Author: Syangja Sandesh

स्याङजा, ५ साउन । वालिङ नगरपालिकाका उपप्रमुख कल्पना तिवारीका बुवा एवं समाजसेवी भीमलाल तिवारीको निधनको पाँचौ दिनको पुण्यतिथी पारेर मंगलबार नेपाली कांग्रेस जिल्ला कार्य समिति स्याङजाले शोकसभा गरेको छ ।वालिङ नगरपालिका वडा नं. ८ तल्लो वालिङ बजारमा आयोजित शोकसभामा बोल्दै कार्यवाहक सभापति बुद्धिबहादुर राना कुमारले समाजसेवी तिवारीको निधनले कांग्रेस परिवारमा अपुरणीय क्षति पुगेको र असल अभिभावक गुमाउनु परेकोमा दुख ब्यक्त गर्दै शोकाकुल परिवारमा धैर्यधारण शक्ति प्राप्तिको कामना गर्नुभयो ।शोकसभामा गण्डकी प्रदेशसभा सदस्य भागवतप्रकाश मल्ल, भीरकोट नगरप्रमुख छायाराम खनाल, वालिङ नगरप्रमुख दिलिपप्रताप खाँण, महासमिति सदस्यहरु, महाधिवेशन प्रतिनिधीहरु, जिल्ला कार्यसमिति पदाधिकारी एवं सदस्यहरु, महिला संघ, मुस्लिम संघ, जनजाती संघ, दलित संघ लगायतले…

Read More

स्याङ्जा ५ साउन । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारि चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि शुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउँछन् । भगवान् विष्णु शयन गर्ने चार महिनालाई चतुर्मासा…

Read More

स्या्जां ४ साउन । साउन महिनाको पहिलो सोमबार हिजो वैदिक सनातन हिन्दू धर्मावलम्बीले व्रतबसी भगवान् शिवको विधिपूर्वक पूजाआराधना गरी मनाएका छन्् । विशेषगरी महिलाले विधिपूर्वक व्रत बसेर शिवालयमा गई पूजा आराधना गर्छन् । यो महिना र सोमबार भगवान् शिवको महीना एवं बार भएकाले बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने र अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ । स्याङजा लगायत देशभरका शिवालयमा भक्तजनको भीड लाग्ने गरेकामा यसवर्ष कोरोना भाइरसको जोखिम कायमै रहेकाले मूल ढोकामै तालाबन्दी गरिएको छ । मूल मन्दिर बन्द गरिए पनि बाहिर भक्तजनको भीड लागेको छ । मन्दिरमा पूजाआराधना गर्न नपाए पनि भक्तजनहरु…

Read More

काठमाण्डौं ४ साउन । नेपाली राष्ट्रिय महिला फुटबल टिमको प्रारम्भिक बन्द प्रशिक्षण सुरु भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले हिजोबाट टिमको प्रशिक्षण सुरु भएको जनाएको छ । एएफसी महिला एसियन कप–२०२२ छनोटका लागि नेपालले तयारी सुरु गरेको हो । मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले ४५ खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाउनुभएको छ । छनोटमा नेपाल समूह ‘एफ’ मा रहेको छ । नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेको छ । यस समूहको छनोट खेल नेपालमा हुनेछ । एएफसीले छनोटको प्रारम्भिक मिति १३ देखि २५ सेप्टेम्बर (२८ भदौ देखि ९ असोज) लाई तोकेको छ । समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा…

Read More

काठमाण्डौं ४ साउन । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । हिजो बिहान भएको टेलिफोन वार्तामा मोदीले देउवालाई बधाई दिनुभएको छ । वार्तामा दुई देशबीचको सम्बन्धलाई अझ मजबुत बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालये जनाएको छ । टेलिफोन कुराकानीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई चाँडै नै कोभिडविरुद्धको खोप उपलब्ध गराउने आश्वासन दिनुभएको छ ।

Read More

एजेन्सी, ४ श्रावण । कोराना भाइरसको महामारीकाबीच चीनमा फैलिएको मंकीपक्स भाइरसका कारण १ जनाको मृत्यु भएको छ । चीनको बेइजिङ स्थित अस्पतालमा उपचाररत १ पशु चिकित्सकको मंकीपक्सका कारण मृत्यु भएको हो । केही समय अघि मरेको बाँदरलाई गाड्ने क्रममा बान्ता हुने र टाउको दुख्ने लक्षण देखा परेपछी उहाँलाई मंकीपक्स भएको पुष्टी भएको थियो । चीनमा पछिल्लो समय मंकीपक्सका दर्जनौ बिरामी फेला परेका छन् । यसअघि नाइजेरियाको भ्रमणबाट टेक्सस फर्केका एक जना अमेरिकी नागरिकमा पनि मंकीपक्स भाइरस देखा परेको थियो ।

