Author: Syangja Sandesh

स्याङ्जा २९ मंसिर । नेपाली कांग्रेसका नेता एवं गण्डकी प्रदेशसभा सदस्य एवं अर्थ तथा विकास समितिका सभापति भोजराज अर्याललाई पुत्रशोक परेको छ । स्याङजाको वालिङ नगरपालिका निवासी नेता अर्यालका जेठा छोरा माधव अर्याल ‘मुक्ति’ को सोमबार निधन भएको छ । ३८ वर्षीय माधवको पोखरामा उपचारका क्रममा मृत्यु भएको हो । माधव पछिल्लो समय जापानमा थिए । जन्डिसबाट बिरामी भएपछि उहा करिब ५ महिनाअघि नेपाल फर्किएर उपचारमा थिए । मृतक माधवका श्रीमती दीपा र ९ वर्षीय छोरा आदीन छन । र उहाका बुबा भोजराज सहित आमा भगवती अर्याल, भाइ मिलन र बहिनीहरू मनीषा तथा ममता । माधवको शव पोखराबाट स्याङ्जाको वालिङस्थित…

Read More

स्याङ्जा २९ मंसिर । नेपाल संस्थागत विद्यालय अध्यापक संघ स्याङ्जाको प्रथम जिल्ला अधिवेशन सदरमुकाममा भएको छ । नेपाली काग्रे्रेस गण्डकी प्रदेश उपसभापति एवं पुर्व मन्त्री मेखलाल श्रेष्ठले मानिसलाई असल असल कर्म सहितको संस्कार सिकाउन अध्यापकहरुको महत्वपूर्ण जिम्मेवारी रहने बताउनुभएको छ । असल शिक्षाले मात्र सामाजिक चेतना सहित विकास, समृद्धि हुने जनाउदै अध्यापकहरुले आ आफना काम, कर्तब्य र अधिकार बहन गर्न र गराउनु पर्नेमा जोड दिनुभयो । असल र सक्षम नागरिक उत्पादनका लागि सरकारी तथा संस्थागत बिद्यालय परिवारबीच सकारात्मक सम्बन्ध कायम हुनु पर्ने उहाको भनाई छ । राज्यले पनि संस्थागत र सरकारी बिद्यालयका शिक्षामा एकरुपता ल्याउन उहाले सुझाव दिनुभयो । कार्यक्रममा…

Read More

स्याङ्जा २९ मंसिर । कृषि औजारसहित फलामका भाँडा बनाउने कामका लागि नेपाली समाजमा विश्वकर्मा समुदायले परम्परादेखि नै गर्दै आएको पेशा हो । अहिले पनि अधिकांश विश्वकर्मा (विक) समुदाय आफ्नो परम्परागत सीप र कलालाई निरन्तरता दिदै आउनुभएको छ । यस्तै आफ्नो परम्परागत सीप र कलालाई निरन्तरता दिनेमा वालिङका विश्वकर्मा (विक) हरु पनि सक्रिय छन् । वालिङ नगरपालिका १४ रैपालाका विक परिवारहरुको आरने सीप र कला स्याङ्जाकासाथै विभिन्न जिल्लासम्म लोकप्रिय छ । यहाँका शिल्पीहरुले बनाएका कृषि औजारहरु विभिन्न जिल्लासम्म पुग्ने गर्दछन् । रैपालामा विकहरुको २८ घर परिवार छन् । तर आरन पेशा चलाउनका लागि आवश्यक पर्ने कोइला आफ्नै ठाउँमा पाईंदैन । बाहिरबाट…

Read More

स्याङ्जा २९ मंसिर । नेपाली काँग्रेस स्याङ्जाले पूर्वबैंकर्स भरतराज ढकाललाई उम्मेद्वार सिफारिस गरेको छ । फागुन २१ मा हुने निर्वाचनका लागि काँग्रेस केन्द्रीय समितिले गरेको निर्देशन बमोजिम आकांक्षी उम्मेद्वारको रुपमा मुक्तिनाथ विकास बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत (सिईओ) तथा पूर्वअध्यक्ष भरतराज ढकालको नाम सिफारिस गरेको हो । स्याङ्जाका दुई निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं.–१ बाट सिफारिस भएका ११ जनामध्ये पूर्वबैंकर्स ढकालसँगै काँग्रेस केन्द्रीय उपसभापति धनराज गुरुङ्, पूर्वसांसद राजु थापा, गण्डकी प्रदेश काँग्रेस उपसभापति मेखलाल श्रेष्ठ, महासमिति सदस्य गोविन्द बहादुर रानाभाट, प्रेमराज पौडेल, ईन्द्रबहादुर रिजाल, बन्दना लम्साल, बुद्धिबहादुर राना ‘कुमार’ र व्यवसायी खुमाप्रसाद अर्याल सिफारिस भएको स्याङ्जा काँग्रेसले जनाएको छ । २०६३ मा…

