स्याङ्जा १० माघ । वालिङ् नगरपालिकामा निशुल्क मृर्गौला डायलाईसिस सेवा सुरु भएकोे छ। रोटरी क्लव अफ वालिङले यसैसातादेखि निशुल्क मृर्गौला डायलाइसिस सेवा सुरु गरेको हो। वालिङ नगरपालिका — १० फुलबारीमा डायलाइसिस सेन्टर स्थापना गरिएको छ। नगरपालिकाले उपलब्ध गराएको भवनलाई पुननिर्माण गर्दे सेवा प्रवाह गरिएको छ। दुई बर्षअघिदेखिको प्रक्रिया अहिले सम्पन्न भएर संचालनमा ल्याइएको सन् २०१९ का तत्कालिन अध्यक्ष राजेन्द्र डुम्रेले जानकारी दिनुभयो।
उहाका अनुसार, ‘रोटरी क्लव अफ वालिङ र गौतम बुद्ध सामुदायिक मुटु अस्पतालको सहकार्यमा सेवा सञ्चालनमा ल्याईएको हो। रोटरी क्लव वालिङ र रोटरी क्लव बुटवलको २ करोड र रोटरी फाउडेशन (अन्र्तराष्ट्रिय) को ३ करोडगरी ५ करोडको लागतमा निर्मित सुबिधा सम्पन्न केन्द्र मार्फत सेवा उपलब्ध भएका छौं।’ सेन्टरमा ८ वटा डायलायसिसका मेशिन, एउटा भेन्टिलेटर सहितको र एउटा एमजेन्र्सीगरी १० वटा डायलायसिस मेशिन छन्। यहाँबाट ८ देखि १० जनाले नियमित उपचार लिएका छन्। यहाँबाट वालिङ् लगायत पर्वत र पाल्पाका केही वडाका मृर्गौला पिडितलाई समेत सेवा लिन सहज पुग्छ। यसअघि भने, यहाँका मृर्गोेला पिडितहरु डायलायसिसका लागि पोखरा, पाल्पा, बुटवल, पोखरा जाने गर्दथे।
सेन्टरमा मृर्गौला बिशेषज्ञ र एमवीवीएस डाक्टर एक÷एक सहित ११ जना कर्मचारी कार्यरत छन्। मासिक खर्च ३ लाख भन्दा बढी हुने बताइएको छ। भेन्टिलेटर सहित सबै ल्याबका सुबिधा उपलब्ध छ यहाँ। डायलायसिस बाहेकका अन्य थप सेवा तथा औषधी भने विरामी तथा सम्बन्धित खरिद गर्नुपर्ने हुन्छ। पछिल्ला केही बर्षयता, नेपालभर मृगौला रोगीका संख्या दिनानुदिन बढ्दो छ। सोही अनुरुप स्याङ्जामा पनि मृर्गौला रोगीको संख्या धेरै छ। वालिङ् नगरपालिकामा मात्र १ सय ६० जना रहेको नगरप्रमुख दिलिपप्रताप खाँणले बताउनुभयो। अत्यावश्यक सेवा संञ्चालनमा आएको छ। सेवालाई जीवन्त राख्नु हामी सबैको कर्तब्य र दायित्व हो। मानवीय कार्यमा नगरपालिकाको सधैं सहयोग रहन्छ।’ नगर प्रमुख खाँणले बताउनुभयो।
‘बढ्दो बिषादी मिश्रित खाद्य पदार्थ, जथाभावी औषधीको सेवन र स्वास्थ्यप्रतिको वेवास्ताका कारण मृर्गोैलामा खराबी देखिने क्रम बढ्दो रहेको डा. रजत कायस्थको भनाई छ । चिकित्सकहरु भन्छन्, ‘स्वच्छ र स्वस्थ्य खानपान, आहार बिहार र बिचारमा ध्यान दिएमा मृर्गोला स्वस्थ्य राख्न सकिने केही उपाय हुन।’आफनो नगरभित्र डायलायसिस गर्न पाउदा मृर्गौला पिडितले राहत मिलेको बताएका छन्। अन्यत्र जिल्लामा जानुपर्दाका खर्च, कठिनाई र समय बचत भएकोमा खुशी ब्यक्त गर्छन उपचारमा संलग्न बिरामीहरु।