Author: Syangja Sandesh

स्याङजा, १ भदौ । स्मार्ट नगर बनाउदे उदेश्य लिइ अघि बढेको वालिङ नगरपालिकाले राजमार्गका बिच भागमा बिरुवा रोप्ने अभियानलाई सुरु गरेको छ ।वालिङ बजारको केही भागलाई हरियाली बनाउने अभियान अन्र्तगत बिरुवा रोपण गरिएको हो ।राजमार्गका दाँयाबाँया सडक बिस्तारसंगै बिचमा निर्माण गरिएको क्यारीमा बिरुवा रोपिएका छन। भर्खर निर्माण गरिएको सडक बिचको क्यारीमा बिरुवा रोपिएका हुन ।बृक्षारोपण अभियानको सुभारम्भ गर्दे नगर प्रमुख दिलिप प्रताप खाँणले हरियाली वातावरण बनाउने नगरबासीको साझा अभियान रहेको बताउनुभयो । वालिङ जैसीपैधेरा देखि मिर्दी सम्मको सडकको क्यारीमा बिरुवा रोपिने भएको छ ।वालिङ नगरपालिका र संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम (युएनडिपी) को आर्थिक सहयोग तथा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी…

Read More

स्याङजा ३२ साउन । स्याङ्जामा १० दिने निषेधाज्ञा थप गरिएको छ। सोमबार (आज) को मध्यरातबाटै सकिदै गरेको निषेधाज्ञाको समायाबधी लम्ब्याउदै भदौ १० गतेसम्म पुरयाइएको हो।यसअघि जारी निषेधाज्ञा झैं यसपटक पनि २५ जनाभन्दा बढीको भेला र शैक्षिक संस्था संञ्चालन नगर्न सुचित गराउदै निषेधाज्ञा थप भएको छ। औषधी वाहेकका अन्य पसल भने बिहानदेखि साँझसम्म खोल्न पाईने उल्लेख छ।देशभरी नै कोरोना संक्रमण दर बढिरहेको जनाउदै निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले जानकारी दिनुभयो । यसअघि थपिएको निषेधाज्ञा आजैरातीबाट सकिदै छ।साउन ३२ गते बसेको बैठकको निर्णय ससेतका आधारमा संक्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६९३०ले दिएको…

Read More

काठमाडौं ३२ साउन । रियालिटी शो इन्डियन आइडलको १२ औं सिजनको विजेता घोषणा गरिएको छ । भारतको उत्तराखण्डका पवनदीप राजनले इन्डियन आइडलकाे उपाधि जितेका छन्।  पवनले अन्य प्रतिस्पर्दी अरूणीता कांजीलाल, मोहम्मद दानिश, निहाल ताउरो, सनमुख प्रिया, र सायली काम्बलेलाई भोटमा पछि पार्दै उपाधि जितेका हुन् । उनलाई २५ लाखको ट्रफी र पुरस्कार राशि प्रदान गरिएको छ। आइतबार राती भएको अन्तिम प्रतिस्पर्दामा अरुणिता कांजीलाल र सायली काम्बले इन्डियन आइडलको १२ औं सिजनको उपविजेता बनेका छन् ।

Read More

काठमाडौं ३२ साउन । क्यारेबियन मुलुक हाइटीमा हिजो गएको शक्तिशाली भूकम्पमा परि ज्यान गुमाउनेको संख्या १२ सय नाघेको छ । हाइटीकाे नागरिक प्रतिरक्षा एजेन्सीका अनुसार अहिलेसम्म १२ सय ९७ जनाको मृत्यु भएको पुष्टी भएको छ । भग्नावशेषमा अझै थुप्रै पुरिएको आशंका गरिएकोले मृतकको संख्या बढ्नसक्छ । हाइटीको दक्षिणी प्रशाशनिक क्षेत्र भूकम्पबाट सबैभन्दा बढी प्रभावित भएको छ । त्यहामात्रै हजार जनाभन्दा बढीले ज्यान गुमाएका छन् । देशभर आपतकाल घोषणा गरेर उद्धार तथा राहत कार्यलाई तिव्रता दिईएको छ । हाइटीको राजधानी पोर्ट–अउ–प्रिन्सबाट १ सय २५ किलोमिटर टाढा केन्द्र बनाएर ७ दशमलव २ म्याग्नेच्युडको भूकम्प जाँदा ब्यापक जनधानको क्षती भएको हो।