Read More

एजेन्सी, ४ साउन । कतारको दोहामा तय भएको एएफसी अवार्ड २०२१ रद्द भएको छ । कोरोना भाईरसको महामारीलाई मध्यनजर गर्दै अवार्ड रद्द गरिएको एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले जनाएको छ । एएफसीको कार्यकारी समितिको बैठकले एएफसी अवार्ड यस वर्ष आयोजना नगर्ने निर्णय गरेको हो । कतार फुटबलसँगको छलफलपछि अवार्ड रद्द गरिएको एएफसीले जनाएको छ । कोरोनाको कारण एएफसी अवार्ड लगातार दोस्रो वर्ष रद्द भएको हो । यसैबीच, २०२२ को संस्करणको अवार्ड कतारको दोहामै गरिने एएफसीले जनाएको छ ।

Read More

काठमाण्डौ, ३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रतिनिधिसभामा अहिले कायम रहेका कुल २७१ सदस्यमध्ये बहुमत पुर्‍याउन १३६ मत आवश्यक पर्ने भए पनि उहाँले १६५ मत प्राप्त गर्नुभएको छ । मतदानमा २४९ जना सांसद सहभागी भएकोमा विपक्षमा ८३ मत खसेका छन् । उहाँलाई कांग्रेस, माओवादी केन्द्र, जसपाको दुवै पक्ष, राष्ट्रिय जनमोर्चाका सांसदले मत दिएका छन् । एमालेको माधव नेपाल समूहका केही सांसदले मात्र उहाँलाई विश्वासको मत दिएका छन् । पार्टी एकताको पहल गर्दै आएका दोस्रो तहका नेताहरु तटस्थ बसेका हुन् । सर्वोच्च अदालतको परमादेशअनुसार संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीमा नियुक्त…

Read More

स्याङजा, ३ साउन । नेपाल पत्रकार महासंघको पाचौ अधिबेशनले निर्वाचित पदाधिकारीको पहिलो बैठक आइतवार स्याङजा सदरमुकाममा बसेको छ । कोरोना संक्रमणका कारण झण्डै ३ महिनापछि पहिलो बैठक बसेको हो ।बैठकले महाधिवेशन सम्पन्न गर्न सहयोग गर्नुहुने पत्रकार महासंघका निर्वतमान कार्यसमिति, जिल्ला बार एशोसियसन, प्रहरी, प्रशासन, निर्वाचन समितिलाई धन्यवाद दिएको छ । महासंघका लागि वालिङ नगरपालिकासंग समन्वय गर्दै जग्गाप्राप्तिका लागि समन्वय गर्न अध्यक्ष श्रीकृष्ण सिग्देललाई जिम्मेवारी दिएको छ ।यसैगरी, एक महिनाभित्र महासंघको कार्यालय स्थापना गर्ने र सोको ब्यवस्थापनका लागि उपाध्यक्ष भवानी अधिकारीको संयोजकत्वमा ३ सदस्यीय समिति समेत गठन गरिएको छ । समितिको सदस्यमा कोषाध्यक्ष एकबहादुर गोदार र सदस्य अमृत अर्याल चयन हुनु…

Read More

काठमाण्डौ, ३ साउन । आज बस्न लागेको प्रतिनिधि सभा बैठकबाट प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदै हुनुहुन्छ । पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो बैठकमै उहाँले विश्वासको मत लिने अनुमान गरिएको थिएन । किनकी प्रधानमन्त्रीमा नियुक्त भएको एक महिनासम्म विश्वासको मत लिने सुविधा उहाँलाई छ । तर सबैले अनुमान गरे विपरीत उहाँले आज प्रतिनिधि सभाको बैठकबाट विश्वासको मत लिन लाग्नुभएको हो । एमालेमा पार्टी एकताको पहल भैरहेको र यो पहल सफल भएमा पछि विश्वासको मत पाउन नसकिने भएकाले देउवाले हतार गर्नुभएको बुझिएको छ । त्यसो त मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएपछि उहाँले मन्त्रिपरिषद विस्तारभन्दा पहिले विश्वासको मतलाई प्राथमिकता दिंदै आउनुभएको छ । यसबीचमा…

Read More

काठमाडौं, २ साउन । सरकारले वृद्धि गरेको निजी क्षेत्रका श्रमिकको न्यूनतम पारिश्रमिक साउनदेखि कार्यान्वयनमा आएको छ । सरकारले साउन १ गतेदेखि लागू हुनेगरी चिया बगान बाहेकका श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरी मासिक १५ हजार रुपैयाँ पुर्‍याएको छ । अब श्रमिकले आधारभूत पारिश्रमिक बापत नौ हजार ३ सय ८५ रुपैयाँ र महँगी भत्ताबापत पाँच हजार ६ सय १५ रुपैयाँ गरी मासिक १५ हजार रुपैयाँ पाउने भएका हुन् । दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकको आधारभूत पारिश्रमिक ३ सय ६१ रुपैयाँ र महंगीभत्ता २ सय १६ रुपैयाँ गरी प्रतिदिन ५ सय ७७ रुपैयाँ पाउने छन् । यस्तै घन्टाको हिसाबले काम गर्ने श्रमिकको आधारभूत…

