काठमाडौं १७ असोज । नेकपा एमालेको पहिलो विधान महाधिवेशनमा प्रस्तुत भएको राजनीतिक, संगठनात्मक र विधान संशोधन प्रस्ताव सुझावसहित पारित भएको छ । ३ दिनसम्म ललितपुरको गोदावरीमा चलेको एमालेको महाधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रस्ताव र संगठन विभाग प्रमुख एवम् उपमहासचिव विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रस्ताव सर्वसम्मत पारित भएका हुन् । राजनीतिक प्रतिवेदनमाथि अध्यक्ष ओलीले जवाफ दिएपछि पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले तीन वटै प्रस्ताव पारित गर्न हललाई आग्रह गर्नुभएको थियो । हलले सर्वसम्मत रुपमा ती प्रस्ताव पारित गरेको हो । यसअघि बोल्दै अध्यक्ष ओलीले अताल्लिएर नयाँ पार्टीमा गएका एमालेका नेता कार्यकर्तालाई एमालेमै…
Author: Syangja Sandesh
स्याङ्जा, १७ असोज । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य लीली थापाले नैतिकता र अबिभेदपूर्ण प्रणालीबाट नै मानवअधिकार रहेको बताउनुभयो । गर्भदेखि मृत्युपर्यन्त अधिकारको संरक्षण नै मानवअधिकार रहेकोमा उहाले जोड दिनुभयो।राष्ट्र्यि मानव अधिकार आयोगद्धारा पुतलीबजार नगरपालिकामा आइतवार आयोजित मानवअधिकार कार्ययोजना तथा मानवअधिकारको अवस्था बिषयक छलफल कार्यक्रमलाई सम्बोधन गर्दे उहाले मानवअधिकारका ठूल्ठूला सिद्धान्तिक कुरा गरेर मात्र नभई नैतिक आचरणले मानवअधिकारको रक्षा हुने बताउनुभएक हो । ‘बर्षौं पहिले बुद्धले बुद्ध दर्शन मार्फत सिकाएका नैतिकताका पाठलाई आज फेरि अन्य देशका मानिसले यो यो गर, उसो गर भनेर सिकाउनु दुखद हो।’ उहाले भन्नुभयो, ‘बुद्ध दर्शनका केही कुरा अपनाउन सक्यौं भने विदेशीले हामीबाट सिक्नेछन्। यहाँ सिक्न…
काठमाडौं १६ असोज । एक व्यक्तिको इन्काउन्टर घटनामा तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध जाहेरी दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । नेत्रविक्रम चन्द ९विप्लव० नेतृत्वको नेकपा सर्लाहीका इन्चार्ज कुमार पौडेलको इन्कान्टर प्रकरणमा यस्तो आदेश भएको हो । ‘इन्काउन्टर’मा मारिएका पौडेलकी आमा दुर्गादेवी पौडेलले दिएको जाहेरी प्रहरीले दर्ता गर्न मानेको थिएन । त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको थियो । उक्त रिटमा सुनुवाइपछि सर्वोच्चका न्यायाधीश अनिलकुमार सिन्हा र हरिप्रसाद फुयालको संयुक्त इजलासले उक्त आदेश दिएको हो । ५ असार २०७६ मा पौडेलको प्रहरी गोलीबाट मृत्यु भएको थियो । राष्ट्रिय मानव अधिकार आयोगले प्रहरीबाट उनको…
स्याङ्जा १६ असोज । धवलागिरी हिमालमा पहिलोपटक नेपाली महिलाले सफल आरोहण गरेका छन् । संसारको सातौँ (आठ हजार १६७ मिटर) अग्लो म्याग्दीको धौलागिरी गाउँपालिका ४ मा पूर्णिमा श्रेष्ठ र पासाङ ल्हामु सहित आफ्नो कम्पनीका २० जना पुग्नुभएका सेभेन समिट ट्रेकिङका सञ्चालक मिङ्मा शेर्पाले जानकारी दिनुभयो । गोरखा आरुघाटकी पूर्णिमाको टोलीले यसअघि गत वैशाख ३ गते म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित आठ हजार ८१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेर कीर्तिमान बनाउनुभएको थियो ।