Read More

स्याङ्जा २९ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी स्याङ्जाले ¥यापिड एक्सन टीम (आरएटी) को संयोजकमा प्रशान्त लामिछाने निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न भएको जिल्ला भेलाबाट लामिछानेको संयोकत्वमा ५९ जना सदस्य समिति सर्वसम्मत निर्वाचित गरेको हो । जिल्ला सभापति रुक्मागत भण्डारी (बिश्वास) को सभापतित्वमा भएको सो भेलामा केन्द्रीय आरएटी विभागका सदस्य रामकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको थियो । भेलामा रास्वपा नेता डा. धनन्जय रेग्मी, विश्व गुरुङ, सहकारी विभागका केन्द्रिय सदस्य बोधराज रेग्मी, क्षेत्र न १ का संयोजक उमा फुयाल, जिल्ला सचिव प्रसन्न पौडेल, बेदप्रसाद दोरङा, जिल्ला कोषाध्यक्ष शान्ता अर्याल, पुतलीबजार सभापति डा. बसन्त बसन्त पङ्गेनी लगायत निर्वाचन समितिमा गण्डकी प्रदेश प्रशिक्षण…

Read More

स्याङ्जा २७ मंसिर । पुतलीबजार नगरपालिकामा भएको आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी रोशनी आवासिय माविले जितेको छ । उपाधीसंगै रोशनीले लगातार तेस्रो पटक उपाधी जितेर रनिङ शिल्ड जित्न सफल भएको छ । पुतलीबजार नगरपालिका १ स्थित मालेबगर खेलमैदानमा सम्पन्न प्रतियोगितामा सहभागी २४ विद्यालय मध्ये वडा नम्बर १ नारायणस्थानमा रहेको रोशनी माविले १९ स्वर्ण, ३ रजत र ४ कास्य पदक सहित उपाधी जितेको हो । यसैगरी, प्रतियोगितामा पुतलीबजार नगरपालिका ६ स्थित हिमालय मावि ५ स्वर्ण, १ रजत पदक सहित दोश्रो भएको छ ।दुई स्वर्ण , ५ रजत र ३ कास्य पदक सहित स्याङ्जा मावि तेस्रो भएको भने १ स्वर्ण ५…

Read More

स्याङ्जा २७ मंसिर । स्याङ्जामा लगानीकर्ता शिक्षा, प्रचारप्रसार, प्रवद्र्धन सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको छ । कम्पनी रजिष्ट्रारको कार्यालय लगानीकर्ता संरक्षण कोषको आयोजना तथा स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ स्याङजाको ब्यवस्थापन तथा सहजीकरणमा र नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्स्चेन्जको समन्वयमा ती कार्यक्रमहरु भएका हुन । नेपाल धितोपत्र बोर्डका निर्देशक गणेश श्रेष्ठले बोर्डको परिचय सहित काम, कर्तव्य अधिकारका र कानुनी व्यवस्थाहरु र आर्थिक अर्थतन्त्र अन्तर्गत सार्वजनिक वित्त, बाह्रय क्षेत्र मौद्रिक तथा हालको वित्तीय क्षेत्रका अवस्थका बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रमम नेपाल स्टक एक्सचेन्जका वरिष्ष्ठ अधिकृत मिलन मगर, कम्पनी रजिष्टार कार्यालयका कम्प्यूटर इन्जिनियर युभासिभ कुँवर, लेखापाल नवराज सुवेदी…

Read More

स्याङ्जा २७ मंसिर । वालिङमा ५० घण्टे कफी बारिस्टा तालिम सकिएकोे छ । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश र वालिङ उद्योग वाणिज्य संघको संयुक्त आयोजना तथा सामाजिक विकास मन्त्रालय, हेल्भेटास अन्र्तगत इन्स्योर परियोजनाको आर्थिक एवं प्राविधिक सहयोगमा ५० घण्टे बारिस्टा तालिम संचालन गरिएको थियो । तालिमको समापन गर्दै नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको संस्थापक अध्यक्ष तथा इन्स्योर परियोजनाका फोकल पर्सन सञ्जिवबाबु कोईरालाले सिपले नै व्यक्तिलाई सक्षम बनाउँदै उद्यमशीलतातर्फ अगाडि बढाउन मद्दत गर्ने बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासंघले विभिन्न परियोजनासंग समन्वय गर्दै सिपमुलक तालिम तथा व्यापारी व्यवसायीहरुको हकहितका लागी अभिमुखीकरण कार्यक्रमहरु गर्दै आएको जानकारी गराउनुभयो । सिप आर्जन…