Read More

काठमाण्डौ २ साउन । वालिङ नगर उपप्रमुख कल्पना तिवारीलाई पितृशोक परेको छ । तिवारीका पिता भीमलाल तिवारीको शुक्रवार ७१ वर्षको उमेरमा वालिङमा निधन भएको हो । हृदयघातका कारण निधन भएको परिवारिक भनाई छ । स्वर्गीय तिवारीको पार्थिव शरिरमा नेपाली कांग्रेस पार्टी झण्डा ओढाएर अन्तिम श्रद्धान्जली दिइएको छ । श्रद्धान्जली सभामा नेपाली काँग्रेका कार्यबहाक सभापति बुद्धिबहादुर राना कुमार, गण्डकी प्रदेश सांसद भागवतप्रकाश मल्ल, वालिङ नगर प्रमुख दिलिपप्रताप खाँण, महासमिति सदस्य भोजराज अर्याल लगायते झण्डा ओढाएर अन्तिम विदाई गर्नुभएको थियो । तिवारीको निधनले असल र निष्ठावान अभिभावक गुमाउनु परेकोमा दुख ब्यक्त गर्दे शोकाकुल परिवारजनमा धैर्यधारणाको कामना गरिएको छ । तिवारीका दुई छोरी…

Read More

काठमाण्डौ २ साउन । पश्चिमी यूरोपमा आएको एक भीषण बाढीमा परी ४६ जनाले ज्यान गुमाएका छन्। त्यहाँका अधिकारीहरूले शताब्दीकै ठूलो वर्षाका कारण उक्त बाढी आएको जनाएका छन्।देशको पश्चिमी र दक्षिणी भागमा आएका बाढीमा परी जर्मनीमा ७० जना बेपत्ता रहेका र कयौं घरहरू डुबानमा परेका त्यहाँको प्रहरीले जनाएको छ। बाढीबाट सबैभन्दा बढी प्रभावित जर्मनीमा ४० जनाको मृत्यु भएको छ भने बेल्जियममा ६ जनाको मृत्यु भएको छ। लग्जम्बर्ग र नेदरल्यान्ड्स पनि बाढीले नराम्रोसँग प्रभावित भएका छन्। जर्मनीका केही स्थानहरूमा एक शताब्दीको अन्तरालमा यतिको ठूलो वर्षा नभएको जर्मन मौसम सेवाका प्रवक्ता एन्ड्रिस फ्रेड्रिचले बताउनुभयो । वासिङ्टन डीसीको भ्रमणको क्रममा रहेकी जर्मन चान्सलर एन्जेला…

Read More

स्याङजा १ असार । आज साउने संक्रान्ति। नेपालका धर्मसंस्कृति अनुरुप साउन १ गतेका दिनलाई पर्वका रुपमा मनाईन्छ। आजकै साँझ लुतो फाल्ने प्रचलन पनि हो। तर, हिजोआज लुतो फाल्ने चलनमा कमी भएको छ। हाम्रा संस्कृति र परम्परा हराउदै गएको छ।सूर्य दक्षिणतर्फ सरी कर्कटरेखा माथि जाने भएकाले साउने सक्रान्तिलाई कर्कट सक्रान्ति पनि भन्ने गरिन्छ ।गाउँघरमा लुतो फाल्ने संस्कृतिलाई बुढापाले जेनतेन धान्दै आए पनि शाहर बजारमा भने खासै देखिदैन। अहिलेका युवा यसतर्फ जानकार देखिदैनन्। पछिल्ला समयमा लुतो फ्याँक्ने प्रचलन हराउँदै गएको छ। हाम्रा कला संस्कृति, धर्म र पराम्परासंग साक्षात्कार गराउने यस्ता प्रचलन हराउदै जानु दुखद पक्ष हो।पुतलीबजार नगरपालिका १ प्रगतीनगर बस्ने सबिता शर्मा…

Read More

स्याङजा १ साउन । स्याङजामा सात दिनका लागि निषेधाज्ञा थप गरिएको छ । थप निषेधाज्ञा खुकुलो बनाइएको छ ।यसअघि जारी असार मसान्तसम्मको निषेधाज्ञा साउन ७ सम्म थपिएको हो । सरकारी कार्यालय, बैंक, संस्थानहरू नियमित खुला रहनेछन् । त्यस्तै स्थानीयस्तरमा सबै खाले सवारी साधनहरू चल्न पाउनेछन् भने जिल्ला बाहिर जानेले प्रशासनबाट अनुमति दिनु पर्ने प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले जानकारी दिनुभयो ।विवाह, ब्रतबन्धलगायत अन्य संस्कारका लागि १५ जनासम्म जम्मा हुन पाइने भएको छ । तर, स्वास्थ्य र सुरक्षाको मापदण्ड भने पालना गर्नुपर्ने छ । खाजाघर र चिया पसलबाहेक होटेल एवम् रेस्टुरेन्टबाट सेवाग्राहीले तयारी खाजा लिएर जान पाउने भएका छन् ।सभा, सम्मेलन, गोष्ठी,…

Read More