स्याङ्जा १६ असोज । ‘वालिङ् कृषि र पशु उद्यमशीलता विकास परियोजना’ सम्वन्धी प्रशिक्षण एवं अभियान सुरु भएको छ। वालिङका बिपन्न र निम्न आय भएका परिवारलाई आयआर्जन गर्न लगाई गरिवी निवारण गर्ने उद्देश्यले प्रशिक्षण गरिएको हो।कृषि र पशुका माध्यमबाट नगरबासीका आर्थिकस्तरमा सुधार ल्याउनेगरी पालिकाले उद्यमशीलता तालिम संचालन गरेको नगरप्रमुख दिलिपप्रताप खाँणले जानकारी दिनुभयो ।‘हामी दीर्घकालिन योजनाका खाका बनाईअघि बढ्दैछौं, हिजोका भन्दा भोली केही फरक सकारात्मक परिवर्तन देखिनेमा प्रतिवद्ध छौं।,’ उनले भने, ‘कृषि र पशु क्षेत्रमा क्रियाशित हेफरको बिज्ञताले वालिङका कृषकहरुलाई अवश्य सहयोग पुग्नेछैं।’तालिममा हेफर कार्यक्रम प्रवन्धक अनन्त सिलवाल, कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराई, वडाअध्यक्ष केदार काफ्ले लगायतले परियोजनाको योजना, सोच…
स्याङ्जा १६ असोज । आँधीखोला गाउँपालिका(५ ट्याक्टरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । भित्री सडकमा ओरालो झर्दै गरेको ग १ त ३१७८ नम्बरको ट्याक्टरले विपरीत दिशाबाट आउँदै गरेकी ४५ वर्षीय माया विकलाई बिहीबार साँझ ठक्कर दिएको थियो। घाइते विकको उपचारको क्रममा गण्डकी अस्पताल पोखरामा मृत्यु भएको प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए। उनका अनुसार ट्याक्टर चालक ओखलढुंगाका घर भई आँधीखोला(५ बस्दै आएका २७ वर्षीय अनिल राई रहेका छन्। चालक र ट्याक्टर दुवैलाई नियन्त्रणमा लिइएको उहाले बताउनुभयो ।
स्याङ्जा १२ असोज । रेविज दिवसको अवसरमा गल्याङमा ९३ वटा कुकुर र ११ वटा बिरालोलाई निशुल्क रेबिज विरुद्धको खोप लगाइएको छ । दिवसको अवसरमा निशुल्क रेबिज विरुद्धको खोप कार्यक्रम अन्तर्गत मंगलबार जम्मा एक सय चार वटा घरपालुवा कुकुर र बिरालोलाई खोप लगाइएको हो ।गल्याङ नगरपालिका पशु सेवा शाखाको आयोजनामा भएको खोप कार्यक्रमको शुभारम्भ गर्दै गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले घरमा पालेका जनावरहरुको स्वास्थ्यमा पनि उत्तिकै सचेत रहनुपर्ने बताउनुभयो ।उहाँले पशुहरुबाट मानिसमा विभिन्न रोगको संक्रमण हुन सक्ने भन्दै यसबाट जोगिन नियमित खोपको प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।पशु सेवा शाखा प्रमुख सुशिल अर्यालले रेबिज प्राणघातक रोग भएकाले पूर्व सावधानी अपनाउन…
