Author: Syangja Sandesh

स्याङजा, २० साउन । चापाकोट नगरपालिकाबाट प्रवाह हुने सबैखालका सेवा बुधवारदेखि बन्द गरिएको छ। कोरोना भाइरस संक्रमण बढेसंगै नगरपालिकाको आकस्मिक बैठकले आजदेखि लागु हुने गरी १० दिनको लागि बन्द गर्ने निर्णय गरेको हो।नगरपालिकाले प्रेस विज्ञप्ति मार्फत साउन २९ गतेसम्म स्वास्थ्य सेवा वाहेकका सम्पुर्ण सेवाहरु बन्द रहने जनाएको छ। नगरभित्रका कार्यालय सहित बैंक तथा वित्तीय संस्थाहरु, सरकारी तथा अर्धसरकारी गैरसरकारी संघ संस्थाहरु तथा शैक्षिक संघसंस्थाहरु सबै पूर्ण रुपमा बन्द गर्ने गराउने निर्णय गरेको नगरप्रमुख शिवकुमार गिरीले जानकारी दिनुभयो ।नगर प्रमुख शिवकुमार गिरीले अत्यावश्यक बाहेक घरबाहिर ननिस्कन अनुरोध गरेका छन्। निस्कनु परेमा स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्नुपर्नेछ। तोकिएको समयभित्र र तोकिएका पसलमा…

Read More

स्याङजा २० साउन । कोरोना संक्रमण बृद्धि भएसंगै स्याङजा प्रहरीले ‘तपाईंको मास्क खोइ ?’ अभियान सुरु गरेको छ। मास्क नलाएका ब्यक्ति भेट्ने बित्तिकै प्रहरीले सोध्ने र उत्नीखेरै मास्क उपलब्ध गराउने गरेको छ।जिल्ला प्रहरी कार्यालयले सदरमुकाम, वडा कार्यालय वालिङले वालिङमा र इलाका प्रहरी कार्यालय चापाकोटले चापाकोट क्षेत्र वरपर मास्क खोइ अभियान सुरु गरेको प्रहरी निरीक्षक पदमराज थापाले जानकारी दिनुभयो ।।निमित्त सूचना अधिकारी समेत रहेका थापाले पुतली बजारनगरपालिका स्थित शहिदचोकबाट स्याङ्जा बजार ,ट्राफिक चोक ,अभियान पथ , ग्यालेक्सी चोक सहित स्याङ्जा बजार क्षेत्रमा कोभिडका तेस्रो लहर सम्बन्धी जनचेतना सम्बन्धी माईकिङ गरेको जनाउनुभयो । हाल उच्च जोखिमको अबस्थामा रहेको कोभिड संक्रमणबाट सुरक्षित रहनको…

Read More

स्या्ङजा। १९ साउन । भौगोलिक रुपले अत्यन्तै विकट गण्डकी प्रदेशको हिमाली जिल्ला मनाङ र मुस्ताङका सबै नागरिक अन्ततः खोपको पहुँचमा जोडिएका छन् । प्रदेशकै सबैभन्दा न्यून जनसंख्या रहेको मनाङ र मुस्ताङका सबै स्थानीय तहका शतप्रतिशत नागरिकलाई खोप लगाउने कार्य पूरा भइसकेको मनाङ र मुस्ताङका स्वास्थ्य कार्यालयले जनाएका छन् । हिमाली जिल्ला मनाङ र मुस्ताङमा एकैसाथ माघ १४ गतेदेखि कोरोना बिरुद्धको खोप अभियान सुरु गरिएको थियो । कोरोना बिरुद्धको कोभिशिल्ड खोप अभियान सुरु गर्दा त्यससमय खासै कठिनाई र चुनौती व्यवहोर्न नपरेपनि पछिल्लो समय अमेरिकन जोन्सन एण्ड जोन्सन ,भरोसिल र कोभिशिल्डको दोश्रो डोज खोप अभियानमा भने यी दुई जिल्लाले निकै कठिनाई भोग्नु…

