काठमाण्डौं २२ असार । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७८ को निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले आज विज्ञप्ति जारी गरी मध्यावधि निर्वाचनकालागि असार ३१ देखि साउन १५ गते सम्मदल दर्ताको समय तोकेको छ । सरकारले संसद विघटन गरी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन घोषणा गरेको थियो । आयोगले सो अनुसार कार्यतालिका सार्वजनिक गरेको हो । आयोगको तालिका अनुसार कात्तिक २६ गते पहिलो चरण र मंसिर ३ गते दोस्रो चरणमा प्रतिनिधिसभा सदस्यनिर्वाचन सम्पन्न गर्नकालागि दलदर्ताका लागि आह्वान गरेको छ । कार्यतालिकामा निर्वाचनकालागि निर्वाचन कार्यक्रम असोज ३१ गतेदेखि कात्तिक ५ गतेसम्म सञ्चालन हुनेछ भने मतदाताहरुको अन्तिम नामावली भदौ २३ गते प्रकाशन गरिनेछ । यस्तै समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचन कार्यक्रम भदौ २ गतेदेखि कात्तिक २ गतेसम्म सञ्चालन हुनेछ ।
Sunday, December 14
Trending
- रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
- स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
- वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
- ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
- नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
- बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
- पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
- पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
