Close Menu
    Facebook X (Twitter) Instagram
    Saturday, July 19
    Trending
    • गाडी तोडफोड र यात्रु कुट्ने बिक्रम र सबिन प्रहरी नियन्त्रणमा
    • बाडखोला मुस्लिम समाजद्धारा एसईइमा उत्कृष्ट जिपिए ल्याएका २० जनालाई सम्मान
    • आँधीखोलाका अध्यक्ष बिश्वनाथद्धारा अतिरिक्त सेवा नलिएको जनाउदै सम्पती विवरण सार्वजनिक
    • वालिङ नगरपालिकाले गर्यो एक डिएसपीको बिदाई, २ को स्वागत
    • छाङछाङदी मन्दिरमा साउनमहिनाभर साँझ महाआरती गरिने
    • गल्याङ टकुनचौरका ३५ घरका आँगनमा पानीको धारा
    • मोटरबाटो उपभोक्ता समितिद्धारा प्राबिधिक तथा कर्मचारीलाई सम्मान
    • जबरजस्ती करणी कसुर मुद्दामा फरार कसुरदार पक्राउ
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » सहुलिय कृषि कर्जा सहज रुपमा दिन बैङ्कहरु प्रतिबद्ध
    वालिङ् नगरपालिका

    सहुलिय कृषि कर्जा सहज रुपमा दिन बैङ्कहरु प्रतिबद्ध

    Syangja SandeshBy Syangja SandeshMay 30, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्ना १६ जेठ । कृषक तथा उद्यमीहरुलाई सहुलियतपूर्ण कर्जा प्रवाहका लागि स्याङ्जामा रहेका बैंकहरुले सहजीकरण गर्ने भएका छन् । कृषकहरुले सहजरुपमा कृषि कर्जा नपाएको गुनासो गरे पछि बैङ्कहरुले सहजीकरण गर्ने र कर्जा उपलव्ध गराउने प्रतिबद्धता जनाएका हुन् ।

    वालिङ र गल्याङ नगरपालिका तथा कालीगण्डकी गाउँपालिकाका जनप्रतिनिधि तथा कृषकहरुसँगको छलफल पछि बैङ्कका प्रतिनिधिहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

    वालिङमा भएको कार्यक्रममा गरिमा बिकास बैङ्कका क्षेत्रिय प्रमुख लेखनाथ भट्टराईले सहज रुपमा कर्जा पाउने तरिकाका बारेमा कृषकहरुमा जानकारी कम रहेको बताउनु भयो । उहाँले भन्नुभयो,“ऋण बारेको जानकारी अभाव भएका कारण कृषकलाई कुरा बुझाउनै सकिएको छैन ।” वित्तिय साक्षरता दिनका लागि पालिकाहरुसँग सहकार्य गर्ने उहाँको भनाई छ ।

    कृषि विकास बैङ्क वालिङका प्रमुख यमप्रसाद आचार्यले वास्तविक कृषकलाई ऋण प्रवाह गर्न आफूहरु प्रतिबद्ध रहेको बताउनुभयो । बैङ्कको कुल लगानीको २५ प्रतिशत कर्जा कृषिमा लगानी गरिदै आएको उहाँको भनाई छ ।

    नेपाल बैङ्क वालिङका प्रमुख दर्शना भट्टराईले ऋण एक शिर्षकमा लिने र खर्च अर्को शिर्षकमा गर्ने क्रम बढेको बताउनु भयो । उहाँले भन्नुभयो,“ऋण लिएर कृषि कर्म गर्नहरुको लागि हामीले सहयोग गर्छौ ।”

    कार्यक्रममा वालिङ नगरपालिकाका उपप्रमुख कविता तिवारी गैह्रे, गल्याङ नगरपालिकाका उपप्रमुख हेमा न्यौपाने र कालीगण्डकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पर्शुराम उपाध्यायले कृषकहरुका लागि सहुलियत कर्जा प्रदान गर्न पालिकाले सहकार्य गर्ने जानकारी गराउनु भयो । सस्तो व्याज दर र बिना धितो थोरै कर्जाले ठूलो काम हुने भन्दै उहाँहरुले बैङ्कहरुले सहयोग गर्नु पर्नेमा जोड दिनुभयो ।