Read More

काठमाडौं १९ साउन । भारत र चीनले दुई देशका सैनिकबीच सञ्चार गर्न सिक्किमको सीमावर्ती क्षेत्रमा हटलाइन स्थापना गरेका छन् । उत्तरी सिक्किमको कोङ्ग्रा लामा रहेका भारतीय सैनिक र तिब्बतको खाम्बा जोङमा रहेका जनमुक्ति सेनाबीच कुरा गर्न हटलाइन सेवा सुरु गरिएको भारतीय सञ्चारमध्यमहरुले जनाएका छन् । हटलाइनको उद्घाटन गर्दै दुवै देशका स्थानीय सैनिक कमाण्डरले सन्देश आदान–प्रदान गरेका थिए । चिनियाँ जनमुक्ति सेना स्थापनाकै दिन सो हटलाइन सुरू भएको हो । हटलाइनबाट मित्रता र एकताको सन्देश आदान–प्रदान भएको भारतीय सेनाले जनाएको छ । करिब ३४ सय किलोमिटर सीमा निर्धारण हुन बाँकी रहेका भारत र चीनबीच गत वर्ष सीमामा तनाव बढेको थियो ।

Read More

रुपन्देही १९ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले ३४ सांसदको हस्ताक्षरसहित पोखरेलविरुद्ध आज मङ्गलवार अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । मुख्यमन्त्री पोखरेलले संसदको बहुमत गुमाएको प्रस्तावमा उल्लेख छ । विपक्षी गठबन्धनले माओवादीका नेता कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्रीका रूपमा प्रस्ताव गरेका छन् । लुम्बिनीमा मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको यो तेस्रो पटक हो । यसअघि गएको वैशाख ६ र २६ गते अविश्वास प्रस्ताव दर्ता भएको थियो । लुम्बिनीमा ८० सदस्य प्रदेश सभा कायम रहेकाले बहुमतका लागि ४१ सदस्य आवश्यक पर्छ । यसअघि माओवादीमा…

Read More

काठमाडौं, १९ साउन । निर्वाचन आयोगले विभिन्न ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । आयोगको मंगलबार बसेको बैठकले साउन २० गतेदेखि लागू हुने गरी ४१ वटा दलको दर्ता खारेज गर्ने निर्णय गरेको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । अब ९५ वटा दलको मात्र दर्ता कायम रहेको उहाले बताउनुभयो । आयोगले खारेज भएका प्रत्येक राजनीतिक दललाई ५० हजार जरिवाना तोकेको छ । त्यसलाई सरकारी बाँकी सरह असुल उपर गर्न केन्द्रीय तहसिल कार्यालयलाई लेखी पठाएको छ । जरिवाना नतिरेसम्म खारेज भएका दलका केन्द्रीय पदाधिकारीले अरु दल दर्ता गर्न र आयोगमा दर्ता भएका अरु दलको पदाधिकारी बन्न नपाउने प्रवक्ता श्रेष्ठको भनाई…

Read More

काठमाडौं १९ साउन । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले अन्तराष्ट्रिय क्रिक्रेटबाट सन्यास लिनुभएको छ । खड्काले आज सामाजिक सञ्जालमा लेख्दै अन्तराष्ट्रिय क्रिक्रेटबाट सन्यास लिएको घोषणा गर्नुभएको हो । उहाँले राष्ट्रिय क्रिक्रेटमा भने खेल्ने जनाउनुभएको छ । पारसले सन् २००४ मा १५ वर्षदेखि क्रिक्रेट खेल्न सुरु गर्नुभएको हो । ‘अन्तर्राष्ट्रिय क्रिकेटरका रुपमा मेरो यात्रा टुंगिएको छ तर नेपाली क्रिकेटका लागि मेरो सपना भने अझै बामे सर्दैछन्,’ उहाँले भन्नुभएकाे छ, ‘मैदानभित्रका यी दुई दशक जीवन रहुञ्जेल मिठो यादका रुपमा मसँग रहनेछन् । हामी सबैले मिलेर नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याउने छौँ भन्ने विश्वास लिएको छु ।’ उहाँकै कप्तानीमा नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा…

