Author: Syangja Sandesh

स्याङ्जा २८ असोज । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना र बली दिएर मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दशैंघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती, श्रीमद्देवी भागवत एवं देवी स्तोत्र पाठ गरिन्छ । पशुबलि नदिनेले भने आज आ–आफ्नो कुल परम्परा अनुसार कुभिण्डो, घिरौँला, मूला, काँक्रो र जटा नरिवल समेत बलि दिई पायस पनि चढाउने गर्दछन् । अधिकांश स्थानमा महाअष्टमीको दिनमा बलि…

Read More

काठमाण्डौं २७ असोज । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप २०२१ मा नेपाल फाइनल प्रवेश गरेको छ। बुधबार माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा भएको खेलमा बंगलादेशलाई बराबरीमा रोक्दै नेपाल पहिलोपटक फाइनलमा पुगेको हो। नेपालले बंगलादेशविरूद्ध दोस्रो हाफमा गोल गरेको थियो। नेपालका लागि अन्जन विष्टले ८८ औं मिनेटमा पेनाल्टी मार्फत् गोल गर्नुभएको हो । बंगलादेशका सुमन रेजाले नेपाल विरूद्ध खेलको नवौं मिनेटमा गोल गर्नुभएको थियो । बराबरीसँगै नेपालले चार खेलबाट ७ अंक जोडेको छ। दोस्रो स्थानको माल्दिभ्सको ६ अंक र तेस्रो स्थानमा भारतको ५ अंक छ। फाइनलमा पुग्न माल्दिभ्सलाई बराबरी भए पुग्छ भने भारतलाई जीत चाहिन्छ। यो खेलको नतिजापछि नेपालले फाइनलमा भिड्ने टिमको…

Read More

काठमाण्ठौं २७ असोज । युरोपियन सङ्घले अफगानिस्तानलाई एक बिलियन यूरो अर्थात् झन्डै साढे ८ हजार करोड भारतीय रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । युरोपियन सङ्घका प्रमुख उर्सुला वन्डर लेनले यो आर्थिक सहयोग तालिबानलाई नभइ अफगानिस्तानका सर्वसाधारणलाई दिइने बताउनुभयो । उहाँले त्यहाँ काम गरिरहेका अन्तर्राष्ट्रिय सहयोग एजेन्सीहरूमार्फत् सर्वसाधारणलाई दिने जानकारी दिनुभयो । यस आर्थिक सहयोगले अफगानिस्तानको मानवीय र सामाजिक आर्थिक संरचनालाई परिवर्तन गर्नमा ठूलो भूमिका निर्वाह गर्ने उहाँको भनाइ छ ।

Read More

जनकपुरधाम २७ असोज । आज बडादसैँको महाअष्टमी, जनकपुरधामका शक्तिपीठ तथा दुर्गा भनावीको प्रतिमा बनाएको ठाउँमा विवाहित महिलाहरूले खोइछ भरेर पर्व मनाइरहेका छन् । खोइछ भर्नका लागि जनकपुरधामका शक्ति पिठहरूमा बिहानैदेखि भक्तजनहरूको भीड लागेको छ । श्रीमान, सन्तानको लामो आयू र परिवारको सुख शान्ति एवं समृद्धिका लागि दुर्गा भवानीको मन्दीरमा विवाहित महिलाहरूले खोइछ भर्ने परम्परा रहेको छ । सप्तमीदेखि नवमीसम्म शक्तिपीठमा हिन्दु महिलाहरू पूजापाठका लागि जम्मा हुने गरेका छन्। नयाँ कपडामा फूल,फल,अक्षतासहित सोह्र श्रृङ्गारका सामान राखेर आफ्नोश्रीमानको दीर्घायुको कामनासहित महिलाहरू दुर्गा भवानीका विभिन्न रुपलाई पूजा गर्दछन् । मधेसी संस्कृतिमा छोरी÷बुहारीलाई विदाइ गर्दा उसको समृद्धिका लागि खोइछ दिने परम्परा परापूर्व कालदेखि रहँदै…