Read More

स्याङजा ३१ साउन । स्याङजामा नेपाल ह्दयरोग निवारण प्रतिष्ठान स्याङजा शाखा गठन भएको छ ।स्याङजा सदरमुकाममा आयोजित मुटुरोग बिशेषज्ञ, चिकित्सक, सरोकारवालबीच भएको भेलाले वरिष्ठ ब्यवसायी नवराज सुवेदीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको हो ।समितिको सदस्यमा शंकरप्रसाद लामिछाने, भवानी अधिकारी, हाजी शाह मोहम्मद, ईन्द्रेणी अधिकारी, रेखा थापा, रविन्द्र केसी, महादेव श्रेष्ठ, करुणा पौडेल, उमा श्रेष्ठ, निरज ढकाल, प्रमोद प्रधान, खिमानन्द पराजुली, मुबारक मिया निर्मल खातीलाई चयन गरेको हो ।कार्यक्रमलाई सम्बोधन गर्दे ह्दयरोग निवारण प्रतिष्ठानका पूर्व सभापति एवं प्राध्यापक डाक्टर प्रकाशराज रेग्मीले २५ प्रतिशत मृत्यु मुटुका कारण भएको जनाउदै मुटु स्वस्थ्य बनाउन सुझाउनु भएको थियो ।उहाले जुनसुकै उमेर र…

Read More

 काठमाडौं ३१ साउन । भारतले आज ७५औं स्वतन्त्रता दिवस मनाउँदैछ । भारतभर अगष्ट १५ का दिन स्वतन्त्रता दिवस मनाउने गरिन्छ । भारत सन् १९४७ को अगष्ट १५ मा बेलायत साम्राज्यबाट मुक्त भएको थियो । भारतमा शासन गरिरहेको बेलायती सरकार सन् १९४७ मा आजकै दिन भारत छोडेर भागेपछि भारत बेलायती साम्राज्यबाट मुक्त भएको हो । स्वतन्त्रता र मुक्तिको स्मरणमा आज भारतीय नागरिकले स्वतन्त्रता दिवस मनाउने गरेका छन् । भारतको लालकिल्लामा विशेष समारोह गर्ने गरिन्छ । यसअघि हिजो पाकिस्तानले ७५औं स्वतन्त्रता दिवस मनाएको छ । त्यसअवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गरी १४ अगस्ट अर्थात भारत र पाकिस्तानको विभाजन भएको दिनलाई आफूहरूले विभाजन…

Read More

काठमाडौं ३० साउन । नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशन मंसिर ९ देखि १२ गतेसम्म हुने भएको छ । केन्द्रीय कार्य समितिको शनिबार बुढानिलकण्ठमा बसेको बैठकले भदौ २३ मा निर्धारित महाधिवेशन तीन महिना पछि धकेल्ने निर्णय गरेको हो । भदौ २ गतेभित्र क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने र वडा अधिवेशन भदौ १८ गते गर्ने निर्णय भएको केन्द्रीय सदस्य मीन विश्वकर्माले जानकारी दिनुभयो । अब भदौ २ गतेसम्म क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने समय तोकिएको छ । त्यस्तै भदौ २ गते नै निर्वाचन निर्देशिकालाई अन्तिम रुप दिने कांग्रेसको कार्यतालिका रहेको नेता विश्वककर्माले बताउनुभयो । कांग्रेसको वडा अधिवेशन भदौ १८, गाउँ तथा…

Read More

तोलाकान्त बगाले वालिङ, २९ साउन । आर्थिक अवस्था कमजोर भएकी फुटबल खेलाडी शान्ता नेपालीलाई आर्थिक सहयोग गरिएको छ । नेप्लेज मिडियाको पहलमा स्वदेश तथा विदेशमा रहेका विभिन्न संघ संस्था तथा ब्यक्तिहरुको सहयोगमा संकलित रु. दुई लाख ५९ हजार आज शान्ता नेपालीलाई हस्तान्तरण गरिएको हो । वालिङ नगरपालिका वडा नं. ८ मा डेरामा बस्दै आएकी शान्ताको जग्गा जमिन नभएको र परिवारको आर्थिक स्थिति कमजोर भएपछि नेप्लेज मिडियाको पहलमा संकलन गरिएको रकम वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले एक कार्यक्रमकाबीच हस्तान्तरण गर्नुभएको हो । घरबारबिहीन शान्ताको परिवारलाई वालिङ नगरपालिकाले घर निर्माणका लागि करीब पाँच आना घडेरी खरिद गरिसकेको नगर प्रमुख खाँणले बताउनुभयो ।…

