Author: Syangja Sandesh

गोरखा २६ असोज । गोरखा दरबारबाट पठाइएको फूलपाती हनुमान ढोकास्थित दशैंघरमा भित्र्याइएको छ । दशैंको सातौं दिन गोरखा दरबारबाट पठाइएको फूलपाती शास्त्रीय विधिअनुसार हनुमान ढोकास्थित दशैंघरमा भित्र्याइएको हो । मंगलबार बिहान ८ः२५ को साइतमा गोरखा दरवारबाट निकालिएको फूलपाती अपरान्ह साढे ४ बजे बाजागाजा सहित दशैँघरमा भित्र्याइएको हो । अशोक, बेल, दारिम, सामा, धान, उखु, केरा, जयन्तीका र हलेदो फूलपातीका रुपमा दशैंघरमा भित्र्याइएको हो । नवपत्रिकाको नामले चिनिने फूलपाती नौ देवीको प्रतिकका रुपमा भित्र्याइ शास्त्रीय विधिअनुसार देवीको आराधना गर्ने र शक्ति ग्रहण गर्ने परम्परा रहेको । राज्य एकीकरणको अभियानमा पृथ्वीनारायण शाहले काठमाडौंमाथि विजय पाएपछि काठमाडौंलाई देशको राजधानी बनाएको र त्यसपछि गोरखा…

Read More

स्याङ्जा, २६ असोज । संबिधानसभा सदस्य एवं युवा नेता राजु थापाले लोक तथा दोहोरी स्याङ्जाको पहिचान भएकाले यसको संरक्षण र सम्बद्र्धन गर्न जरुरी रहेको बताउनुभएको छ । उहाँले लोक तथा दोहोरीगीतलाई मनोरंजनका रुपमा मात्र उपयोग नगरी हाम्रा धर्म, कला, संस्कृतिको दस्तावेजका रुपमा बचाईराख्न हामीसबैको जिम्मेवारी रहेकोमा जोड दिनुभयो ।अग्रजलाई सम्मान नव प्रतिभालाई प्रोत्साहन भन्ने नाराका साथ राष्ट्रिय लोक तथा दोहारी गीत प्रतिष्ठान स्याङ्जाको १९ औं साधारणसभाको उदघाटन गर्दै संबिधानसभा सदस्य थापाले सो कुरा बताउनुभएको हो। ‘लोक संस्कृति बिनाको समाज र पूर्ण हुदैन।’ उहाले भन्नुभयो, ‘नैतिक आचरण, कला, संस्कृति र संस्कार बचाउन राज्यको सकारात्मक सहयोग र लगानी आवश्यक रहन्छ।’ नेपाली कांग्रेसका…

Read More

स्याङजा २६ असोज । आज फुलपाती, बडादशैंको सातौं दिन । सप्तमी तिथिमा पर्ने यस दिन हिन्दु धर्मावलम्बीहरुको महान चाड बडादशैंको महत्वपूर्ण दिन पनि हो । घटस्थापनाका दिन राखिएको जमरा र फुलपातीलाई आज दशैंघरमा भित्र्याईन्छ । कालरात्री देवीको पूजा अर्चना गरिनुका साथै नेपालीका घरघरमा फुलपाती भित्र्याईन्छ । दसैंघरमा उखुको बोट, केराको बोट, बेलपत्र, दारिम, अशोक, बेल, मानक, कर्चुर, धानको बोट, जयन्ती, धानको बाला, अशोकको पात, अदुवाको बोट र नयाँ फलफुलका पालुवालाई शुभ साईतका रुपमा फुलपाती मानेर भित्र्याईन्छ । काठमाडौको वसन्तपुरमा भने गोरखा दरबारको दसैंघरबाट ल्याइएको फुलपाती परम्परा अनुसार नै भित्र्याईंदै आएको छ । त्यसैगरी आज देशभरिका प्रमुख शक्ति पिठ, देवी मन्दिर,…

Read More

पोखरा २५ असोज । नेपालबाट यस वर्षको मनसुन बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटिन निकालेर मनसुन बाहिरिएको जानकारी दिएको छ । अक्टोबर २ अर्थात् गएको असोज १६ गते मनसुन बाहिरिने अनुमान गरिएकोमा ९ दिन ढिला गरी मनसुन बाहिरिएको विभागले जनाएको छ । यस वर्ष गएको जेठ २८ गते मनसुन नेपाल भित्रिएको थियो । देशका ८६ ठाउँमा रहेका मापन केन्द्रको रेकर्ड अनुसार यस वर्षको मनसुनमा औसतभन्दा १५ प्रतिशत बढी वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जेठ अन्तिमदेखि असोज मध्यसम्म अर्थात् झन्डै चार महिना चल्ने मनसुनमा वर्षभरि पर्ने पानीको ८० प्रतिशतभन्दा धेरै पर्ने गर्दछ । मनसुन…

