स्याङजा, २२ असार । आँधीखोला गाउँपालिकाले ६ वटै वडाका किसान र व्यावसायिक कृषक फर्म समूहहरूलाई ५० प्रतिशत अनुदानमा सुन्तला र कागतीका बिरुवा वितरण गरेको छ । किसानहरूलाई फलफूल खेतीमा व्यवसायिक बनाउन ३५० जना किसानलाई ४ हजार ५ सय सुन्तला र २ हजार ५ सय कागती गरी करिब ७ हजार पोलि ब्यागसहितको बिरुवा वितरण गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले पचास प्रतिशत र सम्बन्धित किसानले पचास प्रतिशत ब्यहोर्ने गरी बिरुवा खरिद गरिएको हो । गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले किसानलाई आर्थिक रूपमा सक्षम बनाउन व्यावसायिक खेती पद्धतिलाई आफूहरूले जोड दिएको बताउनुभयो । गाउँपालिकाका जनतालाई फलफूल खेतीबाट पनि आत्मनिर्भर गराउने र कमसेकम आफ्नो भान्छामा आवश्यक पर्ने कागती आफूनै बारीबाट उत्पादन गर्न सक्ने वातावरण मिलोस् भन्ने लक्ष्यका साथ बिरुवा वितरण गरिएको अध्यक्ष पौडेलले जानकारी दिनुभयो । कृषिसँगै पर्यटनको पनि प्रशस्त सम्भावना बोकेको आँधीखोला गाउँपालिकाको समृद्धिको लागि भर्खरै सम्पन्न भएको गाउँसभाले पनि कृषि र पर्यटनलाई पहिलो प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको अध्यक्ष पौडेलले बताउनुभयो । व्यावसायिक कृषिलाई गाउँपालिकाले आफ्नो प्राथमिकतामा राख्दै सम्भाव्य फलफूल खेती एवं कृषिको स्थान पहिचानका लागि विभिन्न ४ सय ५० स्थानको माटो परीक्षण गरी बिरुवा वितरण गरिएको कृषि प्राविधिक विवेक आचार्यले बताउनुभयो । कृषकको चाहना अनुसार वहाँहरूले के–के जातका फलफूल लगाउन चाहनुहुन्छ, वडा कार्यालयमार्फत निवेदन माग गरी बिरुवा वितरण गरिएको आचार्यले बताउनुभयो । जग्गामा बढ्दै गएको अम्लीयपनको निवारणका लागि गाउँपालिकाभित्र ११ टन कृषि चुन निःशुल्क वितरण गरि सकिएको छ ।
Wednesday, July 16
Trending
- निबन्ध प्रतियोगितामा त्रिभुवन आदर्शका शौरबी प्रथम
- भानु जयन्तीमा साहित्यिकसभासंगै १ लाख १ रुपैयाको शान्ति साहित्यक पुरस्कार घोषणा
- अर्जुनचौपारीले ‘नाइन्टिन ओ सेभेन अरिना’ बनाउदै
- आज भानु जयन्ती, गण्डकी प्रदेशमा सार्वजनिक बिदा
- लाम्पाटा बजारमा तनाव ब्यवस्थापन सम्बन्धी प्रशिक्षण
- कालीगण्डकीको पुँजीगत खर्च झण्डै ९० प्रतिशत
- पुतलीबजारको पुँजीगत बजेट झण्डै ८० प्रतिशत खर्च
- स्याङ्जामा विकासे बजेट ७८ प्रतिशत खर्च, झण्डै ४५ करोड फ्रिज