Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, December 17
    Trending
    • प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक
    • संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी
    • आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो
    • स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस
    • रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » उत्तरगण्डकी महामेलाको आयव्याय सार्वजानिक, झण्डै ८९ लाख बचत
    गल्याङ् नगरपालिका

    उत्तरगण्डकी महामेलाको आयव्याय सार्वजानिक, झण्डै ८९ लाख बचत

    Syangja SandeshBy Syangja SandeshNovember 16, 2025No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २९ कात्तिक । उत्तरगण्डकी महामेला तथा दामोदर धर्मोत्सवको आयव्याय सार्वजानिक गरिएको छ । गल्याङ् नगरपालिका १ स्थित मालुंगामा शनिवार पत्रकार सम्मेलनगरि सो का बारेमा जानकारी गराइएको छ । कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठान स्याङ्जाको आयोजनामा असोजदेखि कार्तिकसम्म संचालित एक महिने धर्मोत्सवको आयब्यय सार्वजनिक गरिएको हो ।

    स्याङ्जाको गल्याङ् र पाल्पाको अर्सेदीको संगमस्थल उत्तरबाहिनीमा असोज २१ देखि कात्तिक १९ सम्म संचालित धर्मोत्सवमा २ करोड ३९ लाख ८५ हजार ९२२ रुपैँया आम्दानी भएको जनाइएको छ । तीमध्ये १ करोड ५० लाख ९४ हजार ७७ रुपैँया खर्च भएको र ८८ लाख ९१ ह्जार ८४५ रुपैंया बचत भएको जानकारी दिईएको छ ।

    धर्मोत्सवमा रसिदबाट १ करोड ४९ लाख ८५ हजार ८७२, चेक तथा बैंकिङ प्रणालीबाट ३२ लाख ९६ हजार ९२८, दानपेटिकाबाट १३ लाख २० हजार ४१६, आरती कर्ताबाट ७ लाख ८१ ह्जार ४८८, कलश विक्रिबाट २ लाख १ हजार ८०५, स्टल विक्रिबाट ३५ हजार ४००, चामल आटा विक्रिबाट १ लाख ७५ हजार ७ सय, बाँकी आम्दानी ११ लाख ५८ हजार ८५४, अन्य आम्दानी ५ लाख ६३ हजार, शालग्राम विशेष अनुदान १४ लाख ६६ हजार ४५९ गरी २ करोड २९ लाख ८५ हजार ९२२ आम्दानी भएको देखिएको छ ।

    खर्चतर्फ प्रचारप्रसार सामाग्री तथा विविध छपाई ४ लाख १६ हजार ६ सय, साउण्ड सिष्टम तथा एलईडि स्क्रिनतर्फ १३ लाख ५० हजार, पण्डाल, टेण्ट, कुर्चि, गेट, लाईट, मंच सजावटतर्फ २० लाख ५६ हजार ६५०, अस्थायी संरचना निर्माण यज्ञ, धारा मण्डप, सौचालय कुम्भ स्थल आदीमा ७ लाख २७ हजार ४१५, पूजा सामाग्रीमा ९ लाख ४४ हजार २८०, भण्डारा महाप्रसाद प्रसाद खाद्यान्न सामाग्रीतर्फ १६ लाख ९२ हजार ३०२, फर्निचरतर्फ दानपेटिका, व्यास, आसन, टेबल, ढोकाका खापा आदीमा २ लाख २३ हजार ७ सय, कपडातर्फ सिरक, डसना, सिरानी, ब्ल्यांकेट, पिफर्म आदीमा १ लाख १७ हजार ६२५, ४३ हजार ४६१ सालीग्राम खरिदमा १२ लाख १५ हजार २५ खर्च भएको छ ।

    यसैगरी, सम्मानका बिबिध सामाग्री खरिदमा ७ लाख ५ हजार २०५, तलब भत्तामा ४ लाख ९ हजार ८५०, डिजल पेट्रोल इन्धनमा ३ लाख २९ हजार १२६, व्यासचार्य, पण्डित, गुरु र आरती दक्षिणामा १६ लाख ९३ हजार ५२१, कलाकार, उदघोषक र बाजातर्फ दक्षिणा ९ लाख ६० हजार १०५, भान्छे, नियमित सरसफाईतर्फ दक्षिणा, ७ लाख ११ हजार, गाडी मर्मत सर्भिसिङ ३८ हजार ४००, स्टेशनरी मसलन्दतर्फ ३३ हजार ३५२, यातायात तथा ढुवानीमा ३ लाख ३ हजार ९००, इन्टरनेट टेलिफोनतर्फ २८ हजार २२०, खानेपानी विद्युत महशुल तथा विजुलीको सामानतर्फ ६४ हजार ७४१ खर्च भएका छन् ।

    जेसिभितर्फ २ लाख १९ हजार २१०, कम्प्युटर तथा सिसि क्यामेरा २ लाख २५ हजार, मिडिया खर्च ४ लाख ७३ हजार ६००, भ्रमण खर्च १ लाख ५५ हजार २५० गरी कुल १ करोड ५० लाख ९४ हजार ७७ रुपैँया खर्च भएको कोषाध्यक्ष हेमराज अर्यालद्धारा प्रस्तुत आयव्याय प्रतिवेदनमा जानकारी दिईएको हो ।

    धर्मोत्सवले उत्तरबाहिनीको महिमाका विषयमा थप प्रसार प्रसार हुनुका साथै पवित्र तिर्थको पनि तिर्थ उत्तरबाहिनीको दर्शनबाट लागी देशभरबाट तथा विदेशबाट पनि भक्तजनहरुको अभुतपुर्व सहभागिताले धर्मोत्सव सफल भएको कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानका अध्यक्ष चेतन्यकृष्णले भन्नुभयो ।

    कार्यक्रममा गल्याङ् नगरप्रमुख गुरूप्रसाद भट्टराइले उत्तरवाहिनी महामेला र दामोदर धर्मोत्सवले कालीगण्डकीको महिमाका बारेमा विश्वभर चिनाउन सफल भएको बताउनुभयो । यस क्षेत्रलाई धार्मिक एवं पर्यटकीय स्थलका रुपमा विकास गर्नु पर्ने जनाउदै यसतर्फ आवश्यक योजना सहितको आवश्यक सहयोग गर्ने बताउनुभयो ।

    प्रतिष्ठानका संरक्षक शंकरप्रसाद पाण्डेय, ब्यास आचार्य नेत्रप्रसाद पराजुली, रम्भा गाउँपालिका १ का वडा अध्यक्ष इश्वर काफ्ले , सचिवालय प्रमुख पदमप्रसाद अर्याल, सचिव टिकाराम बस्याल लगायतले प्राकृतिक बरदानको संरक्षण एवं महिमालाई स्वदेश तथा बिदेशसम्म प्रचार प्रसार गर्नु पर्नेमा जोड दिनुभयो ।

    कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठान का अध्यक्ष चैतन्य कृष्णको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष शालिकराम बस्यालले स्वागत र सञ्चालन महासचिव सोमनाथ न्यौपानले संचालन गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025

    स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस

    December 16, 2025

    रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने

    December 16, 2025

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025

    स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस

    December 16, 2025

    रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने

    December 16, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.