स्याङ्जा , १२ असोज । वालिङमा निशुल्क रेबिज विरुद्धको सप्ताहब्यापी कार्यक्रम मंगलबारबाट शुरु भएको छ । वालिङ नगरपालिका पशु सेवा शाखाको आयोजनामा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जा र लियो क्लब अफ वालिङ सिटीको सहकार्यमा ‘रेबिज तथ्य बुझौं, त्रसित नहोऔं’ भन्ने नाराका साथ शुरु भएको हो । रेबिज विरुद्ध पहिलो पटक प्रभावकारी खोपको विकास गर्ने वैज्ञानिक लुइस पाश्चरको निधन भएको दिन सेप्टेम्बर २८ मा उहाँको योगदानलाई स्मरण गर्दै हरेक वर्ष रेबिज दिवस मनाउने गरिएको छ । जसको फलस्वरुप आजबाट आगामी असोज १२ गतेसम्म १५ औं विश्व रेबिज दिवस मनाईने भएको हो । सप्ताहब्यापी कार्यक्रमको शुभारम्भ गर्नुहुँदै नगर प्रमुख…
स्याङ्जा १२ असोज । नेपाली कांग्रेस स्याङ्जाका एघार वटै पालिकाको नतिजा सार्वजनिक भएको छ। एघार पालिका मध्ये चापाकोट नगरपालिकामा सर्वसम्मत नेतृत्व चयन हो भने अन्य १० पालिकामा मतदान भयो। पाँच नगरपालिका र ६ गाउँपालिका मध्ये वालिङ् नगरपालिका र कालीगण्डकी गाउँपालिकाको नतिजा गएराती मात्र सार्वजनिक भयो। प्रतिस्प्रर्धी उम्मेदवार र मतदाता संख्या बढी रहेकाले ढिलो भएको हो। अधिवेशनको औपचारिक उदघाटन भने शनिवार नै भएको थियो। पुतलीबजार नगरपालिकामा सुरजकुमार अधिकारी २ सय ३२ मतका साथ निर्वाचित हुनु भएकोे छ। उहाका प्रतिस्पर्धी बिक्रान्तकुमार ९सुवर्ण० श्रेष्ठले १ सय ८ मत ल्याउनुभएको थियो । भीरकोट नगरपालिकामा एक मतको अन्तरले यामप्रसाद अधिकारी ९लक्ष्मण० निर्वाचित हुनुभयो । अधिकारीको…
स्याङ्जा ११ असोज । गल्याङ नगर प्रमुख भुपराज अधिकारीले शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकता दिन आग्रह गर्नुभएको छ । भविश्यको निर्धारण वर्तमानको शिक्षाले गर्ने भन्दै उहाँले शिक्षालाई उच्च प्राथमिकता दिन आग्रह गर्नुभयो । गल्याङ नगरपालिका सभाहलमा भएको नगरपालिकाभित्रका प्रध्यानध्यापकहरुको बैठकमा उहाँले बालबालिकाको भविश्यको ठूलो जिम्मेवारी विद्यालय र शिक्षकहरुको भएको बताउनुभयो । नगरप्रमुख अधिकारीले विद्यालयलाई गर्नुपर्ने सबै खालको सहयोगका लागि आफु तयार रहेको भन्दै उत्कृष्ट नतिजाका लागि विद्यालयले नै बढि ध्यान दिनुपर्ने बताउनुभयो । यसैबीच, बैठकले गल्याङ नगरपालिकामा फुलपाती देखि पूर्णिमा सम्म मात्रै विद्यालयमा विदा दिने निर्णय गरेको छ । कोरोनाका कारण लामो समय देखि पठनपाठनमा समस्या आएको भन्दै बैठकले विदा घटाउने…
काठमाण्डौ ११ असोज । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । असोज २१ गते बिहीबार बिहान ११स्६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिए । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११स्४६ बजे अघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्छ । असोज २२ गते शुक्रबार झण्डा फेर्ने साइत ११स्५६ बजे रहेको छ । पश्चिम फर्केर झण्डा फेर्नुपर्ने उनले जानकारी दिए । असोज २५ गते सोमबार पचली भैरव यात्रा गरिन्छ । असोज २६ गते मङ्गलबार फूलपाती परेको छ । फूलपाती बेलुकीको समयमा गरिने र यसको…