Read More

बुटवल १६ साउन । लुम्बिनी प्रदेशसभाका विपक्षी चार दलले नेकपा एमाले नेतृत्वको सरकार अल्पमतमा रहेको भन्दै यसलाई विघटन गरी अर्को सरकार गठनको व्यवस्था मिलाउन आग्रह गरेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा संसदीय दलका नेताहरूले प्रदेश प्रमुख अमिक शेरचनलाई ध्यानाकर्षण पत्र बुझाउँदै आफूहरूको पक्षमा प्रदेशसभामा बहुमत रहेको जानकारी गराएका छन् । हाल कायम रहेको ८० सदस्यमध्ये ४२ जनाको समर्थन आफूहरूसँग रहेको र सरकारलाई ३८ जनाको मात्र समर्थन रहेको विपक्षीको भनाइ छ । वैशाख १९ गते संसद्मा प्रस्तुत अविश्वास प्रस्तावको सामना नगरी मुख्यमन्त्री पोखरेलले प्रदेशसभा अधिवेशन अन्त्य गर्नुभएको थियो । त्यसपछि राजीनामा दिनुभएका पोखरेलले प्रदेशसभामा…

Read More

काठमाण्डौं १६ साउन । अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्बाङ र राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको विषयमा छानविन गर्न खेलकुद मन्त्रालयलाई अनुरोध गरिने भएको छ । एन्फाको केन्द्रीय समितिको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो । यसअघि प्रमुख प्रशिक्षक अलमुताइरीले वरिष्ठ उपाध्यक्ष नेम्बाङका कारण आफू राजीनामा दिन गइरहेको भन्दै फेसबुकमा लेख्नुभएको थियो । लगत्तै नेम्बाङले अलमुताइरीको आरोप खण्डन गर्दै छानविनको माग गर्नुभएको थियो । त्यसपछि दुवैले छानविन गर्न एन्फामा निवेदन दिएका थिए । एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्बाङ तथा पुरुष राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले एन्फा सचिवालयमा दिएको निवेदन उपर छलफल गर्दा उक्त…

Read More

काठमाण्डौं१६ साउन । अफगानिस्तानको हेरात प्रान्तमा विद्रोहीको आक्रमणमा परेर एक अफगान सुरक्षा गार्डको मृत्यु भएको छ ।सरकारी सेना र तालिवानी लडाकूबीच द्वन्द्व चलिरहेका बेला पश्चिमी अफगानिस्तानको हेरात प्रान्तस्थित संयुक्त राष्ट्रसंघको कार्यालय अघि आक्रमण भएको हो । २० वर्षदेखि आफगानिस्तानमा रहेको अमेरिकी सेना स्वेदश फिर्ता हुन थालेदेखि नै गत मे महिनादेखि तालिवानी लडाकूहरुले आफ्ना सैन्य गतिविधिलाई तीव्र पारेका छन् । जसका कारण देशभर हिंसात्मक गतिविधिहरु भइरहेको बताइएको छ । तालिवानीहरुले देशका २ तिहाइ भागमा आफ्ने नियन्त्रण रहेको बताउँदै आएका छन् ।तालिवानीको सशस्त्र गतिविधिका कारण हजारौं नागरिक विस्थापित भएको भन्दै अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरुले चिन्तासमेत व्यक्त गरेका छन् ।अफगान सरकारले तालिवानीविरुद्धको कारवाही जारी…

Read More

गायत्री लम्साल साउन १४ । आज हामी एक्काइसौं शताब्दीको समाजमा छौं। जहाँ फोस्रा आडम्बरले ढाकिएको आधुनिकताभित्र लैंगिकविभेद छताछुल्ल छ। संविधान लगायत मौजुदा नीति, नियमले लैंगिक समानताको वकालत गरे तापनि व्यावहारिकतामा भने त्यो हुन सकेको छैन। नेपाल मात्र नभएर विश्वका अविकसितदेखि विकसित राष्ट्रमा समेत लैंगिक विभेदका मुद्दाहरू व्यापक छन्। सृष्टिका दुईवटा पांग्रालाई आजको समाजले बुझेर पनि विभेद किन गर्छ रु भनाइ, गराइ र भोगाइमा हामी कहाँनेर चुक्यौं रु लैंगिक विभेदलाई प्रश्रय दिने खालका हाम्रा सामाजिक संरचना, सोच, मूल्य, मान्यता, प्रथा र परम्परालाई किन सुधार गर्दैनौं हामी रु एउटै परिवारभित्र विभेद गर्ने हाम्रा सोच, विचार, संस्कार, पद्दति र मानसिकता बोकेर कसरी विकासको…

