स्याङ्जा १४ पौष । स्याङ्जा लगायत काठमाण्डु उपत्यका सहित मुलुकका अधिकांश स्थानमा बुधबार (आज) बिहानदेखि वर्षा भएको छ । उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात भइरहेको छ । गण्डकी प्रदेशका अधिकांश स्थानमा वर्षा भएको छ ।
पश्चिमी न्यून चापीय प्रणाली सक्रिय हुँदा गण्डकी प्रदेश अन्र्तगत काठमाडौं उपत्यका लगायत देशैभर वर्षा भएको र उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दिउँसो पनि मौसम प्रतिकूल हुने आँकलन गरिएको छ । बिहानै वर्षा र हिमपात भएपछि चिसो झनै बढेको छ । दिउँसो धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्का देखि मध्यम हिमपातको आँकलन गरिएको छ ।
मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाईरयातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसोवाट बच्न र हिमपातवाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाको छ । बिहीबार (भोली) भने मौसममा केही सुधार आउने अपेक्षा गरिएको छ । जाडोको मौसममा थप पानी सहित हिमपातका कारण जनजीवन कष्टकर बनेको छ ।