काठमाण्डौं २२ असार । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७८ को निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले आज विज्ञप्ति जारी गरी मध्यावधि निर्वाचनकालागि असार ३१ देखि साउन १५ गते सम्मदल दर्ताको समय तोकेको छ । सरकारले संसद विघटन गरी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन घोषणा गरेको थियो । आयोगले सो अनुसार कार्यतालिका सार्वजनिक गरेको हो । आयोगको तालिका अनुसार कात्तिक २६ गते पहिलो चरण र मंसिर ३ गते दोस्रो चरणमा प्रतिनिधिसभा सदस्यनिर्वाचन सम्पन्न गर्नकालागि दलदर्ताका लागि आह्वान गरेको छ । कार्यतालिकामा निर्वाचनकालागि निर्वाचन कार्यक्रम असोज ३१ गतेदेखि कात्तिक ५ गतेसम्म सञ्चालन हुनेछ भने मतदाताहरुको अन्तिम नामावली भदौ २३ गते प्रकाशन गरिनेछ । यस्तै समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचन कार्यक्रम भदौ २ गतेदेखि कात्तिक २ गतेसम्म सञ्चालन हुनेछ ।
Sunday, June 1
Trending
- फापरथुम आनन्दआश्रममा साहित्यिक गोष्ठीसंगै सम्मान
- सहुलिय कृषि कर्जा सहज रुपमा दिन बैङ्कहरु प्रतिबद्ध
- गणित तथा बिज्ञान प्रर्दशनीको दुबै बिधामा त्रिभुवन आदर्श मावि प्रथम
- बिबिध कार्यक्रमसहित स्याङ्जामा ३ दिन मनाइदैछ गणतन्त्र दिवस
- चितुवाको आक्रमणबाट स्याङ्जाका मुक्तबहादुर घाईते
- पुतलीबजारको बहाकोटमा मनाइयो ७५ औं क्रान्ति दिवस
- लागुऔषध सहित २६ बषिय अजित परियार पक्राउ
- स्थापना दिवसमा रोयल सहकारीद्धारा बेदविद्याश्रममा सहयोग