Read More

स्याङ्जा २७ मंसिर । वालिङमा प्रथम ओमकार कप आयोजना गरिने भएको छ । ओमकार इभेन्टस हब वालिङद्वारा प्रतियोगी खेल हुने भएका हो । ओमकार इभेन्टस हब संस्था वालिङमा स्थापना भएर खेलकुद कार्यक्रम, दुब्र्यसनी विरुद्धका कार्यक्रम, युवा,वृद्ध, बालक सबै उमेर समुहलाइ लक्षित कार्यक्रम गर्ने उद्धेश्यका साथ अगाडी बढाइएको हो । सस्थाले आफ्नो पहिलो कार्यक्रमको रुपमा प्रथम ओमकार कप सेभेन ए साइड भेट्रान्स फुटबल वालिङ प्रतियोगिता कार्यक्रम राखेको हो । उक्त प्रतियोगितामा प्रथम, द्धितिय हुनेले क्रमशः १ लाख र ५० हजार नगद मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिता वालिङ नगरपालिका ८ स्थित खेलमैदानमा यहि मंसिर २९ गतेदेखी पुस ३ गते…

Read More

स्याङ्जा २६ मंसिर । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले निर्धारित समयमा चुनाब हुनु अहिलेको आवश्यकता भएको बताउनुभएको छ । नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको जिल्ला स्तरीय एकता सन्देश सभालाई शुक्रबार सम्बोधन गर्दै नेता श्रेष्ठले निर्वाचन पश्चात मात्र बैदेशिक हस्तक्षेपको अन्त्य र विकासले गति लिने बताउनुभयो । चुनाबको लागि जेल बाहीर रहेका बन्दी र हतियार भने सरकारले आफ्नो हातमा ल्याउनु पर्ने र सुरक्षा निकाय चुनाब गर्न सक्ने ग्यारेन्टी गर्नुपर्ने बताउनुभयो । देशको मुख्य शत्रु भष्ट्राचार भएको बताउदै श्रेष्ठले भ्रष्ट्रचारीलाई अन्त्य गर्न नसके केही नहुने दाबी गर्नुभयो । क्रान्तिकारी बामपन्थी शक्तिहरुको एकता देशको परिवर्तनको लागि भएको बताउदै श्रेष्ठले बामपन्थी एकाले समाजबादी…

Read More

स्याङ्जा २६ मंसिर । बिरुवा गाउँपालिकाले अध्यक्षसंग बिद्यार्थी कार्यक्रम अन्र्तगत दाँत सम्बन्धी ५ दिने स्वास्थ्य परीक्षण शिविर सम्पन्न गरेको छ । शिविरबाट १ हजार ६०७ जना बिद्यार्थी लाभान्वित भएका छन् । गाउँपालिकाले विद्यार्थीहरुको मुख तथा दाँतको निःशुल्क परीक्षण सेवा उपलब्ध गराएको हो । गाउँपालिकाले चालू बर्षको २०८२÷०८३ को कार्यक्रम अन्र्तगत अध्यक्षसँग विद्यार्थी कार्यक्रम मार्फत शिविरको आयोजना गरेको जनाएको छ । पालिकाभित्रका सबै माध्यमिक विद्यालय बिद्यालयमा पुगी उपचार सहितको शिविर गरिएको गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरले जानकारी दिनुभयो । मंसिर १९ देखि २३ गतेसम्म विद्यालय बिद्यालयहरुमै पुगी मुख तथा दन्त स्वास्थ्य परीक्षण गरिएको थियो । मुख र दाँतमा समस्या देखिएकाले पुनः २४…

Read More

स्याङ्जा २६ मंसिर । पुतलीबजार नगरपालिकाले कुखुराको चल्ला तथा दाना वितरण अन्र्तगत बुधवार थप ३ वटा वडामा पुरयाएको छ । “मासुमा आत्मनिर्भर तथा स्वस्थ मासु उत्पादन कार्यक्रम” अन्र्तगत पुतलीबजार नगरपालिकाका सबै वडामा निशुल्क कुखुराका चल्ला बितरण अभियान अन्र्तगत अहिलेसम्म १३ वटा वडामा निशुल्क चल्ला सहित दाना बितरण गरिसकेको छ । चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार पुतलीबजारका १२, १३ र १४ मा कुखुराको चल्ला तथा दाना वितरण गरिएको हो । यसअघि वडा नं. १, २, ३, ४, ५, ६, ७, ८, ९, १० मा अघिल्लो साता नै बितरण गरिसकेको छ । अब, वडा नं. ११ मा बाँकी छ ।नगरपालिकाले…

