु भेटिएकाले पक्राउ गरिएको प्रहरीको भनाई छ । वालिङ नगरपालिका – ६ घर भएका अर्याललाई वडा प्रहरी कार्यालय वालिङ्मा राखि थपअनुसन्धान जारीरहेको बताइएको…

Read More

स्याङजा ३ बैशाख । अपांगता सशक्तीकरण तथा सामुदायिक विकास केन्द्र नेपाल ले पहिलो वार्षिकोत्सब मनाएको छ ।बार्षिकोत्सवको अवसरमा पारेर नयाँ बर्षको शुभकामना सहित भित्तेपात्रे विमोचन र जेष्ठ नागरिक सम्मान गरेको छ । अपांगता सशक्तीकरण तथा सामुदायिक विकास केन्द्रको आयोजना तथा दुर्गादेवी सामुदायिक सिकाई केन्द्रको समन्वय, पुतलीबजार नगरपालिका र सामाजिक विकास कार्यालयको सहकार्यमा सो कार्यक्रम गरिएका हुन । नयाँ बर्षको शुभकामनासंगैै क्यालेण्डर विमोचन गर्दै नगरप्रमुख तुलसीराम रेग्मीले संस्था स्थापनाको छोटोे समयमा नै संस्थाले आफ्नो उद्येश्य तथा लक्ष्य अनुरुप राम्रो काम गरेको बताउनुभयो । अपांगता भएका व्याक्तिहरुको क्षेत्रका अतिरिक्त समुदायमा आधारित समावेशी विकासको अवधारणा वमोजिम जेष्ठ नागरिक ,महिला लगायतको क्षेत्रमा समेत कार्य…

Read More