Read More

स्याङ्जा २७ असोज । नेवार समुदायले कुछी भ्वय खाएर महाअष्टमी पर्व मनाउँदै । बडादसैँको आठौँ दिन आज बेलुका नेवार समुदायले कुछी भ्वय खाएर महाअष्टमी पर्व मनाउँदै छन्। नेवारी समुदायमा कुछीको अर्थ दुई माना हो भने भ्वयको अर्थ भोज हो। महाअष्टमीको दिन विशेष गरेर केराको पातमा भोज खाने चलन छ। कुछी भ्वय खान तरकारीका परिकारमात्रै १२ थरी चाहिन्छ भने छोयला पनि १२ टुक्रा राखिन्छ। नेवार समुदायमा जुठो परे पनि कुछी भ्वय् खानुपर्ने मान्यता रहेको छ। जुठो परेको घरमा मासु खान नहुने भएकाले मासुको सट्टा अदुवा राख्ने र मासको बाराको सट्टा केराउको बारा राख्ने प्रचलन रहेको छ।

Read More

स्याङजा २७ असोज । बडादसैंको आठौं दिन आज महाअष्टमी पर्व । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्वमा दुर्गा भवानीको भव्यरुपमा पूजाआराधना गरीन्छ । आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरिन्छ । महाअष्टमीका दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको छ । आजको दिन शास्त्रसम्मतरुपमा दसैंघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजाआजा गरिन्छ । यसक्रममा दुर्गा सप्तशती, श्रीमद्देवीभागवत् र देवी स्तोत्र पाठ गरिन्छ । आजको रातलाई कालरात्रिका रुपमा पशुबलिको विधि र पूजाआजासहित मनाउने गरिन्छ । कालरात्रिको पूजा विधि र संकल्पसमेत छुट्टै हुने भएकाले यसको विशेष महत्व छ । आज पनि…

Read More

स्याङ्जा २६ असोज । भीरकोट नगरपालिका( ९ ठुलीभन्ज्याङ्स्थित सूर्योदय युवा क्लबले २९ औं वार्षिकोत्सवसँगै दसैंको शुभकामनासहित खुल्ला भलिबल प्रतियोगिता गरेको छ। भलिबल प्रतियोगिताको सुभारम्भ गर्दै नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका सचेतक भागवतप्रकाश मल्लले खेलका माध्यमबाट नाम र दाम कमाउन सकिने अवस्था रहेकाले खेलाडीलाई स्थापित गर्नका लागि आफू प्रतिवद्ध रहेको बताउनुभयो । जिल्लाको परिवेश सुहाउँदो खेल चयन गरी अघि बढ्न युवालाई आग्रह गर्दै दसैंको शुभकामना व्यक्त गर्नुभयो ।कार्यक्रममा भीरकोट नगरप्रमुख छायाराम खनाल, नेपाल महिला संघका केन्द्रीय उपाध्यक्ष सरस्वती तिवारी, नेपाली कांग्रेसका क्षेत्रीय सभापति अर्जुनप्रकाश अर्याल, स्याङ्जा काठमाण्डौं सम्पर्क समितिका अध्यक्ष देवीप्रसाद अर्याल, नगर प्रवक्ता एवं तरुण दलका क्षेत्रीय अध्यक्ष दिपेन्द्र…

Read More

मुगु २६ असोज । मंगलवार मुगुमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुगेको छ। २४ जनाको घटनास्थलमै र ८ जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो। घाइतेमध्ये ३ जनाको हेलिकोप्टरबाट र १२ जनाको हवाइजहाजबाट उद्दार गरी उपचारका लागि नेपालगञ्ज लगिंएको छ । तीमध्ये ८ जनाको मृत्यु भएको छ । घाइते एकजना बालिकाको भने जिल्ला अस्पताल मुगुमा उपचार भइरहेको छ। नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस मंगलबार दिउँसो २ बजेतिर दुर्घटनामा परेको थियो। अप्ठ्यारो भिरालो बाटोका कारण दुर्घटना भएको प्रहरीको प्राम्भिक अनुसन्धानले देखाएको छ।