Read More

पोखरा २५ असोज । काठमाडौंबाट आज घान्द्रुक घुम्न आएका ७ जना सहित ९ जना सवार जिप दुर्घटना भएको छ । दुर्घटनामा चालक सहित ८ जनाको मृत्यु भएको छ । कास्कीको नयाँपुलबाट घान्द्रुक जाँदै गरेको जिप घान्द्रुक गाउँ पुग्नु अघिको कलाभिरमा दुर्घटना भएको हो । ग १ ज ६९०० नम्बरको जिप सडकबाट झण्डै डेढ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । पोखराबाट पर्यटकीय क्षेत्र अन्नपूर्ण–११ घान्द्रुक जाँदै गरेको गाडीमा सवार चालक सहित ९ जना मध्ये ८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा अन्नपूर्ण ५ नयाँपुल बस्ने ४२ वर्षका खुसीमान क्षेत्री, काठमाडौं महानगर ३ गोंगबुका १८ वर्षका जिनलव…

Read More

पोखरा २५ असोज । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले काँग्रेस सांसद डोबाटे विश्वकर्मालाई मन्त्रीमा नियुक्त गर्नुभएको छ । मुख्यमन्त्री पोखरेलले आज सांसद विश्वकर्मालाई मन्त्रीमा नियुक्त गर्नुभएको हो । विश्वकर्मालाई विनाविभागीयमन्त्री नियुक्त गरिएको पत्रप्रदेश प्रमुखको कार्यालय पठाइसकिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार भरत कोइरालाले जानकारी दिनुभयो । ६० प्रदेशसभा सदस्य रहेको गण्डकीमा अहिले ११ मन्त्री छन् । कुल प्रदेशसभा सदस्यको २० प्रतिशत सांसदलाई मन्त्री बनाउन सकिने व्यवस्था संविधानमा रहेको छ ।

Read More

स्याङ्जा, २४ असोज । वालिङ नगरपालिकामा जीप दुर्घटना हुदाँ २ जनाको मृत्यु भएको छ। अन्य १७ जना घाईते भएका छन्।र्दुघटनामा परी मृत्यु हुनेमा गल्याङ नगरपालिका १० का ७७ वर्षीय दलबहादुर पल्ली र ३२ वर्षीय गंगा पल्ली रहेको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।घाईते दुईको वालिङको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको हो। घाईते मध्ये १४ जना यात्रु र जीप चालकको अवस्था सामान्य रहेको प्रवक्ता अधिकारीले जानकारी दिए।ती मध्ये ६ जनाको थप उपचारका लागि पोखरा रिफर गरिएको छ। अरु ९ जना मध्ये २ गल्याङ अस्पताल र ७ जना वालिङ् प्राथमिक स्वास्थ्य केन्द्रमा उपचाररत छन्।वालिङबाट लाखुडाँडातर्फ जाँदै गरेको ग…

Read More

स्याङ्जा २४ असोज । वालिङमा हाटबजार स्थापना गरिएको छ । वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाको आयोजना र वालिङ नगरपालिका, दियालो गैह्रसरकारी संस्था, यूएनडिपि नेपाल, उद्योग वाणिज्य संघको साझेदारीमा वालिङ ८ खेलमैदानको गेटस्थित हाट बजारको उद्दघाटन गरिएको हो । हाटबजारको उद्दघाटन गर्नुहुँदै नगरप्रमुख दिलिपप्रताप खाँणले हाटबजारले किसानहरुका कृषि उत्पादनको बजारीकरणमा सघाउ पु¥याउने भन्दै यसको निरन्तरतामा जोड दिनुभयोे । साथै प्रमुख खाँणले गाउँगाउँका सहकारीका भवन, क्लबका भवनहरुलाई संकलन केन्द्र बनाई केन्द्रबाट हाटबजारसम्म ल्याउने र विक्रि गर्ने वातावरण सृजना गर्ने भन्दै यहाँ खपत भई बाँकी रहेका उपजहरुको बाहिरी जिल्ला निर्यात गर्न समेत नगरपालिकाले सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा उपप्रमुख कल्पना तिवारी, यूएनडिपि…

