स्याङ्जा, १६ असार । हरिनास गाउपालिकाको नवौ गाउसभा बिबिध निती, कार्यक्रम सहित बजेट पारित गर्दे सम्पन्न भएको छ । गाउपालिकाका अध्यक्ष खिमनारायण मानन्धरको अध्यक्षतामा बसेको दोश्रो गाउसभामा उपाध्यक्ष झनमाया पराजुलीले आगामी बर्ष २०७८।८९ को ४१ हरोड ८३ लाख ८१ हजारको बजेट प्रस्तुत गर्नुभएको थियो । यसैगरी, संघीय सरकारको बित्तिय समानीकरण अनुदान ८ करोड ७८ लाख ससर्त अनुदान र चालुतर्फ ््१६ करोड ७९ लाख, ससर्त अनुदान पुजीगततर्फ ३८ लाख, राजश्व बाडफाड ६ करोड १५ लाख ५८ हजार रहेको छ । यसैगरी, समपुरक अनुदान २ करोड ६२ लाख र बिशेष अनुदान २ करोड ४९ लाख रहेको छ । यस्तै, प्रदेश तर्फको बित्तिय समानीकरण अनुदान ९६ लाख २८ हजार, राजश्व वाडफाड ४० लाख ९५ हजार, समपुरक अनुदान १ करोड आम्दानी २६ लाख र गतबर्षको २ करोडको बजेट सार्वजनिक गरिएकोे हो । सभाले आर्थिक बिकास, सामाजिक विकास, भौतिक बिकास, पूर्वाधार, बन तथा वातावरण, विपद संस्थागत तर्फ रकम बिनियोजन गरेको प्रमुख प्रशासकिय अधिकृत परशुराम पोखरेलले जानकारी दिनुभयो ।
Wednesday, November 19
Trending
- सुनका गहना सहित बि.क. र फरार कैदी थापा पक्राउ
- गल्याङमा देवकोटा काव्य उत्सव र स्रष्टा सम्मान
- पुतलीबजारको प्रथम चौमासिक अवधिको सार्वजनिक सुनुवाई
- नवज्योति कृषि सहकारीको अध्यक्षमा के.सी.
- स्याङ्जामा ७ वर्षमा १५ सडक पुल बन्योएकै वर्षमा ७ पुल बन्दा, चार वटा पुल अन्तिम चरणमा
- कठिन समयमा अधिकारकर्मीका भूमिका महत्वपूर्ण हुने —लम्साल
- फोटोग्राफर मञ्चको भेला फेदिखोलाको अएरपानी होमस्टेमा
- उत्तरगण्डकी महामेलाको आयव्याय सार्वजानिक, झण्डै ८९ लाख बचत