Read More

काठमाण्डौं १५ साउन । भारतमा भ्रमणका क्रममा अमेरिकी विदेश मन्त्री एन्थोनी ब्लिङ्केनले तिब्बती बौद्ध धर्म गुरु दलाई लामाका प्रतिनिधिसँग भेटवार्ता गरेपछि चीनले कडा आपत्ति जनाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियाने तिब्बतको विषय सम्पूर्ण रुपमा चीनको आन्तरिक मामिला भएको र यसमा कुनै पनि विदेशी हस्तक्षेप स्वीकार गर्न नसकिने बताउनुभयो । चीनले कुनै पनि विदेशी अधिकारी र दलाई लामाबीचको सम्पर्कको विरोध गर्ने उहाँले बताउनुभएको छ । अमेरिकाले आफ्नो प्रतिबद्धतामा कायम रहनुपर्नेमा पनि चीनले जोड दिएको छ । चीन आफ्नो हितको रक्षाका लागि हरेक कदम उठाउन तयार रहने विदेश मन्त्री झाओले बताउनुभयो ।

Read More

काठमाडौं १५ साउन । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार- २०७७ को लागि छनाेट गरेका नाैवटा पुस्तकहरुकाे सूची सार्वजनिक गरेकाे छ । सूचीमा प्रभा बरालको फिलिङ्गो, लेखनाथ क्षेत्रीको फुलाङ्गे, केशव दाहालको मोक्षभूमि, जेशन कुँवरको रमिते र भगिराज इङनामको लिम्बुवानको ऐतिहासिक दस्ताबेज संग्रह १७१९-२०२० छन् ।यसैगरी सूचिमा गिरी श्रीस मगरको एकलब्यको देब्रे हात, कृष्ण अविरलको करिया, कुमार नगरकोटीको कल्प ग्रन्थ, वैरवबहादुर थापाको नृत्याक्षर विज्ञान रहेका छन् । गुठीका अनुसार २०७७ सालको पुरस्कारका लागि २२२ वटा पुस्तक प्राप्त भएकामा ती मध्येबाट बढीमा १० पुस्तकहरूको श्रेष्ठ सूची तयार गर्न समिति गठन गरिएको थियो । समितिले गुठीलाई ९ पुस्तकको नाम उपलब्ध गराएको हो ।अप्रकाशित सामग्रीहरूको…

Read More

तोलाकान्त बगाले वालिङ, १५ साउन । वालिङ नगरपालिकाका नगर प्रमुख दिलीपप्रताप खाँणले सामूहिक सहकार्यबाट मात्र विकास सम्भव भएको बताउनुभएको छ । वालिङ नगरपालिकाले आयोजना गरेको वडा तथा नगरका विभिन्न शाखाहरुले गत आर्थिक वर्ष २०७७÷०७८ मा गरेका कार्यहरुको वार्षिक समीक्षा कार्यक्रममा बोल्नुहुँदै उहाँले विकासका लागि जनप्रतिनिधि तथा कर्मचारी सबैको सामूहिक पहल आवश्यक रहेको बताउनुभएको हो । अघिल्लो आर्थिक वर्षमा भएका गतिविधिहरुको तथ्यांकलाई तुलना गर्दै आगामी आर्थिक वर्षका योजनाहरु बनाउने र त्यसको कार्यान्वयनमा जोड दिंदै अगाडि बढ्नुपर्ने सुझाव उहाँले दिनुभएको छ । “१४ वटै वडा र नगरस्थित रहेका विभिन्न शाखाहरुले गरेका असल अभ्यासहरुको अनुकरण गर्दै आ–आफ्नो क्षेत्रमा रचनात्मक तवरले लागेमात्रै उपलब्धी देखिन्छ”…

Read More

लुम्बिनी १५ साउन । लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी जसपाबाट मन्त्री बनेका तीन जना सांसदको पद गुमेको छ । प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै उहाहरुलाई पदमुक्त गरेको हो । पदमुक्त हुनेमा सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेय हुनुहुन्छ । उहाहरुले प्रदेश सभाको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने जसपा उपेन्द्र यादव पक्षको ह्विप उल्लंघन गरेर पक्षमा मतदान गरेको भन्दै पदमुक्त गरिएको हो । जसपा कार्यकारिणी समितिको बैठकले ह्विप उलंघन गरेको भन्दै गत असार ३ गते उनीहरु तीन जनासहित सुमन शर्मा रायमाझीलाई स्पष्टीकरण सोधेको र त्यसको चित्तबुझ्दो जवाफ नदिएकाले राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार कारबाही गरेको यादवले बताउनुभयो ।…

Read More