Read More

स्याङ्जा २५ मंसिर । पुतलीबजार नगरपालिकाका आठौं राष्ट्रपति कप रनिङ् शिल्ड प्रतियोगिता बिहीवारदेखि सुरु भएको छ । पुतलीबजार नगरपालिका १ स्थित मालेबगर खेलमैदानमा प्रतियोगिताको प्रतियोगिताको उदघाटन गर्दै संबिधानसभा सदस्य राजु थापाले किताबी ज्ञानसंगै खेलकूद र संस्कारयुक्त शिक्षा अवको आवश्यकता भएको बताउनु भएको छ । सिमित स्रोत र साधनका बाबजूद पनि पुतलीबजार नगरपालिकाले शिक्षा, स्वास्थ्य, पूर्वाधार र खेलकूदका क्षेत्रमा लगानी गरेको उहाले भन्नुभयो । खेलकूदका माध्यमबाट स्याङ्जाका धेरै युवाहरुले स्वदेश तथा विदेशमा समेत चर्चा सहित सफलता कमाएको जानकारी गराउनुभयो । फूटवल, भलिवल, क्रिकेट लगायतका खेलहरुमा यहाँका धेरै युवाहरुले नाम र दाम कमाउन सफल भएको जनाउदै खेलकूदका क्षेत्रमा बालबालिकालाई अग्रसर बनाउनुपर्ने उहाको…

Read More

स्याङ्जा २४ मंसिर । आसन्न प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनकालागि नेपाली कांग्रे स्याङ्जाले उम्मेदवारहरुको नाम सिफारिस गरेको छ । संसदीय निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभाकालागि राजु थापा, धनराज गुरुङ, अजित क्षेत्री, मेखलाल श्रेष्ठ, गोबिन्द रानाभाट, प्रेमराज पौडेल, बुद्धिबहादुर राना कुमार, खुमाप्रसाद अर्याल, भरतराज ढकाल, इन्द्र रिजाल, बन्दना लम्सालगरी ११ जनाको नाम सिफारिश गरिएको छ । यसैगरी, समानुपातिकतर्फ तुलसी गिरी, धनकुमारी थापा, नारायण ढकाल र दिलीपाश्री अधिकारीको नाम पनि केन्द्रीय कार्यालयमा पठाइएको छ । क्षेत्र नं. २ बाट भागवतप्रकाश मल्ल, धनराज गुरुङ, गोपालमान श्रेष्ठ, शेषकान्त पुरी, केदार काफले, खुमाप्रसाद अर्याल, बिष्णु पौडेल, युवराज पाण्डेय, धु्रव पंगेनी, माया राना र श्याम बश्यालको…

Read More

स्याङ्जा २४ मंसिर । पुतलीबजार नगरपालिकाले पालिकामा आउने सेवाग्राहीले स्वास्थ्य परीक्षण गर्ने सुबिधा पाउने भएका छन् । नगरपालिकाले मधुमेह र रक्तचाप सम्बन्धी समस्यालाई पालिकाबाटै सहजरुपमा जानकारी दिलाउने उदेश्यले सो सेवा निशुल्क उपलब्ध गराइएको हो । अबदेखि नगरपालिकामा आउने सेवाग्राहीसंगै जनप्रतिनिधि र कर्मचारीले आफुमा मधुमेह र रक्तचापको अवस्था के कस्तो छ भनी स्वास्थ्य परीक्षण गर्न सक्ने भएका हुन । पालिकाका स्वास्थ्य कर्मचारीले सेवाग्राही, कर्मचारी सहित जनप्रतिनिधिका मधुमेह र रक्तचाप सम्बन्धी परीक्षण गरेका छन । बुधवारदेखि सुरु गरिएको निशुल्क स्वास्थ्य परीक्षणको नगरप्रमुख तुलसीराम रेग्मीले शुभारम्भ गर्नुभएको थियो । प्रमुखसंगै प्रमुख प्रशासकिय अधिकृत धर्मराज ढुंगाना, नगर प्रवक्ता मनोज पौडेल लगायत नगरपालिकामा आएका सेवाग्राहीले…

Read More