Read More

रुपन्देही २४ असोज । लुम्बिनी प्रदेश सरकारले पूर्णता पाएको छ । मुख्यमन्त्री कुलप्रसाद केसीले मन्त्रीपरिषद् विस्तार गरेपछि नवनियुक्त मन्त्रीहरुले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । आज प्रदेश प्रमुख अमिक शेरचनले मन्त्री र राज्यमन्त्रीहरुलाई शपथ गराउनुभएको हो। नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वीरबहादुर राना, वन वातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्र हमाल र शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्री वसिउद्दिन खाँले सपथ ग्रहण गर्नुभएको हो ।स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारु, आन्तरिक मामिला तथा सञ्चारमन्त्री बन्नुभएका तिलकराम शर्मा, ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री अर्जुनकुमार श्रेष्ठ र पर्यटन राज्यमन्त्री रिना नेपाल विक, स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री…

Read More

कास्की २४ असोज । गण्डकी प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज आइतवार पोखरामा एक समारोहका बिच गण्डकीलाई साक्षर प्रदेश घोषणा गर्नु भएको हो । पोखराको नयाँबजारस्थित क्षेत्रीय सङ्ग्रहालयमा गण्डकीको साक्षर प्रदेशको स्तम्भ बनाइएको छ । सो अवसरमा बोल्दै प्रधानमन्त्री देउवाले गण्डकी प्रदेश सरकारसहित सबैलाई बधाई ज्ञापन गर्नु भयो । यो कदमले अरू प्रदेश सरकार, नेतृत्वदायी वर्गलाई पनि यसले प्रेरणा दिने उहाँले बताउनु भयो । शिक्षामा थप कार्यक्रम सहित थप बजेटको व्यवस्था गरेर सबैलाई साक्षर बनाउदै सिंगो मुलुकलाई साक्षर बनाएर निरक्षरताको कलङ्क मेटाउने सरकारको उद्देश्य रहेको प्रधानमन्त्री देउवाले जोड दिनुभयो । गण्डकी प्रदेशका ११ वटै जिल्लाका…

Read More

स्याङ्जा २४ असोज । सहकार्यबाट दीगो विकास, गरीवी न्युनीकरणका लागि शैक्षिक पुर्वाधार, शान्त र समतामुलक समाज निर्माणका लागि आधारभूत अधिकार” भन्ने नाराका साथ आपसी सहयोग केन्द्र स्याङजा नेपालले आज आफ्नो २४ औं वार्षिक साधारण सभा तथा सामाजिक परीक्षण २०७८ सम्पन्न गरेको छ । संस्थाका गतिविधि र सामाजिक सेवालाई संस्थाका आजीवन तथा साधारण सदस्य लगायत सरोकारवाला एवं लाभग्राहीहरुलाई जानकारी गराई संस्थाको वर्तमान अवस्था र भावी कार्यदिशा प्रदान गर्नका लागि सञ्चालन भएको २४ औं वार्षिक साधारण सभामा बोल्दै पुतलीबजार नगरपालिका वडा नं. १ का वडा अध्यक्ष निर्मल कुमार शेरचनले संस्थाले प्राङ्गारिक कृषि, स्वास्थ्य, प्रविधिमैन्त्री शिक्षा लगायत एकिकृत सामाजिक विकासको क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन अग्रणी भूमिका निर्वाह गरिरहेकोले यसका गतिबिधिलाई स्थानीय सरकारले समेत अनुशरण…

Read More

स्याङ्जा २३ असोज । प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले सूचना र प्रबिधिले धेरै फड्को मारिसक्दा पनि नागरिकका हुलाकप्रतिको विश्वास अझै कायम रहेको बताउनुभयो । सरकारी कामकाजका लागि अझै पनि सक्कली डकुमेन्ट राख्नका लागि हुलाकी सेवा नै आवश्यक रहेकोमा उहाले जोड दिनुभयो ।‘पुनरुत्थानका लागि नवप्रवद्र्धक’ भन्ने नाराका साथ १४७ औं विश्व हुलाक दिवसको अवसरमा आयोजित कार्यक्रममा शनिवार यहाँ बोल्दै प्रजिअ नेपालले सो कुरा बताउनुभएको हो ।अहिले पनि नेपालका सबै सरकारी कार्यालयले अनलाईन सेवाको पूर्ण उपयोग गरि नसकेको अवस्था भएको उहाले बताउनुभयो । सरकारले हुलाकलाई थप जिम्मेवारी सहित अघि बढाएको बताउदै प्रजिअ नेपालले अब हुलाक कार्यालय मार्फत राहदानी बितरणका कार्य गर्ने भएको…