काठमाण्डौ ११ असोज । सरकारले गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा पत्रकार विष्णुप्रसाद सुवेदीलाई नियुक्त गरेको छ । सोमबार अपरान्ह सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बसेको मन्त्रीपरिषद बैठकले पत्रकार सुवेदीलाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो । त्यसैगरी सरकारले समाज कल्याण परिषदका उपाध्यक्ष डा. पदमप्रसाद खतिवडा, कोषाध्यक्ष लोकनाथ सुवेदी, सदस्य सचिव पुस्कर खातीसहितका पदाधिकारीहरुले दिनु भएको राजीनामा पनि स्विकृत गरेको नेपाल सरकारका प्रवक्ता एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनु भयो । बैठकले सार्वजनिक पद धारण गर्ने व्यक्तिको सपथ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्ने निर्णय पनि गरेको छ । त्यसैगरी रासायनिक मल नियन्त्रण दोस्रो…
स्याङका ११ असोज । कालीगण्डकी गाउँपालिका ७ स्थित आँधीदोभानमा राखिएका ८ वटा स्टिमर पुरिएको छ।कालीगण्डकी जल यातायात प्रा.लि. अन्तरगत सञ्चालित ती स्टिमर गएराती झरेको पहिराका कारण पुरिएको अध्यक्ष डोलराज भट्टराइले जानकारी दिनुभयो ।स्टिमर पुरिएको खबर पाएपछि घटनास्थल पुगेको उनले स्टिमरमा पूर्ण क्षति भएको जनाए । कोरोना र वर्षात्का कारण स्टिमर सेवा बन्द थिए।आज–भोलीमै स्टिमर सञ्चालन गर्ने भनी सरसफाइ र मर्मतको तयारी पूरा भएको अवस्थामा गएराती झरेको पहिराले स्टिमर पुरेको उहाले बताउनुभयो गएराती एक्कासी पहिरो झरेर लाखौं मूल्य बराबरको स्टिमर पूर्ण क्षति बनाएको उहाको भनाइ छ।कालीगण्डकी ए विद्युत उत्पादनका लागि निर्मित कृत्रिम तालमा स्टिर संचालन गरिन्छ। यहाँ साना र ठूला गरी…
स्याङ्जा ११ असोज । कालीगण्डकी गाउँपालिका ७ स्थित आँधीदोभानमा राखिएका वटा स्टिमर पुरिएको बताइएको छ।कालीगण्डकी जल यातायात प्रा.लि. अन्र्तगत सञ्चालित ती स्टिमर गएराती झरेको पहिराका कारण पुरिएको अध्यक्ष डोलराज भट्टराइले जानकारी दि नुभयो ।स्टिमर पुरिएको खबर पाएपछि घटनास्थल पुगेको उहाले बताउनुभयो । उहाका अनुसार ५÷७ वटा स्टिमर पुरिएको छ, थप बिस्तृत खोजबिन हुदैछ। कोरोना र बर्षात्का कारण स्टिमर सेवा बन्द थिए।आज भोलीमा संचालन गर्ने भनि तयारी भैरहेको अवस्थामा पहिराले स्टिमर पुरेपछि स्टिमर सञ्चालक चिन्तामा परेको उहाले बताउनुभयो ।४ दिनअघि बर्षात् भएपनि २ दिनअघिदेखि चर्को घाम लागेको थियो। गएराती एक्कासी पहिरो झरेर लाखौं मूल्य बराबरको स्टिमर पूर्ण क्षति बनाएको उहाको भनाई…
स्याङ्जा ११ असोज । नेपाली काङ्ग्रेस १४ औं महाधिबेशन अन्र्तगत कालीगण्डकी गाउँपालिका कांग्रेस सभापतिमा नरबहादुर राना ८१ मत ल्याई बिजयी हुनु भएको छ । उहाका निकटतम प्रस्प्रिर्धी यामप्रसाद पाण्डेले ६९ मत पाउनुभएको थियो । यसैगरी, सचिवमा डोलराज पाण्डे र प्रेमनारायण न्यौपाने, सहसचिवमा चुडामणी पाण्डेय र गोपालप्रसाद पाण्डे निर्वाचित हुनुभएको छ । यहा १६१ मतदाता थिए। योसंगै स्याङ्जा जिल्लाभरको नगर÷गाउँ सभापतिको नजिता सार्वजनिक भएका छन्।