Read More

पोखरा २६ असोज । सोह्र श्राद्ध सकिएसँगै पोखरामा दसैंको लागि हिमाली जिल्लाबाट भेडा च्याङ्ग्रा भित्रिएका छन ्। दसैंमा भित्रिने भेडा च्याङ्ग्रा किन्न पोखराको हेमजा, यमदी, टुडीखेलमा ठूलो मेला लाग्ने गर्दछ । बिशेषत फूलपातीका दिन यहाँ बृहत मेला झैं हुन्छ । यतिबेला पोखरामा दसैंका लागि मात्रै ८२ सय भेडा च्याङ्ग्रा भित्रिएको पोखरा महानगरपालिकाका पशु सेवा शाखाका प्रमुख नवराज अधिकारीले जानकारी दिनुभयो । ७ हजार च्याङ्ग्रा र १२ सय भेडा आइतबारसम्म पोखरामा भित्रिएका हुन । गत वर्ष दसैंभरि २५ हजार भेडा च्याङ्ग्रा भित्रिएको बताइएको छ । मुस्ताङ, दार्चुला, डोल्पा, बजाङ लगायतका हिमाली क्षेत्रबाट पोखरामा भेडा च्याङ्ग्रा भित्रिएको अधिकारीले जानकारी दिनुभयो । खशी…

Read More

गोरखा २६ असोज । गोरखा दरबारबाट पठाइएको फूलपाती हनुमान ढोकास्थित दशैंघरमा भित्र्याइएको छ । दशैंको सातौं दिन गोरखा दरबारबाट पठाइएको फूलपाती शास्त्रीय विधिअनुसार हनुमान ढोकास्थित दशैंघरमा भित्र्याइएको हो । मंगलबार बिहान ८ः२५ को साइतमा गोरखा दरवारबाट निकालिएको फूलपाती अपरान्ह साढे ४ बजे बाजागाजा सहित दशैँघरमा भित्र्याइएको हो । अशोक, बेल, दारिम, सामा, धान, उखु, केरा, जयन्तीका र हलेदो फूलपातीका रुपमा दशैंघरमा भित्र्याइएको हो । नवपत्रिकाको नामले चिनिने फूलपाती नौ देवीको प्रतिकका रुपमा भित्र्याइ शास्त्रीय विधिअनुसार देवीको आराधना गर्ने र शक्ति ग्रहण गर्ने परम्परा रहेको । राज्य एकीकरणको अभियानमा पृथ्वीनारायण शाहले काठमाडौंमाथि विजय पाएपछि काठमाडौंलाई देशको राजधानी बनाएको र त्यसपछि गोरखा…

Read More

स्याङ्जा, २६ असोज । संबिधानसभा सदस्य एवं युवा नेता राजु थापाले लोक तथा दोहोरी स्याङ्जाको पहिचान भएकाले यसको संरक्षण र सम्बद्र्धन गर्न जरुरी रहेको बताउनुभएको छ । उहाँले लोक तथा दोहोरीगीतलाई मनोरंजनका रुपमा मात्र उपयोग नगरी हाम्रा धर्म, कला, संस्कृतिको दस्तावेजका रुपमा बचाईराख्न हामीसबैको जिम्मेवारी रहेकोमा जोड दिनुभयो ।अग्रजलाई सम्मान नव प्रतिभालाई प्रोत्साहन भन्ने नाराका साथ राष्ट्रिय लोक तथा दोहारी गीत प्रतिष्ठान स्याङ्जाको १९ औं साधारणसभाको उदघाटन गर्दै संबिधानसभा सदस्य थापाले सो कुरा बताउनुभएको हो। ‘लोक संस्कृति बिनाको समाज र पूर्ण हुदैन।’ उहाले भन्नुभयो, ‘नैतिक आचरण, कला, संस्कृति र संस्कार बचाउन राज्यको सकारात्मक सहयोग र लगानी आवश्यक रहन्छ।’ नेपाली कांग्रेसका…

