Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, November 17
    Trending
    • फोटोग्राफर मञ्चको भेला फेदिखोलाको अएरपानी होमस्टेमा
    • उत्तरगण्डकी महामेलाको आयव्याय सार्वजानिक, झण्डै ८९ लाख बचत
    • एकनाले भरुवा बन्दुक सहित ३६ बर्षिय युवा पक्राउ
    • राष्ट्रपति कप कालीगण्डकीकोे उपाधी आदर्श माविलाई
    • कृषिमा आत्मनिर्भर नभएसम्म समृद्धि र विकास असंभव — राना
    • गरिमा विकास बैंकको १९ औं वार्षिक साधारणसभा सम्पन्न
    • सरकारले फागुन २१ मा चुनाव गर्न सक्दैन — सचिव अर्याल
    • हरिनाशमा सार्वजनिक सेवा प्रवाह सम्बन्धी सचेतना कार्यक्रम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङ्जा २ मा सुरु भएन मतगणना, कांग्रेस–एमाले धर्नामा
    राजनीति

    स्याङ्जा २ मा सुरु भएन मतगणना, कांग्रेस–एमाले धर्नामा

    Syangja SandeshBy Syangja SandeshNovember 23, 2022Updated:November 23, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ७ मंसिर । । स्याङ्जा क्षेत्र नं २ को मतगणना बुधवार अबेरसम्म सुरु हुन सकेको छैन । चार बुथमा धाँधली गरी बुथ कव्जा भएको नेकपा एमालेले आरोप लगाउँदै पुनः मतदानको माग गरेको छ । कांग्रेसले तत्काल मतगणनाको माग गर्दै धर्ना बसेको छ ।

    चापाकोट नगरपालिका वडा ३, ४ र ५ को दिसिङकोट, राममन्दिर, दिनदलाय, चिठ्ठी पोखरी बुथमा कांग्रेसले धाँधली गरेको भन्दै एमालेले पुनः मतदानको माग गरेर मतगणना रोकेको छ । एमालेको मागमा राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायतले पनि साथ दिँदैआएका छन् । राप्रपाले मतगणना हुनुपर्ने जनाएको छ । एमालेले निर्वाचन आयोगमा उजुरी दिएको छ ।

    एमालेका उम्मेदवार पद्मा अर्यालले गठबन्धनका कार्यकर्ताले मतदान केन्द्र नियन्त्रणमा लिएर डर धम्की देखाएर मतपत्र कब्जा गरेको आरोप लगाउनुभयो । कब्जा गरिएका मतदान केन्द्रमा ९८ प्रतिशतसम्म मत खसेको उहाँले दावी गर्नुभयो ।

    रोकिएको मतगणना तत्काल सुरु गर्न माग गर्दै मंगलबार कांग्रेसले नाराबाजी गरेको छ । कांग्रेस उम्मेदवार धनराज गुरुङसहित कार्यकर्ता निर्वाचन अधिकृतको कार्यालय वालिङमा धर्ना बस्नुभएको छ । मतगणना प्रक्रिया तत्काल अगाडि बढाउन उहाँहरुले माग गर्नुभएको छ ।

    एमाले धर्ना तथा बिरोध कार्यक्रम गर्दै ।
    मतगणना तत्काल सुरु नगरे आन्दोलनका थप कार्यक्रम गरिने स्याङ्जा कांग्रेसले चेतावनी दिएको छ । सबै माग निर्वाचन अयोग समक्ष राखेको बताउँदै स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुुर क्षेत्रीले निर्वाचन आयोगको आवश्यक निर्णय आएपछि मात्रै बाँकी प्रक्रिया अघि बढ्ने बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘शीलबन्दी गरिएका मतपेटिका सुरक्षित राखेका छौं, मतदान शान्तपूर्ण भएको रिपोर्ट हामी समक्ष छ, अब निर्वाचन आयोगले जे भन्छ त्यसरी नै अगाडि बढ्छ ।’

    निर्वाचन अधिकृतको कार्यालय रहेको वालिङ नगरपालिकाको एक गेटमा एमाले र अर्को गेटमा कांग्रेसले दिनभर बिरोध कार्यक्रमसहित धर्ना दिएका छन् । दुवै दललाई एकापसमा भेट हुन नदिन प्रशासनले सुरक्षामा कडाइ गरेको छ । स्याङ्जा प्रतिनिधिसभा क्षेत्र नं। २ मा एमालेबाट पद्मा अर्याल र कांग्रेसबाट धनराज गुरुङ उम्मेदवार रहनुभएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    फोटोग्राफर मञ्चको भेला फेदिखोलाको अएरपानी होमस्टेमा

    November 16, 2025

    उत्तरगण्डकी महामेलाको आयव्याय सार्वजानिक, झण्डै ८९ लाख बचत

    November 16, 2025

    एकनाले भरुवा बन्दुक सहित ३६ बर्षिय युवा पक्राउ

    November 15, 2025

    राष्ट्रपति कप कालीगण्डकीकोे उपाधी आदर्श माविलाई

    November 15, 2025

    कृषिमा आत्मनिर्भर नभएसम्म समृद्धि र विकास असंभव — राना

    November 15, 2025

    गरिमा विकास बैंकको १९ औं वार्षिक साधारणसभा सम्पन्न

    November 15, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    फोटोग्राफर मञ्चको भेला फेदिखोलाको अएरपानी होमस्टेमा

    November 16, 2025

    उत्तरगण्डकी महामेलाको आयव्याय सार्वजानिक, झण्डै ८९ लाख बचत

    November 16, 2025

    एकनाले भरुवा बन्दुक सहित ३६ बर्षिय युवा पक्राउ

    November 15, 2025

    राष्ट्रपति कप कालीगण्डकीकोे उपाधी आदर्श माविलाई

    November 15, 2025

    कृषिमा आत्मनिर्भर नभएसम्म समृद्धि र विकास असंभव — राना

    November 15, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    फोटोग्राफर मञ्चको भेला फेदिखोलाको अएरपानी होमस्टेमा

    November 16, 2025

    उत्तरगण्डकी महामेलाको आयव्याय सार्वजानिक, झण्डै ८९ लाख बचत

    November 16, 2025

    एकनाले भरुवा बन्दुक सहित ३६ बर्षिय युवा पक्राउ

    November 15, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.