अघिल्लो साता वालिङमा भएको चौरासी पूजाका सहभागी गाउँलेमा कोरोना संक्रमण देखियो । पूजापछि गाउँलेमा ज्वरो, खोकी लगायत कोभिडसंग मिल्दाजुल्दा लक्ष्यण देखेपछि गरिएको परीक्षणमा १९ जनामा कोरोना पुष्टि भयो । अहिले उनीहरु आआफना घरकै आइसोलेसनमा बसेर उपचाररत छन् । वालिङ नगरपालिका १ स्थित धरमपानीका २५ जनाको एन्टिजेन परीक्षण गर्दा १९ जनामा संक्रमण देखिएको छ । अहिले नगरपालिकाले गाउँमा अनिश्चितकालीन सिल गरेको छ । गाउँभित्र जान र त्यस गाउँका कुनै पनि व्यक्ति गाउँभन्दा बाहिर निस्कन नपाउने गरिएको छ । अस्तिमात्र पुतलीबजार नगरपालिका ६ टक्सारस्थित हलेदे गाउँमा पनि विवाह र पूजा भयो । आज र भोलि जस्तोमा भएका धार्मिक कार्यमा गाउँले सहभागी भए…
Author: Syangja Sandesh
कोरोना संक्रमितका उपचारमा थप सहयोग पुरयाउने उदेश्यले हङ्कङ् बस्दै आएका एक दम्पतिले १२ लाख मुल्य बराबरको स्वास्थ्य सामाग्री गृह नगर वालिङमा पठाएका छन्।वालिङ् घरभई हाल हङ्कङ्मा बसेका मोहन (तिला) गुरुङ र बीना गुरुङले वालिङ् स्थित गह«ौं प्राथमिक अस्पताललाई ती सामाग्री पठाएका हुन।आफना छोरी ज्वाईं मार्फत पठाइएका ती स्वास्थ्य सामाग्री बाबा लेप्टिनेन्ट यामबहादुर गुरुङले नगरप्रमुख दिलीपप्रताप खाँणलाई मंगलबार हस्तान्तरण गर्नुभएको हो कोरोना महामारी तीब्र रुपमा फैलिएका अवस्थामा यसका रोकथाम तथा नियन्त्रणमा सहज पुगोस् भनेर स्वास्थ्य सामग्रीहरु उपलब्ध गराईएको गुरुङले बताए। उहाले थप्नुभयो ‘आगामी दिनमा पनि अस्पताललाई सहयोग गर्नेछौं।’नगरपालिकाद्धारा संचालित आईसोलेसन कक्षमा तत्काल प्रयोगमा आउनेगरी उपलब्ध स्वास्थ्य सामग्रीको सहिसदुपयोग गर्नुपर्ने बताउदै यहाँभन्दा…
झण्डै ४० वर्षअघि निर्मित जीर्ण कारागार, त्यसैमाथि क्षमताभन्दा तेब्बर कैदीबन्दी । केही वर्ष पहिलेको ३५ जना बन्दी राख्ने क्षमता बढाएर ५० जना पु¥याएको कारागारमा अहिले १४२ जना कैदीबन्दी छन् । खाली ठाउँ, बरन्डा र भेटघाट गर्ने स्थललाई घेरेर कोठा बनाइएका छन् । स्याङ्जा कारागार स्थापनापछि पुनर्निर्माण हुन सकेको छैन । तत्कालीन सदरमुकाम नुवाकोटबाट २०३७ सालमा स्याङ्जा सदरमुकाममा झारिएको कारागार पछिल्ला केही वर्ष मर्मत र टालटुले व्यवस्थापन गरिँदै आएको छ । २०७२ सालको भूकम्पले समेत कारागारका भित्ताहरु चर्केका छन् । वर्षात्को समयमा पानी चुहिने छाना छन् । नागरिक स्वतन्त्रताका लागि आन्दोलनमा होमिएका बखत तत्कालीन शासकले पक्राउ गरी यही कारागारमा वर्तमान प्रधानमन्त्री…
नयाँ भेरियन्टसहितको कोरोना बढेसँगै स्याङजामा दोस्रो पटकको निषेधाज्ञा जारी छ। सुरक्षा मापदण्ड अवलम्बन गर्नुका साथै सामाजिक दूरी, मास्क र सेनीटाइजरको प्रयोग अनिवार्य गर्न प्रशासनको कडा निर्देशन छ। कोरोना संक्रमणले जताततै त्रसित बनाएका बेला यहाँका कैदीबन्दी भने उही पुरानै अवस्थामा छन्। कैदीबन्दीसँग न मास्क छ, न सेनीटाइजर।कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि मास्क, सेनीटाइटर र सामाजिक दुरी अनिवार्य ठानिएका बेला स्याङजा कारागारमा यसको उपलब्धता छैनन्। शाखाको बजेटले व्यवस्थापन गर्न सकेको छैन। राज्यको नजर केदीबन्दीमा पर्न सकेको छैन। सामाजिक दुरी त परै जाओस् हात सफा गर्ने सेनिटाइजर र सामान्य मास्क समेत कैदीबन्दीले प्रयोग गर्न पाएका छैनन्। सहयोगी दाताले उपलब्ध गराएका मास्क र सेनीटाइजरले…