Read More

स्याङ्जा २३ असोज । स्याङ्जाका निर्माण ब्यवसायीले निर्माण ब्यवसायी महासंघका तत्कालिन अध्यक्ष शरदकुमार गौचनको चौथौ स्मृति दिवस मनाएका छन्।चौथौ स्मृतिसभामा बोल्दै जिल्ला अध्यक्ष बुद्धिमान शाहीले गौचन एक उदारभावका निर्माण ब्यवसायी रहेको बताउनुभयो। माथिल्ला बर्गकालाई मात्र नभई निम्न आर्थिक अवस्थाका ब्यक्तिलाई काम गर्ने अवसर दिनुपर्छ भन्ने उनको उचो भावना रहेको अध्यक्ष शाहीले स्मरण गर्नुभयो।सभामा निर्माण ब्यवसायी हनिफ मिया, नारायणप्रसाद अधिकारी, महादेव श्रेष्ठ, सुनिलकुमार चापागाई लगायतले गौचन सफल एवं सक्षम ब्यवसायी भएकोमा जोड दिदै उनका कार्यलाई अनुशरण गर्दे ब्यवसायी अघि बढ्नुपर्ने बताउनुभयो।गौचनको चार बर्षअघि काठमाडौंमा गोली हानी हत्या गरिएको थियो। नयाँबानेश्वरको शान्तिनगर क्षेत्रनजिक रहेको खरिबोटमा उनीमाथि गोली प्रहार गरी हत्या गरिएकोे हो…

Read More

स्याङ्जा । २३ असोज । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङ्ले काँग्रेसमा रुपान्तरणको खाँचो रहेको बताउनुभएको छ । नेपाली काँग्रेसलाई समय अनुसार परिवर्तन गर्न नसक्दा पार्टी कमजोर बन्दै जान थालेको उहाले बताउनुभयो । नेपाली काँग्रेसको १४ औं महाधिवेसनबाट निर्वाचित भीरकोट नगर कार्यसमितिको पदस्थापन तथा शुभकामना आदानप्रदान कार्यक्रममा काँग्रेस नेता गुरुङ्ले पार्टीमा रुपान्तरणको खोजी गनुपर्ने अवस्था आएको बताउनुभयो । पार्टीमा निरन्तर लाग्ने व्याक्तिको पहिचान हुनु आवश्यक छ उहाले भन्नुभयोे,¥पाटीमा योगदान गर्ने नेताको खोजी हराउदा पार्टीले क्षेती व्यहोनुपरेको छ ।¦ पार्टीको संगठकहरुको मुल्याङ्कन हुनु जरुरी छ ।पाटीमा निरन्तरता नदिने व्याक्तिहरु हराउदै जान्छन् भन्दै संविधान सभाका सदस्य समेत भएका गुरुङ्ले व्याक्तिहरु बदलिनुपर्ने धारणा…

Read More

काठमाण्डौ २२ असोज । यस वर्षको नोबेल शान्तिपुरस्कार फिलिपिन्स र रुसका दुईजना पत्रकारलाई संयुक्त प्रदान गरिएको छ । फिलिपिन्सका पत्रकार मारिया रेसा र रुसी पत्रकार डिमित्री आन्द्रेभिच मुरातोभलाई प्रजातन्त्र र दिगो शान्तिका लागि अपरिहार्य रहेको अभिव्यक्ति स्वतन्त्रताको रक्षामा गरेको प्रयासका लागि सम्मानित गर्ने निर्णय गरेको नोबेल कमिटीले उल्लेख गरेको छ । अभिव्यक्ति स्वतन्त्रताको आदर्शमा उभिएका सबै पत्रकारहरुको साझा व्यक्तिको रुपमा पुरस्कृतलाई लिइएको कमिटीले जनाएको छ । उहाँहरुलाई ३ सय २९ उम्मेद्वारहरुबाट छानिएको हो । रेसा समाचार साइट ¥यापलरको सह–संस्थापक हुनुहुन्छ । शक्तिको दुरुपयोग, अधिनायकवादका लागि हिंसाको उपयोगकको विषयलाई उहाँले फिलिपिन्समा उजागर गर्दै आउनु भएको छ । रुसी पत्रकार मुरातोभ स्वतन्त्र…

Read More