Read More

कास्की , २९ साउन । कास्कीको पर्यटकीय नगरी पोखरामा खेलकुद विषयको पढाई सुरु गरिने भएको छ । गण्डकी विश्वविद्यालयमा यस वर्षदेखि नेपालमै पहिलोपटक स्नातक तहमा चार वर्षे कार्यक्रम ‘ब्याचलर इन स्पोर्टस् म्यानेजमेन्ट’(बिएसएम)को अध्यापन शुरु गर्न लागिएको हो । विश्वविद्यालयले खेलकुद विषय अध्यापनका लागि अहिले भर्ना आह्वान गरिसकेको छ । यही साउन मसान्तसम्म विद्यार्थी भर्ना आवेदनको कार्यक्रम प्रकाशित गरिएको विश्वविद्यालयले जनाएको छ । प्रदेश सरकारले प्रदेशमा प्राविधिक दक्ष जनशक्ति उत्पादनको लक्ष्य सहित दुई वर्षअघि विश्वविद्यालयको स्थापना गरेपछि यस वर्षदेखि विश्वविद्यालयले आफ्ना शैक्षिक कार्यक्रम अघि बढाएको हो । बिएसएम सहित यस वर्षदेखि ब्याचलर इन इन्फरमेशन टेक्नोलोजी(बिआइटी)को पनि अध्यापन सुरु हुनेछ । देशमै…

Read More

स्याङजा, २९ साउन । नेपाली कांग्रेसले बिरुवा गाउँपालिकामा प्रशिक्षण कार्यक्रम गरेको छ । गाउपालिकाको वडा नं. ७ र ८ लाई लक्षित गर्दे आयोजित प्रशिक्षण कार्यक्रमको उदघाटन गर्दे संबिधानसभा सदस्य राजु थापाले नेपाली कांग्रेसको उदारवादी र स्वतन्त्र नीतिका कारण पार्टीमा युवाको आर्कषण बढेको बताउनुभयो । हाम्रा पूर्वजले उठाएका आवाजका कारण एकदलीय र निरंकुश पञ्यायती शासन ब्यवस्था परिवर्तन भएको स्मरण गराउदै नागरिक स्वतन्त्रता र लोकतन्त्रको रक्षार्थ हामी एकजुट हुनुपर्नेमा उहाँले जोड दिनुभयो । हाम्रा पूर्वजका योगदान र बलिदानीले प्राप्त शासन ब्यवस्थालाई मजवूत बनाउनका खातिर सबै युवालाई नेपाली कांग्रेसमा आवद्ध हुन युवा नेता थापाको आग्रह छ । कार्यक्रममा महासमिति सदस्य तुलसी गिरी, क्षेत्रीय…

Read More

स्याङजा, २९ साउन । शिक्षा, संस्कृति, बिज्ञान प्रबिधि तथा सामाजिक बिकास मन्त्री मेखलाल श्रेष्ठले गुणस्तरीय र आत्मनिर्भर शिक्षा आफनो प्राथमिकतामा रहेको बताउनुभयो ।पुतलीबजार नगरपालिका १ स्थित त्रिभुवन आर्दश नमूना माध्यमिक बिद्यालय भवनको शुक्रवार शिलान्यास गर्दे मन्त्री श्रेष्ठले सो कुरा बताउनुभएको हो ।बालबालिकालाई मन्टेश्वरी कक्षादेखि नै सामुदायिक बिद्यालयमा पढ्ने बतावरण बनाउनेगरी गण्डकी प्रदेशले शिक्षा निती बनाएको उहाले जानकारी दिनुभयो । आफु रहुन्जेल शिक्षा क्षेत्रमा सकारात्मक प्रभाव पार्ने उहाको भनाई छ।शिक्षामा राज्यको लगानी धेरै भए पनि अपेक्षाकृत उपलब्धी हुन नसकेको बताउदै मन्त्री श्रेष्ठले बालबालिकालाई बिद्यालयमा टिकाउने र सिकाउनेसम्मका ब्यवस्था गर्ने प्रतिवद्धता जनाउनुभयो । ‘स्वतन्त्रता पूर्वक प्रतिस्पर्धा गर्दे सामुदायिक बिद्यालयले गुणस्तरीय शिक्षा दिनु…