    वालिङका उपप्रमुख तिवारीले एनएम्बी खेती कर्जा अन्तर्गत बिना धितो रु २ लाख सम्म कर्जा प्रवाह गर्न सुरु गरिएको जानकारी दिनुभयो । बिना धितो गाउँगाउँमा प्रवाह गरिने कर्जाले उत्पादन बढाउन सहयोग पुग्ने उहाँको भनाई छ ।

    वालिङ र गल्याङ नगरपालिका तथा कालीगण्डकी गाउँपालिकामा हेफर प्रोजेक्ट नेपालको सहकार्यमा सञ्चालन भईरहेका कृषि विकास परियोजनामा आवद्ध चार हजार ९९ कृषक परिवारलाई सहुलियत कर्जा प्रवाहका लागि छलफल गरिएको हेफर प्राजेक्ट नेपालका क्षेत्रिय प्रवन्धक प्रेम साम्वयुले जानकारी दिनु भयो । गाउँगाउँमा रहेका कृषकहरुलाई सहज रुपमा कृषि कर्जा उपलव्ध गराउने कार्यक्रमको योजना रहेको उहाँको भनाई छ ।

    कार्यक्रममा बाणिज्य बैङ्क वालिङका प्रमुख लिला गुरुङ,मुक्तिनाथ विकास बैङ्क वालिङका प्रमुख नविन काफ्ले,लक्ष्मी बैङ्क वालिङका प्रमुख मणिप्रसाद बस्याल, एनएम्बी खेती कर्जाका सुरज सुवेदी र सुरज गुरुङ, हेफर प्रोजेक्टका बरिष्ठ कार्यक्रम अधिकृत बिष्णु प्रसाद पाण्डे, वित्तिय अधिकृत नगेन्द्र भट्ट,दियालो संस्थाका उपाध्यक्ष बिष्णु सुवेदी,सचिव सिता गौडेल लगायतले सहज तथा सहुलियत कर्जा प्रवाह र परिचालनका बारेमा जानकारी गराउनु भएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    गाडी तोडफोड र यात्रु कुट्ने बिक्रम र सबिन प्रहरी नियन्त्रणमा

    July 19, 2025

    बाडखोला मुस्लिम समाजद्धारा एसईइमा उत्कृष्ट जिपिए ल्याएका २० जनालाई सम्मान

    July 19, 2025

    आँधीखोलाका अध्यक्ष बिश्वनाथद्धारा अतिरिक्त सेवा नलिएको जनाउदै सम्पती विवरण सार्वजनिक

    July 19, 2025

    वालिङ नगरपालिकाले गर्यो एक डिएसपीको बिदाई, २ को स्वागत

    July 18, 2025

    छाङछाङदी मन्दिरमा साउनमहिनाभर साँझ महाआरती गरिने

    July 18, 2025

    गल्याङ टकुनचौरका ३५ घरका आँगनमा पानीको धारा

    July 18, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    गाडी तोडफोड र यात्रु कुट्ने बिक्रम र सबिन प्रहरी नियन्त्रणमा

    July 19, 2025

    बाडखोला मुस्लिम समाजद्धारा एसईइमा उत्कृष्ट जिपिए ल्याएका २० जनालाई सम्मान

    July 19, 2025

    आँधीखोलाका अध्यक्ष बिश्वनाथद्धारा अतिरिक्त सेवा नलिएको जनाउदै सम्पती विवरण सार्वजनिक

    July 19, 2025

    वालिङ नगरपालिकाले गर्यो एक डिएसपीको बिदाई, २ को स्वागत

    July 18, 2025

    छाङछाङदी मन्दिरमा साउनमहिनाभर साँझ महाआरती गरिने

    July 18, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    गाडी तोडफोड र यात्रु कुट्ने बिक्रम र सबिन प्रहरी नियन्त्रणमा

    July 19, 2025

    बाडखोला मुस्लिम समाजद्धारा एसईइमा उत्कृष्ट जिपिए ल्याएका २० जनालाई सम्मान

    July 19, 2025

    आँधीखोलाका अध्यक्ष बिश्वनाथद्धारा अतिरिक्त सेवा नलिएको जनाउदै सम्पती विवरण सार्वजनिक

    July 19, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.