Read More

स्याङजा २६ असोज । आज फुलपाती, बडादशैंको सातौं दिन । सप्तमी तिथिमा पर्ने यस दिन हिन्दु धर्मावलम्बीहरुको महान चाड बडादशैंको महत्वपूर्ण दिन पनि हो । घटस्थापनाका दिन राखिएको जमरा र फुलपातीलाई आज दशैंघरमा भित्र्याईन्छ । कालरात्री देवीको पूजा अर्चना गरिनुका साथै नेपालीका घरघरमा फुलपाती भित्र्याईन्छ । दसैंघरमा उखुको बोट, केराको बोट, बेलपत्र, दारिम, अशोक, बेल, मानक, कर्चुर, धानको बोट, जयन्ती, धानको बाला, अशोकको पात, अदुवाको बोट र नयाँ फलफुलका पालुवालाई शुभ साईतका रुपमा फुलपाती मानेर भित्र्याईन्छ । काठमाडौको वसन्तपुरमा भने गोरखा दरबारको दसैंघरबाट ल्याइएको फुलपाती परम्परा अनुसार नै भित्र्याईंदै आएको छ । त्यसैगरी आज देशभरिका प्रमुख शक्ति पिठ, देवी मन्दिर,…

Read More

पोखरा २५ असोज । नेपालबाट यस वर्षको मनसुन बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटिन निकालेर मनसुन बाहिरिएको जानकारी दिएको छ । अक्टोबर २ अर्थात् गएको असोज १६ गते मनसुन बाहिरिने अनुमान गरिएकोमा ९ दिन ढिला गरी मनसुन बाहिरिएको विभागले जनाएको छ । यस वर्ष गएको जेठ २८ गते मनसुन नेपाल भित्रिएको थियो । देशका ८६ ठाउँमा रहेका मापन केन्द्रको रेकर्ड अनुसार यस वर्षको मनसुनमा औसतभन्दा १५ प्रतिशत बढी वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जेठ अन्तिमदेखि असोज मध्यसम्म अर्थात् झन्डै चार महिना चल्ने मनसुनमा वर्षभरि पर्ने पानीको ८० प्रतिशतभन्दा धेरै पर्ने गर्दछ । मनसुन…

Read More

पोखरा २५ असोज । काठमाडौंबाट आज घान्द्रुक घुम्न आएका ७ जना सहित ९ जना सवार जिप दुर्घटना भएको छ । दुर्घटनामा चालक सहित ८ जनाको मृत्यु भएको छ । कास्कीको नयाँपुलबाट घान्द्रुक जाँदै गरेको जिप घान्द्रुक गाउँ पुग्नु अघिको कलाभिरमा दुर्घटना भएको हो । ग १ ज ६९०० नम्बरको जिप सडकबाट झण्डै डेढ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । पोखराबाट पर्यटकीय क्षेत्र अन्नपूर्ण–११ घान्द्रुक जाँदै गरेको गाडीमा सवार चालक सहित ९ जना मध्ये ८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा अन्नपूर्ण ५ नयाँपुल बस्ने ४२ वर्षका खुसीमान क्षेत्री, काठमाडौं महानगर ३ गोंगबुका १८ वर्षका जिनलव…

Read More

पोखरा २५ असोज । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले काँग्रेस सांसद डोबाटे विश्वकर्मालाई मन्त्रीमा नियुक्त गर्नुभएको छ । मुख्यमन्त्री पोखरेलले आज सांसद विश्वकर्मालाई मन्त्रीमा नियुक्त गर्नुभएको हो । विश्वकर्मालाई विनाविभागीयमन्त्री नियुक्त गरिएको पत्रप्रदेश प्रमुखको कार्यालय पठाइसकिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार भरत कोइरालाले जानकारी दिनुभयो । ६० प्रदेशसभा सदस्य रहेको गण्डकीमा अहिले ११ मन्त्री छन् । कुल प्रदेशसभा सदस्यको २० प्रतिशत सांसदलाई मन्त्री बनाउन सकिने व्यवस्था संविधानमा रहेको छ ।

Read More