Read More

स्याङ्जा २९ साउन । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी आज परम्पराअनुसार नागको पूजा अर्चना गरि घरका मूलढोकामा नागको तस्बिर टाँसेर मनाइँदै छ । यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङ्गको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । सूर्योदयकालमा पञ्चमी तिथि र षष्टीले युक्त पञ्चमी नागपूजाका लागि शुभ मानिने भएकाले आज नागपञ्चमीको निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो । नाग पूजाको प्रचलन वैदिककालदेखि नै सुरु भएको हो । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग…

Read More

पोखरा, २८ साउन । गण्डकी प्रदेश सभामा सत्तारुढ नेपाली काँग्रेसको प्रमुख सचेतकमा ओमकला गौतम चयन हुनुभएको छ । दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले गौतमलाई उक्त पदमा नियुक्त गर्नुभएको हो । पहिलेका प्रमुख सचेतक मणिभद्र शर्मा कँडेल मन्त्रीमा नियुक्त भएपछि रिक्त रहेको पदमा सचेतक गौतमलाई नियुक्त गर्नुभएको हो । यसैगरी सचेतक पदमा स्याङ्जाका भागवतप्रकाश मल्ल नियुक्त हुनुभएको छ । सचेतक गौतम प्रमुख सचेतकमा नियुक्त भएपछि मल्ल सचेतकमा नियुक्त हुनुभएको हो । नेपाली काँग्रेस संसदीय दलका नेता पोखरेलको नेतृत्वमा गण्डकीमा सरकार बनेपछि दलभित्रका पदाधिकारी हेरफेर भएको हो ।

Read More

  काठमाण्डौं २८ साउन । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले ७ सदस्यीय मन्त्रिमण्डल विस्तार ug'{भएको छ । मुख्यमन्त्री कुलप्रसाद केसी सहित सात सदस्यीय मन्त्रिपरिषद्मा ग्रामीण तथा शहरी विकासमन्त्रीका रूपमा डिल्ली चौधरी, आर्थिक मामिला तथा योजना मन्त्रीकामा कृष्णध्वज खड्का र भौतिक पूर्वाधार विकास मन्त्रीकामा सहसराम यादवले सपथ लिनुभएको छ । अजय शाही, सुमन शर्मा रायमाझी र पुर्मती ढेङ्गाले विनाविभागीय मन्त्रीकामा सपथ लिनुभएको छ । विभागीय मन्त्रीले आजैदेखि कार्यभार सम्हाल्ने जनाइएको छ । काङ्ग्रेसका चौधरी र माओवादीका कृष्णध्वज खड्का र जनता समाजवादी पार्टीका सहषराम यादव मन्त्री हुनुभएको हो । जनता समाजवादीका तर्फबाट ढेङ्गा र रायमाझीले मन्त्री पद पाउनुभएको हो । स्वतन्त्र…

Read More

काठमाण्डौं २८ साउन । फिफा वरियतामा नेपालले तीन स्थान सुधार गरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासङ्घ फिफाले बिहीवार सार्वजनिक गरेको पुरुष फुटबलको नयाँ वरियतामा नेपालले तीन स्थान सुधार गर्दै १६८ औँ स्थानमा उक्लिएको हो । यसअघि नेपाल १७१ औँ स्थानमा रहेको थियो । नेपाल दक्षिण एशियाली राष्ट्रको वरियतामा तेस्रो स्थानमा छ । गत मे महिनाको अन्तिममा पछिल्लो पटक फिफाको वरियता सार्वजनिक हुँदा नेपालको अङ्क ९६८ रहेको थियो । अहिलेको नयाँ वरियतामा नेपालले चार अङ्क बटुल्दै ९७२ बनाएको छ । नेपालभन्दा अगाडि भारत र माल्दिभ्स रहेको छ । भारत १०५ औँ स्थानमा छ भने माल्दिभ्स १५८ औँ…

Read More